सलमान भर्सेस शाहरुखः सामाजिक सञ्जालमा को बढि लोकप्रिय ?

सराङकोट न्यूज
29 March, 2018 9:32 am

बलिउडका प्रतिस्पर्धी नायक हुन् सलमान खान र शाहरुख खान । उनीहरुमध्ये कहिले को अगाडि हुन्छन् त कहिले को ।

दुवै नायकका लागि मरिहत्ते गर्ने फ्यानहरुको संख्या पनि विशाल छ । उनीहरुलाई एक झलक हेर्नका लागि हजारौंको भिड एकै छिनमा जम्मा हुन्छ । उनीहरुले खेलेका फिल्मले सयौं करोडको व्यापार गर्छन् ।

Advertisements

फ्यान फलोइङको कुरा गर्दा सलमान र शाहरुखमध्ये कसका फ्यान बढि होलान् ? आउनुस यसबारे चर्चा गरौं ।

सामाजिक सञ्जाल टि्वटरमा सलमानभन्दा शाहरुख बलिया छन् । शाहरुखलाई ३ करोड ४४ लाखले फलो गरिरहेका छन् भने सलमानलाई ३ करोड २३ लाखले । उनीहरुबीच २१ लाखको अन्तर देखिन्छ ।

इन्स्टाग्रामतिर आँखा लगाउँदा शाहरुखलाई फलो गर्नेहरु करिब १ करोड २१ लाख छन् । यहाँ भने सलमानले उनलाई उछिनेका छन् । सलमानलाई १ करोड ५१ लाखले फलो गरिरहेका छन् भने शाहरुखलाई १ करोड २१ लाखले मात्र ।

यसैगरी फेसबुकमा पनि सलमान खानले शाहरुखलाई पछाडि छोडेका छन् । फेसबुकमा उनका ३ करोड ५० लाख फलोअर्स छन् भने शाहरुखको उनकोभन्दा ९० लाख कम छन् ।

समग्रतामा कुरा गर्दा सामाजिक सञ्जालमा शाहरुखभन्दा समालन बढि पछ्याइन् सेलिब्रिटी हुन् ।

पछिल्लो समय सलमानको फिल्महरुले जति पैसा कमाइरहेका छन्, त्यसको तुलनामा शाहरुखका फिल्महरु कमजोर छन् । शाहरुखको पछिल्लो फिल्म जब ह्यारी मेट सेजल नराम्रोसँग फ्लप भएको थियो । अर्कोतर्फ सलमानको टाइगर जिन्दा है धुमधाम हिट भएको थियो ।

सलमान चाँडै रेमो डिसूजाको फिल्म रेस ३ मा देखिँदैछन् । यसैगरी शाहरुख आनन्द एल रायको ‘जिरो’ मा । यी फिल्मले दुई नायकबीचको दौडलाई नयाँ मोडमा पुर्‍याउन सक्छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: