दसौं डि-सिने अवार्ड काठमाडौंमा हुने

सराङकोट न्यूज
29 March, 2018 9:34 am
Advertisements
Advertisements

काठमाडौं । डि-सिने अवार्डको दसौं संस्करण काठमाडौंमाहुने भएको छ । अवार्डमा सहभागी हुन चाहने चलचित्रका लागि औपचारिक दर्ता आव्हान गरिएको आयोजक संस्था छायाँछवी क्रिएसनले जनाएको छ ।

कार्यक्रम संयोजक मणिराज गौतमका अनुसार ०७४ को वैशाख १ देखी चैत्र ३० सम्म सार्वजनिक प्रदर्शनमा आएका नेपाली चलचित्रहरु अवार्डका लागि भिड्ने छन् ।

छायाँछवि क्रियसनका अध्यक्ष शान्तिप्रियका अनुसार दुई वर्ष लगातार उपत्यकाबाहिर गरिएपछि यसपटक भने काठमाडौंमा आयोजना गरिन लागेको हो ।

खासगरी डिजीटल प्रविधिमा निर्माण भएका चलचित्रलाई प्रोत्साहित गरी नेपाली चलचित्रमा प्राविधिक गुणस्तरको बृद्धिमा सघाउ पुर्‍याउने उद्देश्यले डि सिने अवार्डको स्थापना २०६६ मा भएको थियो । प्रविधिको विकासँगै डि सिने अवार्डको लक्ष्यअनुसार सबै नेपाली चलचित्र डिजिटलमा बन्न थालेको पनि ४/५ वर्ष भैसकेको छ । यो अवार्डका लागि चलचित्रको दर्ता समय चैत महिनामा तोकीएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: