शत्रु गते हेरेपछि माग्नेबुढा यसो भन्छन्

सराङकोट न्यूज
29 March, 2018 9:36 am
Advertisements
Advertisements

केदार घिमिरे माग्नेबुढा केही दिअघि ‘रामकहानी’ को टिमैलाई लिएर ‘शत्रु गते’ हेर्न हलसम्म पुगे । उनीहरुले टिकट काटेरै फिल्म हेरे ।

माग्नेबुढालाई कस्तो लाग्यो फिल्म ?

‘बाहिर चर्चा भएअनुसार नै राम्रो रहेछ,’ उनले जवाफ दिएँ, ‘हेरुञ्जेल रमाइलो भयो ।’

आफूले अभिनय गरेको फिल्म छक्का पञ्जासँग शत्रु गतेको तुलना गर्न लगाउँदा उनले मानेनन् ।

‘दुवै फिल्म आ-आफ्नो ठाउँमा राम्रा छन्, तुलना गर्ने मेरो ल्याकत छैन,’ उनी टक्टकिए ।

शत्रु गतेमा माग्नेबुढालाई सबैभन्दा मन पर्‍यो दिपकराज गिरीको रोल र अभिनय ।

‘उहाँले फिल्ममा ज्यान भर्नुभएको छ,’ माग्नेले भने ।

मह जोडीसँग फिल्म खेल्न माग्नेलाई पनि ठूलो रहर छ । तर, शत्रु गतेबाट उनलाई अफर नै आएन । पहिले नै भरमार कलाकारहरु भएकाले आफूले स्पेस नपाएको हुन सक्ने उनले बताए । तर, भविष्यमा मह जोडीसँग काम गर्ने सपना भने बाँकी नै छ ।

माग्नेबुढा अहिले फिल्म ‘रामकहानी’ मा व्यस्त छन् । यो फिल्मको सुटिङ लगभग पूरा भएको छ । फिल्ममा उनको प्रमुख भुमिका रहेको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: