नेपालमा विश्वकै नमुना बिकास हुन्छ : प्रधामन्त्री ओली

सराङकोट न्यूज
29 March, 2018 10:17 am
Advertisements
Advertisements

कृष्ण गिरी, काठमाडौं–प्रधानमन्त्री केपी ओलीले केहीसमयपछि नेपाल विश्वमै विकासको नमुना हुने बताएका छन् ।
बुधबार एमाले भात्रृ संगठन जिफन्टको सातौं महाधिबेसनको काठमाडौमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास निर्माणका काम सुरु भएपछि विश्वले यसअघि सिंगापुर र स्वीजरल्याण्डको नाम लिने गरेकोमा अव नेपालको नाम लिन थाल्ने बताए ।
‘केही समयपछि मानिसहरुले सिंगापुर र स्वीजरल्याण्डको हैन, नेपालको नाम लिन थाल्नेछन् । त्यसका लागि बैशाख ५ बाट विकास निर्माण र शिक्षामा एकैपटक अट्याक्ट हुदैछ’ प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने ‘ त्यसपछि सरकारको परिभाषा नै परिवर्तन हुन्छ ।’
विकास र सम्बृद्धिका लागि वर्तमान सरकार गठन भएको भन्दै उनले कम्युनिष्टहरुले भ्रमात्रै छर्छन भन्ने भ्रम चिरेर सम्बृद्धि गर्छ भन्ने कुरा स्थापित गरिने दावी गरे ।
चन्दा उठाउनेले लोकतन्त्र मान्दौनौ भनेर केही हुनेवाला छैन भन्दै
प्रधानमन्त्री ओलीले बर्तमान सरकार कसैलाई दमन गर्न नभई विकासका काम गर्न बनेको दोहोर्याए ।
समाजमा जातजाती , समुदाय र धर्ममा खेल्न खोज्ने तत्वहरु अझै रहेको भन्दै होसियारपुर्वक एकतावद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताए । ‘सम्बृद्धिको बाटोमा अव सरकार गइसक्यो, जनताका आशा निराशाम परिणत गर्ने छैनौ । राजनीतिक स्वतन्त्रता मात्रै होइन लोकतन्त्रको जिवनपद्धती जनताले खोजेका हुन् नयाँ इतिहासको सुवात भएको छ । केन्द्रीकृत अधिकार गाउँगाउँमा पुगेको छ’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले विकासको आधार पर्यटन पनि भएकाले आफुु यहि चैत २९ गते रारामा गएर पर्यटनको घण्टी बजाउने बताए । 

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: