प्रधानमन्त्रीले नयाँ बर्षमा रारा तालबाट देशबासीका नाममा सम्बोधन गर्ने

सराङकोट न्यूज
29 March, 2018 11:14 am
Advertisements

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट बैसाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन बर्ष २०७५ को उद्ध्घाटन गर्न रारा ताल जाने कार्यक्रम रहेकोले सोही स्थानबाट देशबासीलाई सम्बोधन गर्ने भएका हुन् ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को ७औ  महाअधिवेशनको आज राधानीमा उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो जानकारी दिए ।

“कर्णाली प्रदेशले आयोजना गरेको पयर्टन बर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु” प्रधानमन्त्रीओलीले भने “राराबाट यसपाली पर्यटनको बिगुल बजाइनेछ ।”

समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकोले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नु पर्ने माप्रधानमन्त्रीको जोड छ ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार अघिल्ला सरकार जस्तो नियमित नीति र गतिमामात्र सञ्चालन नहुने बताए । “यो सरकार भिन्ननीति र गतिमा सञ्चालन हुन्छ” प्रधानमन्त्री ओलीले भने  “यो सरकारले नेपाल बनाउछ । केही बर्षमा मानिसहरुले नेपाललाई सिंगापुर र स्विटजरलेण्ड जस्तो भन्नेछन् ।”

प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताको सेवक भएकोले कसैलाई दमननगर्ने बताउनुभएको छ । तर हत्या,हिंसा, चन्दाको माध्यमबाट समाजलाई आतंकितपार्नेहरुलाई नछोड्ने पनि प्रधानमन्त्रीले चेतावनी दिनुभएको छ । “सरकार जनताको सेवक हो । कसैलाई दमन गर्दैन तर जनतालाई दुःखदिने,आतंक फैलाउनेहरुलाई चाँही छोड्दैन ।”

प्रधानमन्त्री ओलीले सरकारका हरेक अभियान अब हमलाको शैलीमा अघि बढ्ने बताए ।

‘यसपाली म एकजना बालिकालाई विद्यालय भर्ना गराउछु र देशैभरीका जनप्रतिनिधीलाई पनि त्यसै गर्न लगाउछु’ प्रधानमन्त्री ओलीले भने, ‘जिफन्टले पनि यस अभियानको तयारी गर्नुहेस् । यसपाली बैसाख ५ गते निरक्षरता विरुद्ध हमला गरौं ।’

 

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: