बैशाखमा नरेनको ‘स्वर्ग मेरो गाउ’

सराङकोट न्यूज
10 April, 2018 11:14 am

अभिनेता नरेन खड्का स्टारर फिल्म ‘स्वर्ग मेरो गाउँ’ २०७५ को बैशाख ७ गतेबाट देशैभर प्रदर्शनमा आउने भएको छ । विविध कारणले पूर्वनिर्धारित मितिमा प्रदर्शन हुन नसकेपनि अब बैशाख ७ गतेबाट फिल्मको रिलिज डेट फेरबदल नहुने निर्माण टिमले जनाएको छ । फिल्मको दुइ गीत र ट्रेलर सार्वजनिक भै सकेको छ ।

हमेशा , मन्दिरा , परदेशी जस्ता फिल्ममा अभिनय गरिसकेका नरेन संगै रामकृष्ण बजगाइँ, भावना गुरुङ, साक्षी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई रामकृष्ण बजगाइँले निर्माण तथा निर्देशन गरेका हुन् ।पवन गौतमले खिचेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ । माया प्रेम र द्वन्द समेटिएर बनेको फिल्म’स्वर्ग मेरो गाउ’ गाउँलाई स्वर्ग बनाउन लागी परेका युवाको कथामा फिल्म निर्माण भएको हो।

Advertisements

www.sajhakhabar.com बाट साभार गरिएको

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: