वाल सुधार गृहमा युवाको ढलिमली

सराङकोट न्यूज
15 May, 2018 10:11 am

२२ वर्ष सम्मका थुनुवा बालगृहमा

यदुनाथ बञ्जारा

गत चैत्र महिनामा वाल सुधार गृह सराङकोट कास्कीवाट चौध वर्षका चौधरी थरका वाल वन्दी पर्खाल नाघेर भागे। कास्की प्रहरीले उनलाई स्याङ्जावाट पक्रेर ल्यायो। किन भागेको भन्ने प्रहरीको प्रश्नमा सुधार गृहमा दाईहरुले कुटपिट गरेर आफू भाग्न वाध्य भएको उनले वताएका थिए।
सुधार गृहमा थुनामा रहेका उनलाई त्यही भित्र वसेर कैद सजाय कटाउँदै आएका उमेर पुगेका कैदी वन्दीहरुले साना भाइहरुलाई कुटपिट गर्ने गरेको कुरा यसभन्दा अघि पनि वाहिर आउने गरेको थियो। अंग्रेजी नयाँ बर्षको दिनमा
प्रहरी माथी समेत आक्रमण
भएको थियो।
१६ वर्ष भन्दा कम उमेरका विभिन्न मुद्दामा पक्राउ परि मुद्दा चलाइएका र कैद तोकिएका वालकहरुलाई राख्न नेपाल सरकारले गैह्रसरकारी संस्था संग मिलि विभिन्न ठाउँमा वाल सुधार गृह वनाएको छ। ती मध्य सराङकोटमा रहेका वालसुधार गृहमा हाल ६४ जना वालवन्दीहरु थुनामा राखिएका छन्। पश्चिम नेपालका २४ जिल्लाका वालवन्दीलाई सराङकोट स्थित बालसुधार गृहमा राखिदै आएको छ।
कुन मुद्दामा कति छन् ?
वाल सुधार गृह सराङकोटमा हाल आठ वटा मुद्दामा गरि ६४ जना वन्दी थुनामा छन् ति मध्य सवैभन्दा वढी जवर्जस्ती करणी मुद्दामा थुनामा रहेका छन्। ३३ जना ज.क. मुद्दामा छन्। वाल सुधार गृहमा रहेका मध्य झण्डै ५५ प्रतिशत वालक ज.ज.क. मुद्दामा रहेको पाइएको छ। यो तथ्यांकलाई नियाल्दा नेपालका वाल वालिकाहरु वलात्कार जस्तो कुलतमा फस्दै गएको देखिन्छ। निश्चयनै यो एउटा चिन्ताको विषय वनेको छ। इन्टरनेट र फेसवुकको दुरुपयोग गर्ने वालवालिकाहरु ज.क. जस्तो घिन लाग्दो फन्दामा परेको विज्ञहरु वताउँछन्। बालसुधार गृह इन्चार्ज
रमा शर्मा पनि इन्टरनेट दुरुपयोग
को शिकार बालबालिका परेको
स्विकार गर्छिन्।

कर्तव्य ज्यान मुद्दामा ः १७
जवर्जस्ती करणी ः ३३
चोरी मुद्दामा ः ३
लागू औषध ः ५
ज्यान उद्योग ः ३
अप्राकृतिक मैथुन ः २
खोटा चलन ः १

६४ जना थुनामा रहेका छन्। थुनामा रहेकाहरु मध्य २३ जना वन्दीहरु १६ वर्ष भन्दी माथिका रहेका छन्। वाल सुधार गृहमा राखिएका वन्दीहरु मुद्दामा कैद ठेकिएपछि उमेर छिप्पिएर पनि वाल गृहमै राखिएका कारण साना वाल वन्दीहरुमा नकारात्मक सन्देश जाने, कुटपिटको सिकार हुनुपर्ने वताइएको छ। १६ वर्ष उमेर पुगेका वन्दीहरु मध्य कर्तव्य ज्यान मुद्दाका मात्र १३ जना रहेका छन्। दोश्रोमा ज.क. मुद्दाका ९ र लागू औषध मुद्दाका १ जना छन्।
१६ वर्ष उमेर पुगेका २ जना, १७ वर्ष उमेर पुगेका १३ जना, १८ वर्ष उमेर पुगको ४ र १९ वर्ष उमेर पुगेका ४ जना रहेका छन्। बाल सुधार गृहमा राख्न १६ वर्ष भन्दा मुनिका हरुका लागि नियम वनाइए पनि कैद भुक्तान गर्दै जाँदा २०–२२ वर्ष हुँदा सम्म बालसुधार गृहमा राख्दा विभिन्न समस्याहरु आइपर्ने गरेको ईन्चार्ज रमा शर्माको दावी रहेको छ।
सुधार गृहको पर्खाल होचो रहेका कारण उमेर पुगेका वन्दीहरु पटक पटक भाग्ने गरेका कारण सुरक्षाकर्मीहरु २४ सै घण्टा तनावमा काम गर्नु परेको गुनासो गर्छन्। वढी उमेर र कम उमेर समूहका वन्दीहरु एकै ठाउँमा राख्दा उनिहरुमा मानसिक दवाव पर्ने थुनामा रहेका वालवन्दीहरु स्वयम्ले गुनासो गर्दै आएका छन्। १६ वर्ष उमेर पुगेका वन्दीहरुलाई वाल सुधार गृह वाट अन्य कारागारमा सार्नुपर्नेमा त्यसो नगरेका कारण वाल सुधार गृह नाम अनुसारको उद्देश्य हासिल हुन नसकेको टिप्पणी भएको छ।
उमेर पुगेका वन्दी तथा कैदीहरुलाई अन्य कारागारमा राख्ने वारे कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले सम्बन्धीत जिल्लाका प्रमुख जिल्ला अधिकारीले कारागार सरुवा सम्बन्धी सिफारिस भई आएमा विभाग सरुवाको अनुमती प्रदान गर्न सक्ने वताए। वाल वन्दी थुन्ने कारागारमा वालिक भइसकेका वन्दीलाई सँगै राख्दा आइपर्ने समस्याका वारेमा आफूले अध्ययन गर्ने पनि महानिर्देशक मैनालीले वताए। यस वारेमा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले यस बारेमा बालसुधार गृहको छानविन तत्काल अगाडि बढाउने बताए।
वाल सुधार गृह सराङकोटका प्रमुख रमा शर्माले वाल सुधार गृहको वारेमा विभिन्न बाल अधिकारकर्मी र बाल न्यायीक समन्वय समितिको कारण सुरक्षाको लागि अग्लो पर्खाल बनाउन समेत नपाएको गुनासो गरिन्।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: