किन कार्यान्वयन हुँदैन यातायात व्यवस्थापन समितिका निर्णय ?

सराङकोट न्यूज
15 May, 2018 10:16 am
Advertisements
Advertisements

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित यातायात व्यवस्थापन समितिले गरेका निर्णयहरु कार्यान्वयनमा नआउंदा पोखराको ट्राफिक व्यवस्थापन अस्तव्यस्त मात्र वनेको छैन कि यातायात क्षेत्रमै चरम अराजकता वढेको छ। पछिल्ला निर्णयहरु कार्यान्वयनमै नआउँदै शहीद वन्ने गरेका छन्।
कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको अध्यक्षतामा गठित यातायात व्यवस्थापन समितिमा, यातायात व्यवसायी, मजदुर प्रतिनिधि, ट्राफिक प्रहरी, यातायात कार्यालय प्रमुख रहने प्रावधान छ। यसरी गठित समितिले सवारी तथा ट्राफिक व्यवस्थापन सम्बन्धी कार्य गर्ने गरेको छ।
यस्तै सन्दर्भमा मिति २०७४ मा वसेको वैठकले पोखराको सवारी चाप र नयाँ थपिउको सवारी समेतलाई मध्यनजर गरि पोखरा वाहिरवाट आउने सार्वजनिक सवारी साधनहरुलाई पोखरा प्रवेश गर्न नदिने गरि निर्णय भउको थियो। निर्णयमा १० सिल्ट भन्दा वढीका जीप लगायतका भाडाका सवारी साधनलाई पोखरा प्रवेश नाका वाहिरैवाट संचालन गर्ने उल्लेख छ। उक्त निर्मायमा वाग्लुङ भूपी शेरचन राजमार्ग तर्फ छुट्ने सवारीहरुलाई याम्दी स्थित जौवारीवाट सिद्धार्थ राजमार्ग तर्फवाट संचालन गरिने सवारीलाई छोरेपाटनवाट र पृथ्वीराजमार्ग वाट संचालित सवारीलाई तालचोकवाट छु्ट्ने निर्णयमा उल्लेख छ।
समितिले गरेको निर्णय कार्यान्वयनमा जान सकेको छैन। निर्णय गर्ने तहका व्यक्तिहरुलाई पनि निर्णय कार्यान्वयनमा चासो देखिदैन। कास्की ट्राफिक प्रमुख प्र.नि. ऐन वहादुर मल्ल जो निर्णयमा हस्ताक्षरकर्ता मध्य एक हुन् उलने पनि निर्णय कार्यान्वयनमा चासो दिएका छैनन्। यातायात व्यवस्थापन समितिको निर्णय कहिले कार्यान्वयनमा आउँछ भन्ने हाम्रो जिज्ञाशामा इ. मल्ल भन्छन् नाकामा पार्किङको व्यवस्था मिलेपछि।
सवारी संचालकले पार्किङको व्यवस्था स्वयम् मिलाउनु पर्ने हो तर निर्णय कार्यान्वयन नगर्ने नियतले आलटाल गरेको देखिन्छ। खासगरी वाहिरी जिल्लावाट पोखरा प्रवेश गर्ने जिपहरु मुख्य वजार क्षेत्र भित्र आउने गर्दा ट्राफिक अस्तव्यस्तता वढेको छ। कार्यान्वयन गर्ने ट्राफिक प्रहरीहरु नै मौन पाइएपछि सरकारी तहवाट भएका निर्णयहरु क्रमशः असफल वन्न पुगेका छन्।
यतिखेर वागलुङवाट आउने जाने जीपनहरु जिरो कि.मी. वाट छुट्ने गरेका छन् भने स्याङ्जा तर्फबाट आउने जीपनहरु पृथ्वीचोक सम्म निर्वाध आइरहेका छन्। यस्तै काठमाडौं तर्फबाट आउने जीप हरु पृथ्वीचोक सम्म आउने गरेका छन्।
आफैले गरेका निर्णयहरुले गिज्याइरहेको वारे ध्यानाकृष्ठ गराउँदा यातायात व्यवस्था कार्यालय गण्डकी सवारीका प्रमुख अच्युट रेग्मी ट्राफिकले नियमन गर्नु पर्ने दावी गर्छन्। सडकमा यातायात नियम उल्लंघन भए नभएको वारे ट्राफिकले पक्राउ गरेर यातायात कार्यालय दाखिला गर्नु पर्ने वताउँछन्। आफ्नो कार्यालयमा कर्मचारी अभाव भएकोले विल्डमा अनुगमनका लागि जान नभ्याएको पनि प्रमुख रेग्मीले स्वीकार गरे।
यता प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी भएका निर्णय तत्काल कार्यान्वयन गरिनु पर्ने वताउँछन्। यस वारेमा भइरहेका ढिलासुस्तीका वारेमा आफूले सदस्य सचिव र ट्राफिकलाई अनुगमन र निर्णय कार्यान्वयनको तत्काल आदेश दिने वताउँछन्।
पोखराको वढ्दो सवारी चाप नियन्त्रण गर्न राज्यका सवै पक्ष र सरोकारवाला ले योजनावद्ध विकास र निकास दिने आवश्यक छ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: