७ प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र वुझाइयो

सराङकोट न्यूज
15 May, 2018 10:23 am
Advertisements
Advertisements

प्रकृति मानव केन्द्रीत जन अभियान नेपालले ७ वटै प्रदेशका मुख्यमन्त्री लाई ज्ञापन पत्र वुझाइएको छ। प्रदेश नं. ७ मा अभियानका केन्द्रीय अध्यष सन्त वहादुर घिसिङले त्यहाँका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र वुझाएका छन्। ज्ञापन पत्र वुझ्दै मुख्यमन्त्री भट्टले अभियानले उठाएका मुद्दाहरुलाई प्राथमिकतामा राखेर योजना वनाइने प्रतिवद्धता जनाएका थिए। प्रदेश नं. ७ का कृषिमन्त्री
यस्तै प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेललाई अभियानका प्रदेश इञ्चार्ज विन्दुराज सापकोटाले ज्ञापन पत्र बुझाएका थिए। ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले ज्ञापनपत्रमा समेटिएका सकारात्मक पक्षलाई अनुसरण गरिने वताएका थिए।
प्रदेश नं. ४ को मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङको सचिवालयमा ज्ञापन पत्र वुझाइएको थियो। अभियानका महासचिव शिव आचार्यले प्रदेश मुख्य मन्त्रीको सचिवालयमा ज्ञापनपत्र दर्ता गराएका थियो। प्रदेश नं. २ का मुख्यमन्त्री लालवावु राउतलाई अभियानका प्रदेश नं. २ का इञ्चार्ज भुवनेश्वर मण्डलको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र वुझाएका थिए।
यस्तै प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडेललाई अभियानका प्रदेश नं. २ का संयोजक कृष्णप्रसाद गौतमले ज्ञापन पत्र वुझाएका थिए। अभियानका सचिवालय सदस्य गजेन्द्र अर्याल सहित को टोलीले ज्ञापन पत्र वुझाएका थिए।
प्रदेश नं. १ र प्रदेश नं. ६ का केहि दिनभित्रै ज्ञापन पत्र वुझाउने केन्द्रिय अध्यक्ष सन्तवहादुर घिसिङले वताए। अभियानले प्रकृति र मानव वीचको असमान्जस्यतापूर्ण कार्य रोक्न र ग्लोवल वार्मिङको प्रभाव हटाउदै अर्गानिक कृषि प्रणालीको विकास गर्न राज्यलाई दवाव दिने गरि कार्य को विषय ज्ञापन पत्रमा समेटेको छ। भरात र नेपाल वीचको असमान सन्धि खारेज गर्न जडिवुटी संरक्षण गर्न समेत सरकार र सरोकारवालाईहरुलाई दवाव दिने गरि कार्यक्रम अघि सारेको छ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: