दुइदिने घरबास ब्यबस्थापन तालिम सम्पन्न

सराङकोट न्यूज
15 May, 2018 12:37 pm
Advertisements
Advertisements

गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल (भिटोफ) प्रदेश नं. ४ को आयोजनामा होमस्टेलाई व्यवस्थित र व्यावसायिक बनाउन पोखरामा घरबास व्यवस्थापन तालिम शनिबार सम्पन्न भयो ।

सो अवसरमा पर्यटन वोर्ड पोखराका प्रमुख सुर्य थपलियाले राज्यले होमस्टेलाई दिने सेवासुविधा र प्रकृयाको बारेमा, नेपाल एकेडेमिक अफ टुरिज्म एण्ड होटल मेनेजमेन्ट (नाथम) का प्रशिक्षक राजित महर्जनले होटल व्यवस्थापन सम्बन्धि तालिम, तारानाथ पहारलिे मिडिया र होम स्टेको सम्बन्ध, विष्णु तिमिल्सिनाले लेखा प्रणालीको बारेमा, तारा गौतम र शुशिला भण्डारलिे प्राथमिक उपचारको बारेमा वताएका थिए ।

भिटोफका निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक तारानाथ पहारीले गाउँका सम्भावनालाई पहिचान गरेर चुनौतीहरु निराकरण गर्दै नेपाल सरकारको एक गाउँ एक उत्पादनको नितिलाई अवलम्बन गर्दै प्रदेश नं. ४ लाई होमस्टेको राजधानी वनाउँनु पर्ने र त्यसको लागि होम स्टे संचालकहरुले सरकारलाई सहयोग गर्नुपर्ने वताएका थिए ।

कार्यक्रममा सिरुवारी होम स्टेका जुमबहादुर गुरुङ र कालावाङ घरेडि होम स्टेका अध्यक्ष प्रकाश गुरुङले तालिमले होम स्टे संचालनमा धेरै सहयोग पुगेको वताएका थिए ।

दुईदिनसम्म संचालन भएको सो कार्यशालामा स्याङ्जाको सिरुवारी, पित्लेक देउराली, रामकोट र सुन्तलावारी, कास्कीको याङ्जाकोट, ताङ्तिङ, कालाबाङ घरेडि, चिलाउने खर्क र भुजेल गाउँ, तनहँुको तनहुँसुर, वन्दिपुर र दुम्सी दरै, वाग्लुङको जलजला, भकुण्डे र अतिथि सत्कार, गोर्खाको पसलाङ र वारपाक, नवलपरासीको पिप्रहर र अमलटारी, लम्जुङको पुरानो कोट, मनाङको ओडार होम स्टेका संचालकहरु सहभागी भएका थिए ।

शनिबार आयोजित समापन कार्यक्रमका अवसरमा सहभागीलाई प्रशिक्षक रोजित महर्जन, पुर्वमहासचिव नवराज अधिकारी, तारानाथ पहारी लगाएतले प्रमाणपत्र प्रदान गरेका थिए ।

भिटोफ ४ नं. प्रदेशका अध्यक्ष रवीन्द्रराज पौडेलको अध्यक्षतामा भएकोका कार्यक्रममा स्वागत उपाध्यक्ष राजु दाहालले र संचालन सदस्य सन्तोष सापकोटाले गरेका थिए ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: