गोर्जेमा सुचनाको हक सम्बन्धि प्रशिक्षण सम्पन्न

सराङकोट न्यूज
17 May, 2018 11:29 am
Advertisements
Advertisements

मादी गाउँपालीका वडा नं. ९, गोर्जेमा सुचनाको हक सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक सुचना समाज पोखराको आयोजना र पोखरा नुडल्स प्रा. लि. को सहयोगमा सम्पन्न उक्त कार्यक्रम श्री हिमालय बाल बिकास केन्द्र मादी–९, गोर्जेमा सम्पन्न भएकोे हो । सुचनाको हक सम्बन्धि सबैमा जानकारी गराई संमृद्ध, सुशासनयुक्त र भ्रष्टाचार मुक्त सुचना समाजको निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरीएको सामुदायिक सुचना समाज पोखराका महासचिब राजेन्द्र शर्माले बताए ।
उक्त अवसरमा बोल्दै श्री हिमालय मावि का सहायक प्रअ तथा कार्यक्रमका प्रमुख अतिथि प्रकाश अधिकारीले भने ूसुचनाको हकले जनताले आफ्नो वरपर भएका सम्पूर्ण विषयको जानकारी सजिलै माग्न पाउने र प्राप्त गर्न सक्ने अधिकार दिएको छ । यसको प्रयोग गरेर देशलाई समृद्ध बनाउने हामि सबैको कर्तब्य हो । ू
ूमादी –९ मा यस्ता कार्यक्रम हुनु एकदमै राम्रो हो । हामी सामुदायिक सुचना समाज पोखरालाई धन्यबाद दिन चाहन्छौं । हालसम्म त मेरो वडामा सुचना अधिकारी तोकेको छैन तर छिटै नै तोक्ने प्रयास गर्ने छु । ू भनेर मादी –९का वडा अध्यक्ष तोरण गुरुङले बताए ।
जम्मा ६० जना सहभागी रहेको उक्त कार्यक्रममा सामुदायिक सुचना समाज पोखराका अध्यक्ष दिपक आचार्यले प्रशिक्षण दिएका थिए भने सामुदायिक सुचना समाज पोखरा, मादी गाउँपालीका संयोजक रामहरी अधिकारीले अध्यक्षता गरेका थिए ।
कार्यक्रम श्री गृहज्योति आमा समुह र श्री अमरज्योति आमा समुहको स्थानिय ब्यबस्थापनमा भएको थियो ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: