अन्नपूर्ण गाउँपालिकामा पुर्ण खोप निरन्तरता

सराङकोट न्यूज
17 May, 2018 11:32 am
Advertisements
Advertisements

साविक दाङ्गसिङ गाविस (अन्नपूर्ण गाउँपालिका) मा रहेको ८ र ९ वडालाई पूर्ण खोप निरन्तरता वडा घोषण गरिएको छ ।
विहिबार एक कार्यक्रम बीच दाङ्गसिङ स्वास्थ्य चौकी व्यवस्थापन समिती अध्यक्ष एवं वडा नं.८ का वडा अध्यक्ष विजय गुरुङले अन्नपुर्ण गाउँपालिका लाई पुर्ण खोप निरन्रता वडा घोषणा गरेको हो ।
१६ देखि २३ महिनाको बालबालिकाहरुको तथ्याङ्क संकलनको आधारमा ४१ जना बच्चाहरुले हालको अवस्थासम्म पुर्ण खोप पाएका छन् ।
प्रमुख अतिथि अन्नपुर्ण गाउँपालिका वडा नं.८ का सचिव एंव निवर्तमान अध्यक्ष राजन तिमिल्सिनाले पुर्ण खोप कार्यक्रमले स्वास्थ्य समाजको विकास हुने हुनाले यस्ता कार्यक्रमहरुलाई सबै वडाले प्राथमिकतामा राख्न पर्ने बताए ।
सोही कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गरेका भिम कुमारी सुवेदी,सीता कुमारी कुवंर,र संगीता गुरुङलाई सम्मान समेत गरेको थिए ।
सो कार्यक्रममा सहभागी विरेठाटी मा.वि र उमा मा.विका विद्यार्थी र शिक्षकहरुलाई प्रजनन स्वास्थ्य र प्रभावका विषयमा प्रशिक्षण दिईएको थियो ।
कार्यक्रममा आयुसमा पराजुली, सजिता दहाल,सुनिता गिरी,लिल बहादुर कुँवर, उमिता घमाल लगायतले पुर्णखोपको बारेमा बोलेका थिए ।
कार्यक्रम संचालन स्वास्थ्य चौकीका प्रमुख सन्देश घिमिरेले गरेका थिए ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: