स्वच्छ र हरभरा पोखरा बनाउन सहयोग गर्न वडा अध्यक्ष नेपालीको आग्रह

सराङकोट न्यूज
17 May, 2018 11:35 am

राजु गिरी

पोखराको जिरो किमीदेखि हल्लनचोक जाने सडकको डिभाईडर मध्ये जिरोदेखि शान्तिनगरचोकसम्मको सडक डिभाइडरमा वृक्षरोपण गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा कार्यालय ५ र अभियान युवा क्लवको आयोजनामा उक्त सडक डिभाइडरमा वृक्षरोपण गरिएको हो ।
उक्त सडक डिभाइडरमा १ सय १० वटा गुल्मोहर, २५ वटा सानो धुपी र १० वटा ठुलो धुपी लगाईएको थियो भने २ सय केजी प्राङ्गारिक मलको प्रयोग भएको थियो ।
वृक्षरोपण गरिसकेपछिको कार्यक्रममा बोल्दै वडा नं. ५ का वडाअध्यक्ष धन बहादुर नेपालीले स्वच्छ र हराभरा पोखरा बनाउने अभियानमा सबैले आ¬आफ्नो ठाउबाट सहयोग गर्नुपर्ने बताए । उनले अव यसको संरक्षणमा ध्यान दिनुपर्ने बताउदै वडालाई नमुना वडाको रुपमा विकास गरिने बताए ।
कार्यक्रममा अभियान युवा क्लवका अध्यक्ष मोहन बहादुर केसीले वृक्षरोपण कार्यमा सहयोग गर्ने संघ संस्था तथा वडावासीलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको संचालन क्लबका द्धितिय उपाध्यक्ष जय प्रकाश थापाले गरेका थिए ।
वडा ५ का जनप्रतिनिधि, अभियान युवा क्लव, टोल विकास समिति, अभियान महिला उपसमिति लगाएत वडावासीको सहभागितामा वृक्षरोपण गरिएको थियो ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: