कन्या मा.वि दुई वर्ष देखि व्यवस्थापन समिति विहिन

सराङकोट न्यूज
24 May, 2018 3:46 am
Advertisements

प्रधानाध्यापक नियूक्ति र निर्माण योजना विवादमा

सरकारी कोषबाट सञ्चालित सामुदायिक विद्यालय नदिपुरको कन्या मा.वि विगत दुई वर्ष देख विद्यालय व्यावस्थापन समिति विनै सञ्चालनमा आएको छ। शिक्षा ऐन आठौं सविंधान पश्चात उक्त विद्यालयले समिति गठनको कुनै प्रयास समेत गरेको छैन्। विद्मालय व्यावस्थापन समिति गठन सम्बन्धि प्रकृया समेत अगाडी नबढाएको विद्यालयले समितिले गर्नुपर्ने काम मनोमानी ढंगबाट प्रधानध्यापकले आफै गर्र्र्दै आएका छन्। प्रधानध्यापक गणेश प्रसाद शर्मा गत वर्ष अवकाश भएपछि स्वघोषित प्रधानध्यापक प्रेम बहादुर बुढाथोकीले आफ्नो पदको अनुमोदन गराउन पनि व्यवस्थापन समिति गठन गर्नुपर्ने थियो। तर आफ्नै पद धरापमा पर्ने डरले उनले समिति नबनाएको सहकर्मीहरुबाट आरोप खेप्दै आएका छन्।
व्यावस्थापन समिति गठन नहुदा विद्यालयले कुनै पनि भौतिक निर्माण, नियुक्ति, सरुवा सहमति एवम आर्थिक कारोबार गर्न पाउँदैन्। समिति नबनेसम्म शिक्षक अभिभावक सघं समेत गठन हुदैन्। किनकि शिक्षक अभिभावक संघको गठन र त्यसको अनुमोदन विद्यालय व्यवस्थापन समितिले गर्नुपर्ने वाध्यकारी व्यवस्था शिक्षा ऐनले गरेको छ। तर पनि कन्या मा.वि नदिपुर लगायतका कतिपय विद्यालय हरुले मनोमानी ढगंले काम गर्न वि व्यस गठन गरेका छैनन्। वि.व्य.स. गठनमा राजनितिक चलखेल एकातिर छ भने विद्यालयक शिक्षक कर्मचारीहरुको स्वार्थ अर्काेतिर टांसिएको छ।
कन्या मा.वि का प्रधानाध्यापक घोषित प्रेम बहादुर बुढाथोकी जो स्वयम कानून बमोजिम प्रधानाध्यापकको हैसियत पाएका छैनन्। भने उनले गरेका भौतिक निर्माणका कार्यमा आपmैमा विवादित देखिएको छ। किन विद्यालय व्यवस्थापन समिति गठन नगरेको भन्ने जिज्ञासाको ठोस जवाफ निमित्त प्र.अ. बुढाथोकी ले दिन सकेनन्। तर उनले लक्ष्मी पराजुली को संयोजकत्वमा निर्माण समिति गठन गरेर कक्षाकोठा बनाउँदै छन्। जिल्ला समन्वय समिति कास्कीबाट प्राप्त सहयोग र विद्यालय कोषबाट खर्च हुनेगरी निर्मित संरचनाको खर्च अनुमोदन र भवन सम्पन्न बारेपनि वैधताको प्रश्न उब्जिएको छ।
प्र.अ. बुढाथोकी विरुद्ध उजुरी
विद्यालयमा कार्यरत स्थायी शिक्षकहरु मध्य वरिष्ट शिक्षक हुदाहुदै कनिष्ठ शिक्षक प्रधानध्यापक भएको भन्दै जिल्ला शिक्षा कार्यलय कास्कीमा उजुरी परेको छ। उजुरी परेको लामो समय गुज्रदापनि जिशिकाले सुनुवाई गर्ने तत्परता देखाएको छैन्। स्थायी सेवाको नियुक्तिको आधारमा सिनियरलाई प्र.अ बनाउनुपर्र्ने मा जुनियर शिक्षक प्रेम बहादुर बुढाथोकी प्रधानध्यापक बनेका छन्। जिल्ला शिक्षा कार्यालयले पनि अभिलेख छानबीन गरेर नियमाअनुसार कार्य गर्नुपर्नेमा मौनता मात्र सांधेको होइन कानुन विपरित भएको नियूक्तलाई समर्थन गरेर प्रोत्साहन गरिरहेको छ। यसले शैक्षिक क्षेत्रमा व्याप्त अराजकतालाई गोडमेल गरेको कतिपयले बताएका छन्।
कन्या मा. वि मै कार्यरत एम एड शिक्षक पुरुषोत्तम कुवंरले जि.शि.कामा नियमानुसार ढगंबाट प्रधानाध्यापक नियुक्त गरि पाउन जि.शि.का.मा निवेदन दिएका थिए। उनको निवेदनबारे जिल्ला शिक्षा कार्यलयलाई जानकारी भएर पनि कनिष्ठ व्यक्तलाइ प्र.अ समर्थन गरेर खाता सञ्चालकको स्वीकृतीप्रदान गरेको छ। निमित प्रधानध्यापक व्यावस्थापक समिति गठन गर्न नखोज्ने र आफै प्रअ भइरहने टेक्निक अपनाएका छन् उनको यो कार्यलाई नियमनकारी निकाय जिल्ला शिक्षा कार्यलयले किन चासो नदिएको भन्ने हाम्रो जिज्ञासामा सहायक जिल्ला शिक्षा अधिकारी नवराज चापागाइले भने–“सिनियर शिक्षक पुरुषोत्तम कुँवरको उजुरी प्राप्त भए अनुसार प्र.अ नियुक्ती गर्न हामिले लेखी पठाएका छौं, नियम अनुसार सिनियर शिक्षकबाट प्र.अ. नियुक्ती भई कन्या मा.वि. ले नियुक्ती दिनु उसको कर्तव्य हुन आउँछ ।” साथै ऐन मौकामै विव्यस गठन गरेर मात्र भौतिक निर्माण, नियुक्ती लगायतका आर्थिक काम कारवाही गर्नु पर्छ अन्यथा खर्च बेरुजु हुन्छ चपागाईले भने ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: