महानगरको गाडी, निजि कि सरकारी ?

सराङकोट न्यूज
29 May, 2018 2:13 pm
Advertisements

सरकारी कार्यालयमा रहेका सवारी साधनहरुलाई प्राइभेट नम्वरमा राखेर चलाउने काम अझै बन्द भएको छैन। द्धन्दकालमा सवारी र कर्मचारीको सुरक्षाका हेतुले सरकारी नम्वर प्लेटका सवारीलाई प्राइभेट नम्वर टाँसेर प्रयोग गर्ने गरिएको थियो ।
मुलुकमा शान्ती कायम भएको दशक नाघी सक्दा पनि पुरानो शैली फेरिएको छैन । अझै पनि कतिपय सरकारी कार्यालयका सवारी साधनहरु प्राइभेट नम्वर टाँसेर कुदाइरहेको फेला परेका छन् । रातो प्लेटका सवारी साधनहरु जुनसुकै वेला, विदाको समयमा समेत मनोमानी ढंगवाट चलाउन पाउने भएपछि कार्यालय प्रमुख को मिलेमतोमा त्यस्ता सवारीको दुरुपयोग समेत हुने गरेको फेहरिस्त धेरै पटक सार्वजनिक भइसकेको छ ।
पछिल्लो समयमा पोखरा लेखनाथ महानगर पालिकामा सरकारी नम्वरका जिप प्राइभेट नम्वरमा चलाइरहेको पाइएको छ । ग १ च ५०९२ नम्वर अंकित रातो जिप किनेदेखि अहिले सम्म सरकारी प्लेटमा दर्ता गरिएको छैन । सरकारी प्लेटमा दर्ता गरिएपछि विदाका दिनमा प्रयोग गर्न नपाउने भएपछि महानगरका कर्मचारीले यो जीपलाई सरकारी नम्वर प्लेटमा दर्ता नगरी प्राइभेट प्लेटमा कुदाउँदै आएको छ । यो जिप प्राविधिकहरुले प्रयोग गर्दै आएका छन् भने सार्वजनिक विादका दिनहरुमा पनि यो जिप चल्दै आएको देख्न सकिन्छ ।
महानगरपालिकाले नागरिकको करवाट उठेको कोषलाई मनोमानी ढंगवाट खर्च गर्न थालेको भन्दै आलोचना भइरहेको धेरै भयो तर पनि नियमन गर्ने निकाय भने नागरिकका कुरा सम्वोधन गर्न तयार छैन । कहिले सम्म हुन्छ सरकारी सम्पत्तिमा मनोमानी ? किन गरिदैन सरकारी गाडीलाई सरकारी नम्वरमा दर्ता ? नागरिकलाई जवाफ चाहिएको छ । ५०९२ मात्र हो कि अरु पनि हुन राता नम्वरमा सरकारी गाडीहरु ? खोजी हुनु पर्छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: