नो भेहिकल जोनले सास्ती वढायो

सराङकोट न्यूज
29 May, 2018 2:14 pm
Advertisements

पोखराको लेक साइड सडक साढे ३ कि.मी. लामो छ तर जम्मा १ किमी क्षेत्रलाई मात्र शुक्रवार र शनिवार नो भेइकल जोन वनाइएको छ । वाराही चोक देखि हल्लनचोक सम्मको मूल सडकलाई नो भेइकल जोन वनाइए पछि रातको समयमा त्यस क्षेत्रमा जाने केटाकेटी, वृद्ध वृद्धाहरुलाई सास्ती वढेको गुनासो आउने क्रम वढेको छ ।
केहि खण्ड सडकलाई मात्र सवारी निषेधित क्षेत्र घोषणा गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसले लेकसाइडलाई व्यवस्थित वनाउने वताइएपनि वाराही चोक र हल्लनचोक क्षेत्रका केही होटल तथा रेष्टुराँ व्यवसायीहरुको हितमा केहि सिमित क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाएर आगन्तुक पर्यटकहरुलाई वाटो छेकेर सिण्डिकेटको नितिलाई वढावा दिइएको छ ।
वाटो छेकेर सवारी रोक्न केहि व्यवसायीहरुलाई प्रहरी प्रशासन, जनप्रतिनिधिहरुले समेत साथ समर्थन गरेका छन् । महानगरका प्रमुख मान वहादुर जि.सी. प्रदेश सांसद राजिव पहारी वडा प्रतिनिधि, सामुदायिक सेवा केन्द्र, प्रहरी प्रशासनले समेत वाटो छेकेर नागरिकलाई हैरानी र व्यवसायीलाई नोक्सान पु¥याएको कतिपयले टिप्पणी गरेका छन् । रात साँझ सवारी साधन चलाउनु पर्ने लेकसाइडलाई केहि सिमित व्यक्तिको डिजाइनमा वन्द गर्ने कार्य पुनरावलोकन गर्नु पर्ने अवस्था आएको छ ।
साढे ३ किमी लेकसाइडमा १ किमी मात्र सवारी निषेध गर्नुको कारण र स्पष्ट जवाफ वन्दकर्ताले दिनु पर्छ । लेकसाइडलाई नो भेइकल जोन वनाउने नै हो भने वसुन्धरा पार्क देखि खहरे सम्मको सडकलाई वनाउनु पर्छ भन्नेहरुको आवाजको सुनुवाई कतै वाट हुन सकेको छैन । फेवातालको फुट ट्रयाक भएको ठाउँमा मात्र नो भेइकल जोन वनाउने खेल वेमौसमको वासुरी जस्तै वनेको छ ।
भेइकल निषेधित गरिएको क्षेत्रका होटल रेष्टुरा संचालकहरु सवैभन्दा वढी आकर्षण परेको वनाएका छन् । शनिवार र शुक्रवार सवारी नचल्दा व्यवसाय छोडेर हिड्नु पर्ने अवस्था आएको लेकसाइडका रेष्टुरेण्ट व्यवसायी हरि वस्ताकोटीलाई वताए । एकपक्षीय रुपमा वाटो वन्द गरिएको भन्दै पीडित व्यवसायीहरुले प्रशासन समक्ष उजुरी समेटी दिएका छन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: