काठमाडौंको सवारी पोखरावाट जाँचपास ! 

सराङकोट न्यूज
29 May, 2018 2:16 pm

किन गर्दैन अख्तियारले छानविन ?

यदुनाथ बञ्जारा

जेष्ठ १४ गते सोमवार वा. १४ च . ४१२१ नम्वरको स्कोडा कार वागमती अंचल यातायात व्यवस्था कार्यालय काठमाडौंवाट गण्डकी अंचल यातायात व्यवस्था कार्यालयमा दर्ता भयो । गाडी दर्ता गरियो तर दर्ता गरिएको सवारी पोखरामा ल्याइएन । सरुवा सहमतीको कागजको भरमा उक्त कार ग २ प ७८२५ नम्वरमा दर्ता गरियो ।
कुनै पनि सवारी दर्ता तथा नामसारी गर्दा दर्ता या नामसारी गरिने सवारी सम्बन्धीत कार्यालयमा ल्याइनुपर्छ । प्राविधिकले सवारीको सम्पूर्ण विवरण जाँचपास गरेर मात्र व्लु वुक र अभिलेख वमोजिम सवारी दुरुस्त छ भनि प्रमाणित गरेपछि मात्र सवारी शाखावाट दर्ता नामसारी प्रकृया अगाडि वढ्छ । यि त भए सवारी तथा यातायात सम्बन्धी विद्यमान ऐन नियममा भएका कुरा तर प्राविधिक र सवारी कारोवारी वीच मिलेमतो भयो भने सवार िनल्याएपनि खुरु खुरु नामसरी र दर्ता हुने गरेका छन् यस्तै एउटा प्रकरण सोमवार पोखरामा फेला परेको छ ।
मोरङ अटो वक्स काठमाडौंले कागज मात्र ल्याएको भरमा यातायात व्यवस्था कार्यालय गण्डकीले वा १४ च ४१२१ नम्वरको कार ग २ च ७८२५ नम्वरमा दर्ता गरिदियो । दर्ता गरेकै दिन केहि मिनेट भित्रै वागमती अंचलमै दर्ताको लागि सरुवा दर्ता सहमतीको पत्र लेखेर काठमाण्डौं लाई पत्र पठाइयो ।
दर्ता भएको गाडी ग २ च ७८२५ स्कोडा कार कस्तो छ ? ईञ्जिन चेचिस व्लू वुक अनुसार दुरुस्त छ छैन भन्ने बुझ्दै नबुझी गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालयका प्राविधिक इ. प्रमोद पोखरेलले जाँच पास गरिदिएका थिए ।
उक्त कार एक घण्टाको लागि दर्ता गर्नुका खास कारण के थियो भन्ने बुझ्न गाडी कारोवारी, जाँचपाँस गर्ने कर्मचारी समेत लाई छानविनबाट मात्र खुल्न सक्छ । कतिपय गाडी कारोवारी (सवारी धनी)ले दुर्घटना भएको गाडीलाई दुर्घटनाको प्रमाण मेटाउन नम्वर परिवर्तन गर्ने उद्देश्यले यस्ता धन्दा अपनाउँछन् भने कतिपयले गाडीको चेचिस र इञ्जिन नै फेरवदल गर्न पनि प्राविधिक सँग मिलेमतो गरेर फास्ट ट्रायकवाट कानूनको आखां छलेर सवारीको दर्ता नामसारी गर्ने गर्छन् यो प्रकरण के नियतले गरिएको हो भन्ने वारेमा राज्यका निकायले छानविन गर्नु जरुरी छ। यातायातमा यस अघि पनि पटक पटक विवादमा आएको छ । मापदण्ड पुरा भए नभएको जाँच नै नगरी डिलक्स, सुपर डिलक्स को अनुमती दिदै सर्वसाधारण यात्रु ठग्ने लाइसेन्स दिने काम पनि भइरहेको छ ।
सवारी तथा यातायात ऐन नियमलाई ठाढै लत्याएर मिलमतोमा व्यक्तिगत लाभको काम गर्ने सार्वजनि ओहोदामा वसेका कर्मचारीहरुलाई हामीले सोधेका थियौ काठमाण्डौंका गाडी हेर्दै नहेरी किन जाँच पास गर्नुभएको ? इञ्जिनियर प्रमोद पोखरेलले आफूले काठमाण्डौं मै गएर जेठ १२ गते शनिवार सवारी जाँच गरेको वताए । उनलाई काठमाण्डौं गएर सवारी जाँच गर्ने अनुमती र काज कार्यालयले दिएको छैन । कार्यालय प्रमुख अच्युत रेग्मी भन्छन् यो उनको व्यक्तिगत विचार हो कार्यालयले काज केहि दिएको छैन । यातायात कार्यालयमा सवारी को जाँचपास गराएपछि मात्र दर्ता वा नामसारी गर्नु पर्छ । कोही कसैले अनियमितता गरेको भए छानविन हुन उनले भने ।
पोखरामा वसेर यो कामको नेतृत्व मोरङ अटो वक्र्सका कर्मचारी युवराज श्रेष्ठले गरेका छन् । उनले प्राविधिक इ प्रमोद पोखरेललाई प्रभावमा पारेर अनियमित काम गराउन सफल भएकाछन् । यस अघि सवारी नै नल्याई के कति सवारीको जाँचपास दर्ता नामसारी भए भन्ने विषयमा शून्य सहनसिलता अपनाएर छानविन गरिनु पर्ने आवाज उठेको छ । पदको दुरुपयोग गरेर व्यक्तिको कामको लागि धाउने राष्ट्र सेवक कर्मचारीवाट देश र जनताले कस्तो साशन व्यवस्थाको अपेक्षा गर्ने? गाडी नल्याई, जाँचपास गराउने यामाहा कम्पनीका कर्मचारी युवराज श्रेष्ठले आफ्नो कम्पनीलाई गाडी नल्याएपनि जाँचपास गर्न छुट हुदै आएको स्वीकार गरेका छन् । उनको अभिव्यक्तिले मोरङ अटो वक्सको कारोवारलाई पनि राज्यले छानविन गर्न जरुरी देखिएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: