पोखराका ताल संरक्षणको चिन्ता

सराङकोट न्यूज
8 June, 2018 3:12 am
Advertisements

फेवाताल विश्वकै एक महत्वपूर्ण पर्यटकको गन्तव्य हो । लाखौं लाख अवलोकन कर्ताको आंखाको नानी वन्न सफल पोखराको फेवाताल भू माफियाको वक्र नजरवाट पनि उत्तिकै प्रतादित वनेको तथ्य घाम जतिकै छर्ल· रहेको छ ।
कास्कीमा रहेका वेगनास ताल, रुपाताल, दिपाङ, खास्टे, निउरेनी ताल लगायत आठ वटै ताल संरक्षणको पर्खामा छ । दिनानुदिन भईरहेका अतिक्रमणका कारण अस्तित्वको संकटमा पर्दै गएका तालहरुको संरक्षणका लागि स्थानिय र राष्ट्रिय स्तरमा धेरै ठूला कार्यक्रम ल्याइए, योजना पनि वने तर त्यसको कार्यान्यन प्रभावकारी वन्न सकेको छैन यो सवभन्दा चिन्ताको विषय वनेको छ ।
फेवाताल सवैभन्दा वढी अतिक्रमणको चपेटामा परेको ताल हो । साविक भन्दा आधा सांघुरो भएको फेवाताललाई आफ्नो साइजमा ल्याउन पछिल्ला दिनमा केहि आशालाग्दो र सकारात्मक पहलहरु गरिएका छन् तर पनि त्यसको कार्यान्वयनमा फेरि चिन्ता थपिने कार्य भएका छन् ।
सर्वोच्च अदालतले ताल संरक्षण गर्न र अतिक्रमित संरचना हटाउन आदेश दिएको छ । अदालतले दिएको आदेश पछि अक्रिक्रमणकारीहरुमा छटपटी पैदा भएको छ । अदालतको आदेशले फेवातालको वास्तविक क्षेत्रफल स्थापित गर्न वल पुग्ने देखिएको छ । आदेश कार्यान्वयनका लागि सरकारले यथेस्ट अडान लिनु पर्ने छ ।
अदालतले आदेश जारी गरेपछि सरकारकै जिम्मेवार मन्त्री वाट भए गरिएका शंकास्पट कार्य वाधक वन्न सक्ने देखिएको छ । यसवाट सरोकारवाला निकाय सकृय रहनु पर्ने संकेत मिलेको छ । निश्चयनै फेवाताल माथि हुने र भइरहेका अमिल्दा कुराहरुलाई चिरेर अगाडि वढ्नु पर्ने स्थिति आइरहेको छ ।
पर्यटनमन्त्री रविन्द्र अधिकारीले पर्यटन विज्ञ को रुपमा पार्क भिलेज वाटर फल रिसोटका संचालक सुनिल साक्यलाई सुझाव समितिमा मनोनयन गरेका छन् । शाक्यको मनोनयन पछि फेवाताल संरक्षण हुनेमा फेरि आशंका उव्जिएको छ । फेवातालको मापदण्ड मिचेर रिसोर्ट वनाएका शाक्यको मुद्दा छानविनमै रहेको छ । छानविनमै रहेका व्यक्तिलाई मन्त्रीको इन्टे«स्टमा चयन गरिएपछि फेवाताल संरक्षणका लागि अतिक्रमण हटाउने मुद्दा आफै धामी आफै वोक्सी जस्तै वन्न पुगेको छ ।
कारवाहीमा पर्ने व्यक्ति प्रतिवादीलाई नै वादीको कित्तामा उभ्याइएपछि त्यसवाट आउने परिणाम कस्तो होला ? शाक्यको मनोनयन पछि नागरिक समाजले मात्र हैन मन्त्री रविन्द्र अधिकारी कै पार्टीका जिल्लाका पार्टी अध्यक्ष कृष्ण थापाले समेत असन्तुष्टि व्यक्त गरेका छन् ।
मन्त्री रविन्द्र अधिकारी, प्रदेश सांसद राजिव पहारीहरु नै फेवाताल अतिक्रमणकारी पात्रहरुका मतियार वन्न खोजेका छन् । मापदण्ड विपरितका संरचना उद्घाटन गर्ने सांसद राजिव पहारी हरु नै मापदण्ड विरोधी कार्यमा उद्त देखिएका छन् यो चिन्ताको विषय हो ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: