प्रहरीले न्याय नदिएको गुनासो

सराङकोट न्यूज
13 June, 2018 3:07 am
Advertisements
Advertisements

घारिपाटनमा डेरा गरि वस्ने कुशुम गुरुङलाई आफ्नै घरभेटीका छोराले कुटपिट गरे । गुरुङले वडा प्रहरी कार्यालय वैदाममा उजुरी गरिन् । प्रहरी आयो । दुवै पक्षलाई वैदाम प्रहरी परिसरमा लगियो र केहि क्षणमै सहमती कागज गराएर छोड्यो । तर विडम्वना कुटाइ खाने कुशुम गुरुङले सहमती पत्रमा के लेखिएको थियो भन्ने थाहा पाइनन् । उनलाई डर देखाएर वैदाम प्रहरीले पढिवाची नसुनाइकन सहि छाप गराएर पिडा माथि पिडा थपेको भन्दै उनले गुनासो गरिन् ।
यस प्रकरणका वारेमा वैदाम प्रहरी प्रमुख डिएसपी नविन कार्कीको ध्यानाकर्षण गराउँदा उनले पुन दुवै पक्षलाई झिकाएर छलफल गर्ने वताए । छलफलको लागि वोलाएपनि पिडितले न्याय पाइनन् वरु उल्टै वाल अधिकारकर्मीहरुलाई वोलाएर मिल्न दवाव दिइयो र पुन जवर्जस्ती केश मिलाइयो । महिलाले पनि न्याय पाउन महिला अधिकारकर्मी वोलाएको भए घरवेटीको आतंकको छाया मेट्न टेवा दिनेथियो तर पनि महिलाले केशलाई लम्वाएर पिडा माथि पिडा वोक्न अनिच्छा जनाइन्।
प्रहरीका चिनजान भएका कार्की थरका घरवेटीले आफ्नो घरमा भाडामा वस्ने निरिह महिलालाई जितेको अनुभूति गरे पनि महिला माथि कुटपिट गर्ने किशोरको आचारण वानी व्यहोरा कस्तो रुपमा विकास हुने हो त्यसवारेमा पनि सोच्नु पर्ने थियो कि ?
प्रहरीले करकापमा सहमती गराएर ल्याप्चे लगाउने प्रवृतिमा परिवर्तन ल्याउनु पर्छ गल्ती कसवाट भयो ? सहि छानविन गर्नु पर्छ ? अधिकारकर्मीका कुरा सुनेर निसाफ गर्ने कि वस्तुनिष्ठ छानविन गरेर निसाफ दिने भन्ने सोच्नु प्रहरीको दायित्व हुनुपर्छ । प्रहरीले दिने मुस्कान सहित सेवा व्यवहारमै लागु होस् भन्ने नागरिकले अपेक्षा गरेका छन् । न्यायको भिख माग्न प्रहरी गुहारेकी एउटी महिलाले पिडा र असुरक्षा महसुस गर्छिन् भने सुरक्षाको अनुभूति कसरी गर्ने भन्ने सोच्न पर्ने अवस्था आउन सक्छ ?

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: