विश्वकपमा आयोजक रसियाको शानदार सुरुवात, साउदी अरेबिया ५- ० ले पराजित

सराङकोट न्यूज
15 June, 2018 3:50 am
Advertisements
Advertisements

उद्घाटन खेलमा साउदी अरेबियालाई ५-0 को फराकिलो अन्तरले हराउँदै आयोजक रसियाले सन् २०१८ को विश्वकप फुटवलको सुखद सुरुवात गरेको छ ।

 

नेपाली समय अनुसार बिहीबार राति पौने ९ बजे सुरु भएको खेलमा रसियालाई जिताउन डेनिस चेरसेबले २ तथा युरी ग्याजिन्स्की, आर्तेन जुबा र अलेक्जेण्डर गोलोविनले १/१ गोल गरे ।

रसियाले खेलको १२ औं मिनेटमा नै ग्याजिन्स्कीको गोलमा अग्रता लियो । त्यसपछि चेरसेबले ४३ औं मिनेटमा गोल थपेपछि पहिलो हाफमा रसियाले २- ० को अग्रता लियो ।

७१ औ मिनेटमा जुबाले गोल गरे भने बाँकी २ गोल खेलको इन्जुरी समयमा भयो । इन्जरी समयको पहिलो मिनेटमा नै चेरसेबले गोल गरे भने खेल सकिने केही सेकेण्ड अगाडि गोलोविनले गोल गरे ।

रसिया टिमको अगाडि साउदी अरेबिया निरिह सावित भएको थियो । उसले गोलका गतिला अवसरसमेत सिर्जना गर्न सकेन ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: