१४ घण्टासम्म सडकमा आर.एम.सी. जमेन

सराङकोट न्यूज
19 June, 2018 8:09 am

दोष सिमेन्टको कि आर.एम.सी कम्पनीको ?

यदुनाथ बञ्जारा

पोखरा–९ नयाँबजार नमुना टोल शान्ती दर्शनमार्गमा २०७५ जेष्ठ २७ गते ढलान गरियो । तर विडम्वना १४ घण्टा सम्म पनि वाटोको ढलान जमेन । जेष्ठ ३० गते ढलान गर्ने कम्पनी लाई वोलाइयो । ढलानमा जस्तो मिक्स्चर हालेको त्यस्तै पाइयो। ३ घण्टामा ढलान जमिसक्नु पर्नेमा १४ घण्टा सम्म पनि नजमेपछि ढलान गर्ने कम्पनीले आफूले विच्छाएको सवै मेटेरियल वाटोवाट उठाएर फिर्ता लग्यो ।
ढलानको जिम्मा लिएको थियो लेखनाथ सुन्दरीवजारको सभेन लेक आर.एम.सी एण्ड हाउजिङ प्रा.लि.ले। निर्माण व्यवसायी नारायण गुरुङ र विकास गुरुङले समेतले संचालन गरेको उक्त आर.एम.सी. एण्ड हाउजिङ कम्पनीले नजमेको सामग्री तत्काल उठाएर उक्त वाटोमा पुन अर्को आर.एम.सी ल्याएर ढलान गरिएको छ । असार १ गते गरिएको दोहोरो ढलान वल्ल सफल भएको छ ।
लोकल मिकस्चरले गरेको ढलानको गुणस्तर राम्रो नहुने भन्दै महंगो पैसा हालेर आर.एम.सी हाल्नेहरुले अव गम्भिर भएर सोच्नु पर्ने वनाइदिएको छ । वढी पैसा हालेर लिने सेवाको गुणस्तर र विश्वसनियतामा प्रश्न उव्जाएको छ। कम्प्युटर प्रणालीवाट मेटेरियरल मिक्स गर्ने र राम्रो सँग घोलिने हुँदा संरचना निर्माण वलियो र टिकाउ हुने जनविश्वास रहि आएकोमा नयाँ वजार वाटो ढलान प्रकरणले आर.एम.सी. मेटेरियलको गुणस्तर प्रति गंभिर भएर सोच्न वाध्य पारेको छ । प्रति घन मिटर ११ हजार पाँच सयका दरमा किनिएको आर.एम.सी. ढलान किन जमेन ? कस कसको के कमजोरी छ ? यस वारेमा सराङकोटले खोज्ने प्रयास गरेको छ ।
कमजोरी कसको ?
सेभेन लेक आर.एम.सी एण्ड हाउजिङ प्रा.लि.का संचालक वताउने विकास गुरुङ जेष्ठ ३० गते वाटो ढलान विग्रिएको ठाउँमा भेटिए। कसरी आर.एम.सी. जमेन भन्ने हाम्रो प्रश्नमा विकास गुरुङले भने “सिमेन्टको कारण जमेन” । उनले व्राण्ड तोकेरै भने शिवम् सिमेन्टको कमजोरीका कारण ढलान जमेन । उनले थपे “हन्डे«ड पर्सेन्ट शिवम् सिमेन्टको डिफेक्ट हो” आफ्नो कम्पनीले ७ वर्ष देखि शिवम् सिमेन्ट प्रयोग गर्दै आएको हो यस्तो कहिल्यै भएको थिएन । कामदारहरुले रेसियो, केमिकल मिलाएनन् कि भन्ने हाम्रो जिज्ञाशामा सेभेन लेक आर.एम.सी का संचालक विकास गुरुङले भने “होइन हाम्रो केहि कमजोरी छैन” यदि रेसियो कम वढी भएको भए पनि रेडिमिक्स (सिमेन्ट) त केहि न केहि जमिहाल्थ्यो नि । तर कति पनि जमेन यो लटको सिमेण्टकै डिफेक्ट छ उनले किटानी जवाफ दिए । हेटौडामा उत्पादति शिवम् सिमेन्टलाई यो वारेमा जानकारी गराई सकिएको र यसको क्षतिपूर्ति शिवम् सिमेन्ट कम्पनीवाटै असुल उपर गरिने पनि उनले वताए ।
उक्त वाटो ढलान योजना पोखरा लेखनाथ महानगरपालिकावाट स्वीकृत योजना हो । महानगरका प्राविधिक इ. सुरेन्द्र पौडेलले योजनाका निरिक्षक तोकिएका थिए । हामीले इञ्जिनियर सुरेन्द्र पौडेललाई पनि सोध्यौ कसको कमजोरीका कारण ढलान जमेन ? इञ्जिनियर पौडेलले भने सिमेन्टको फल्ट हो । उनले थपे सिमेन्ट र त्यसमा राखिने केमिकलको कारण ढलान नजमेको हुन सक्छ । उनले केहि समय अघि सिमेन्टकै डिफेक्टका कारण घरको ढलान नजमेर खसेको अनुभव सुनाए ।
दोष शिवम् सिमेन्टको कि आर.एम.सी कम्पनीको ?
हेटौडामा उत्पादित सिमेन्ट र रेडि मिक्स कंक्रिट दुवै ग्राहकले पत्याएका वस्तु हुन् । विभिन्न स्किम, उपहार र अधिक प्रचार प्रसारका कारण शिवम् सिमेन्ट जर्वजस्त ढंगवाट परिचित व्राण्ड सिमेन्ट वनेको छ । यस्तै रेडिमिक्स कंक्रिट (आर.एम.सी.) पनि जनविश्वास वटुल्दै

Advertisements

गरेको नयाँ सेवा हो । केहि वर्ष अघिवाट पोखरामा सेवा सुरु गरेका आर.एम.सी. कम्पनीहरुले गुणस्तरीय निर्माणमा ग्राहकको मन जितेका छन् तर पछिल्ला केहि घटनाहरुले यि दुवै वस्तु प्रति शंका उव्जाएको छ । व्यापक प्रचार प्रसारवाट जवर्जस्त स्थापित शिवम् सिमेन्ट प्रति आर.एम.सी. का संचालकले लगाएको किटानी दोषलाई नमान्ने कसरी ? सेभेन लेक आर.एम.सी एण्ड हाउजिङ कम्पनीका संचालक विकास गुरुङले लगाएको आरोपलाई महानगरका इञ्जिनियर सुरेन्द्र पौडेलले समर्थन गरेका छन् ।
“क्यालिटीको मामलामा नो कम्परमाइज” यो नारा शिवम् सिमेन्टको हो । उसले करोडौ रुपैया विज्ञापन र वजार प्रवद्र्दनमा खर्च गरेको छ । तर उसकै उत्पादनमा फल्ट फेला परेको छ । ३ घण्टा भित्र सेट भइसक्नु पर्ने रेडिमिक्स कंक्रिट १४ घण्टा सम्म कति पनि नजमेपछि डोजर लगाएर नजमेको माल फालेर नयाँ आरएमसी वनाएर पुन ढलान गर्नु परेको घटना ताजै छ । शिवम् सिमेन्टको यो भन्दा ठूलो कमजोरी के हुन सक्छ ? सिमेन्ट उत्पादकको यो लापरवाहीलाई राज्यले कसरी छानविन गर्छ यो भने एकिन छैन । राज्यका नियमक निकायहरु यस्तै कमजोरीवाट फाइदा उठएर शुभ लाभको खेल खेल्ने गरेका कारण सिमेन्ट उत्पादकहरुको लापरवाहीले सिमा नाघेको छ ।

सार्वजनिक विकास निर्माण मात्र हैन सर्वसाधारण नागरिकका आवास, सार्वजनिक र सामुदायिक मठ मन्दिर, स्कूल क्याम्पस हरुमा यस्ता गुणस्तर हिन निर्माण सामग्रीका कारण ठूलो क्षति पुग्न सक्छ । धनजनको व्यापक क्षति हुन सक्ने तर्फ गंभिर रुपले निगरानी राखेर कमसल वस्तु उत्पादन विक्री वितरण गर्नेलाई कानुनी दायरामा उभ्याउनु पर्छ । संवेदनशिल वस्तुको गुणस्तर हिन उत्पादन गर्ने उपर छानविन गरेर सार्वजनिक गर्नु पर्छ ।
जनतालाई जान्न पाउने अधिकार छ । आज वाटोमा कमसल वस्तु हाल्नेले भोली जे पनि गर्न सक्छ। बाटो ढलान प्रकरणमा दुइवटा पक्ष सिमेन्ट उद्योग र आर.एम.सी उद्योग मध्य एउटाको गंभिर त्रुटी रहेको विषयमा दुई मत छैन । दोषी को हो वस्तु गत अनुसन्धान हुनुपर्छ। जनताको सुरक्षामा सिकायत गर्ने जो सुकै भएपनि कानूनी कठघरामा उभ्याउनु पर्छ जनताले गर्ने वहिस्कारको सजायको लागि उपभोक्ता अधिकार र सुरक्षाको वारेमा चेतना फैल्याउनु उत्तिकै जरुरी छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: