युवा व्यवसायी कार्कीद्वारा विद्यालयलाई सहयोग

सराङकोट न्यूज
3 July, 2018 4:08 am

सराङकोट साप्ताहिक

पोखरा ८ नयाँबजारका युवा व्यवसायी लायन रामबहादुर कार्कीले पोखराको एक सामुदायिक विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति एवम् फाटोकपी मेसिन प्रदान गरेका छन् । कार्कीले पोखरा महानगरपालिका वडा नं. १९ लामाचौरमा रहेको अकला आधारभूत विद्यालयमा अध्ययनरत विपन्न परिवारका जेहेन्दार विद्यार्थी सोनु तामाङ, आकृति दराई र नविन वि.क.लाई छात्रवृत्ति वितरण गरेका थिए ।
दुःख सुख गरेर पढिरहेका वालवालिका लाई थप हौसला प्रदान गर्न र निरन्तर पठन पाठनमा टेवा प्रदान गर्ने हेतुले आफूले सानो सहयोग गरेको लायन रामबहादुर कार्कीले वताए । गरिवि र अशिक्षाको रेखामुनी रहेका वालवालिकालाई दया माया भन्दा पनि उचित अवसर र शैक्षिक राहत दिनुपर्ने कार्कीले वताए । आफूले सहरमा मात्र हैन दुर्गम क्षेत्रका विपन्न परिवारका मेहनती विद्यार्थीलाई सहयोग जुटाउने प्रतिवद्धता जनाए ।
असार १५ गते शुक्रवार अकला आधारभूत विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयलाई एक थान फोटोकपी मेसिन समेत प्रदान गरिएको थियो । लायन्स क्लव अफ सेती गण्डकीले शैक्षिक सामाग्री शिर्षक अन्तर्गत प्रदान गरेको फोटोकपी मेसिन खरिदमा लायन रामबहादुर कार्की, कार्यक्रम संयोजक सुभद्रा श्रेष्ठ र लायन डम्वर कुमारी गुरुङले आर्थिक सहयोग प्रदान गरेका थिए ।
कार्यक्रममा लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ बी वान नेपालका डिस्ट्रिक क्याविनेट सेक्रेटरी लायन चण्डी प्रसाद अर्यालले सामुदायिक विद्यालयको शैक्षिक उन्नयनमा सवै पक्षको सहयोग आवश्यक रहेको औल्याएका थिए । क्लवका द्धितिय उपाध्यक्ष लायन विष्णु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नं. ४ की सांसद प्रभा कोइराला विद्यालयकी प्रधानाध्यापक जान्वी आचार्य, लाइन्सका डिष्ट्रिक एड्भाइजर दुर्गा ढकाल लगायतले शिक्षाको वारेमा चर्चा गरेका थिए ।
राज्यले अरवौं लगानी गरे पनि सरकारी विद्यालयका शैक्षिक गुणस्तरमा अपेक्षाकृत सफलता हासिल हुन सकेको छैन । युवा व्यवसायी लायन रामबहादुर कार्कीले सुरु गरेका सामुदायिक विद्यालय सहयोग कार्यक्रम अभियानकै रुपमा अगाडि वढाउन सके विपन्न वालवालिकालाई टेवा मिल्ने आशा गर्न सकिन्छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: