किसानका गोठमा प्रदेश प्रमुख

सराङकोट न्यूज
3 July, 2018 4:13 am
Advertisements
Advertisements

सराङकोट साप्ताहिक

प्रदेश नं. ४ का प्रमुख वावुराम कुवंरले पोखरा १ वगरको गाई फारमको स्थलगत अवलोकन गरेका छन् । प्रमुख कुँवरले सरोज पशुपालन तथा अर्गानिक फार्म पुगेर फार्मका संचालकहरु सरोजरमण अधिकारी सहित सगँ पशुपालन व्यवसायका समस्याका वारेमा जानकारी लिएका थिए ।
कृषि तथा पशुपालन क्षेत्रमा युवाहरुको उत्साहजनक सहभागिता वढे पनि राज्यको दृष्टिकोण सकारात्मक नरहेको कृषक अधिकारीले वताए । झोलामा गोठ वनाएर प्रतिवेदन पेश गर्नेहरुले राज्यको सुविधा अनुदान खाइरहेको र वास्तविक कृषक गोठमै व्यस्त हुनुपर्ने भएका कारण कागजी प्रकृया पुरा गर्न नसक्दा लक्षित किसानहरु अन्यायमा परेको गुनासाहरु आइरहँदा पनि सरकारी अधिकारी मौनता साधेर वसिरहेको छन् ।
यस विषयमा प्रदेश प्रमुख कुवंरको ध्यानाकर्षण गराउँदा आफू किसानका समस्या र सरकारी निति दुवैका वारेमा जानकार रहेको वताए । किसानका हितमा ठोस योजना ल्याउनु पर्नेमा आफू सकारात्मक रहेको प्रमुख कुँवरले वताए । फार्म अवलोकनकै क्रममा अधिकारी परिवार र रविन खनालले पालेको ५ लाख मुल्यको एउटै गाइको वारेमा जिज्ञाशा राखेका थिए ।
साविक कालिका–४, कास्कीका विश्वरमण अधिकारीका तीनभाई छोराहरुले विगत १ दशक देखि पोखरामा गाई फार्म संचालन गर्दै आएका छन् । जहाँ हाल मात्र अर्का किसान रविन खनालले सहकार्य सुरु गरेका छन् । उनिहरुले विदेश मोहलाई समेत त्यागेर कृषि तथा पशुपालन क्षेत्रमा सकृयता देखाउदै आएका छन् । तीन भाई मध्य कान्छा प्रकाशरमणले इजराइल गएर १ वर्ष कृषि तथा पशुपालन तालिम लिएर पुनः स्वदेशमै कृषि तथा पशुपालन क्षेत्रमा कार्य गर्दै आएका छन् । सरकारले तालिम र अनुदान लक्षित वर्ग किटान गरेर मात्र दिन जरुरी रहेको भन्दै उनिहरुले राज्यको ध्यानाकर्षण गराएका थिए ।
अहिले सम्म सरोज पशुपालन तथा अर्गानिक कृषि फार्मको राष्ट्रका उच्च ओहोदाका व्यक्तिहरुलाई फर्म भिजिट गराएर समस्या र चुनौतीहरुको जानकारी गराइए पनि त्यसको प्रतिफल न्यायोचित ढंगले प्राप्त हुन नसकेको वताइएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: