प्राकृतिक स्रोतको दोहन रोक्दै कास्की प्रहरी

सराङकोट न्यूज
11 July, 2018 2:52 am
Advertisements

अवैध रुपमा प्राकृतिक सा्रेत साधन उत्खनन् तथा ओसार पसार गरेको भन्दै कास्की प्रहरीले संलग्न आठ जना व्यक्तिलाई ट्रिपर, स्काभेटर सहित पक्राउ गरि कारवाहीका लागि जिल्ला समन्वय समिति कास्कीमा पठायो । जिल्ला समन्वय समितिले पक्राउ परि आएकाहरुबाट ९२ हजार जरिवाना तिराएको छ । जरिवाना तिरेको रसिद प्राप्त भए पछि कास्की प्रहरीले असार २२ गते थुनामा राखेका हरु आठै जनालाई थुना मुक्त गरेको छ । पक्राउ पर्नेमा कर्मचारी सागर ढकाल चालकहरु प्रशान्त गुरुङ, अजय तामाङ, मानबहादुर गुरुङ, टेक वहादुर बस्नेत, कृष्ण श्रेष्ठ, कृष्ण रानाभाट, कुमार मगर रहेकाछन् । उनिहरुवाट ९२ हजार रुपैया जरिवाना असुल भएको छ । जसमा एस्काभेटरबाट ५० हजार र ट्रक ट्रिपरबाट ७ हजारका दरले जरिवाना असुल गरिएको छ ।
प्रकरण के थियो ?
पोखरा महानगर पालिका वार्ड नं. ३३ वागमारा पुस्प वस्तीमा एक व्यक्तिको जग्गा खार्ने ठेक्का सरन सापकोटा र मुक्ति पौडेलले लिए । जग्गा खार्ने र

त्यहाँबाट उत्पादित माल बस्तु निकासी गर्न पोखरा महानगरपालिकाबाट रोयल्टी दस्तुर तिरे अनुमती पनि ठेकेदार सरन सापकोटा र मुक्ति पौेडेलले नै लिए । जमिन खारेर आउने ढुंगा माटो कार्यशिद्धि विनायक कन्स्ट्रक्सन पोखरा ३२ गगनगौडाले खरिद गरेर लैजाने सहमती भयो ।
उत्खन वेस्सरी गरिएको छ । ताल निर्माण गरिएझै गरि गहिरो खनिएको छ । हजारौं घनमिटर माल वस्तु केहि पर लगेर थुपारिएको छ । सोही ठाउबाट माल वस्तु ओसार्ने त्रस्ममा २२ गते ट्रक, ट्रिपर र स्काभेटर कास्की प्रहरीले नियन्त्रणमा लिएको थियो।
ठेकेदार सरन सापकोटाले प्रकृया पुरा गरि जग्गा खारिएको र सोको वैध अवधी अझै वाँकी रहेको वताए । खनेर उत्पादित वस्तुको निकासी गर्ने समय नसकिएको कार्य सिद्धि विनायक कन्स्ट्रक्सनका संचालक सुरेन्द्र त्रिपाठीले वताएका छन् । ठेकेदार र निकासी गर्ने कम्पनीले जग्गा उत्खनन् गर्ने र मालवस्तु ढुवानी गर्ने कार्य कानून सम्मत रहेको दावी गरेपनि नियमनकारी निकाय त्यो स्वीकार्न तयार देखिएनन् । कास्की प्रहरीले पोखरा ३३ पुष्पवस्ती वाघमारामा गरिएको कार्यलाई प्राकृतिक स्रोत साधनको दोहनको संज्ञा दिएको छ । अनुमती सकिएको कागज पत्र देखाएर प्राकृतिक स्रोत साधन दोहन गरेको भन्दै पक्राउ गरि हिरासतमा राखेर कारवाही गरेको छ ।
यता महानगर पालिकाका मेयर मान वहादुर जि.सी. ले उक्त उत्खनन् कार्यलाई दिएको म्याद सकिसकेको वताए । महानगरले दिएको स्वीकृति र अनुमतीको समय सकिएको र म्याद थप पनि नहुने मेयर जि.सी. वताउँछन् । उत्खनन् गर्ने र उत्खन गरिएको माल वस्तु तोकिएको म्याद भित्रै निकासी गरिसक्नु पर्ने हुन्छ पोखरा महननगरकै वरिष्ठ इञ्जिनियर शारदामोहन कापस्ेलले भने ।
कार्य सिद्धि विनायक कन्सट्रक्सनका संचालक सुरेन्द्र त्रिपाठी र देव बहादुर ज्वारचनले आफ्नो त्रस्सरको लागि खरिद गरि थुपारिएको माल ओसार्न वडाबाट सिफारिस माग गरिएको दावी गरे वार्ड नं. ३३ यस अघि पनि प्राकृतिक श्रोत साधनको उत्खनन् र ओसार पसार कार्यमा विवादित वन्दै आएको छ । तनहुँ र कास्कीको सिमानामा धेरै त्रस्सर उद्योगहरु संचालनमा छन्। सामान ढुवानीमा सहज हुने भएपछि उत्खनन् कारी र त्रस्सर व्यवसायीको टार्गेट ३३ नं. वडा पर्ने गरेको छ ।
महानगरले निगरानी गर्न कञ्जुस्याई गर्ने मात्र हैन जनप्रतिनिधिहरु नै मिलेमतो गर्ने गरेका गुनासाहरु आउने गरेका छन्। राज्यका सवै सरोकारवाला निकायले गैह्रकानुनी कार्यमा सकृयता पूर्वक विधिको साशन लागु गर्नुपर्ने हुन्छ । त्यहि भेग हेर्ने इलाका प्रहरी कार्यालय डाँडाको नाक, प्रहरी चौकी गगन गौडाको सकृय निगरानी उत्तिकै आवश्यक रहेको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: