वैदेशिक रोजगारमा भारतीय दलालको विगविगी

सराङकोट न्यूज
17 July, 2018 4:07 am
Advertisements

क्यानडा हिडेका पोखरेली दिल्लीमा बन्धक
८० लाख रुपैया हुण्डिमार्फत् दिल्ली पठाइयो
कास्की प्रहरीले तोड्ला हुण्डीको जालो ?

यदुनाथ बञ्जारा
के तपाई इन्टरनेट मार्फत् वैदेशिक रोजगारको अवसर खोजिरहनु भएको छ ? युरोप अमेरिका जस्ता आकर्षक मुलुकमा वर्क पर्मिट सहितका अवसरहरु पनि देखिरहनु भएको होला । होस् गर्नुस् इन्टरनेटबाट देखाइने त्यस्ता अवसरहरु अधिकांस ठगी गिरोहका प्रपञ्ज हुने गरेका छन्।
ईन्टरनेटबाट पाइएको एस्तै वैदेशिक रोजगारीको अवसरको यथार्थता नै नवुझिकन हाम फाल्दा नेपालीले ठूलो धनराशी डुवाएका मात्र छैनन् शारीरिक र मानसिक यातनाको शिकार समेत वनेका छन्। युरोपको क्यानडामा आकर्षक तलव सुविधा सहित रोजगारीको ग्यारेन्टी हुने इन्टरनेटको विज्ञापन हेरेर पोखरा महानगर पालिका १६ वाटुलेचौर आसपासका पाँच जना युवा भारतीय दलालको चंगुलमा फसेर करिव ३ हप्ता पछि ज्यान वचाएर घर फर्किएका छन्।
भारतीय दलालले इन्टरनेटको सूचना विज्ञापन मार्फत सम्पर्क भएका युवाहरुलाई दिल्लीमा वोलाएको थियो । सुरुमा कति पनि पैसा दिनु नपर्ने दलालले आश्वासन दिइएको थियो । स्काइप र म्यासेन्जर लगाएका इन्टरनेट कलमा दोहोरो सम्वाद पनि भएको पिडित युवाका अभिभावकले वताए । क्यानडा पुगेर काममा लागेपछि मात्र पैसा दिए हुने भन्दै दलालले आश्वस्त पारेपछि युवा र तिनका अभिभावक ढुक्क भएर दिल्ली गएका थिए ।

के रहेछ वास्तविकता ?

भारतको राजधानी दिल्लीमा मानव तस्करी गर्ने दलालको झुण्डले नेपालवाट गएका युवालाई त्यहाँको होटल वाट कालो सिसा भएको कारमा हरियाणा तर्फ लगियो । हिड्ने वेलामा कोक खान दिएको र त्यस पछि अधेरो वन्द कोठरीमा पुगेपछि मात्र थाहा पाएको उनिहरुले वताए । वन्द कोठामा पुगेपछि वल्ल उनिहरुले आफू ठगिएको चाल पाए। कोठरीमा थुनिएका युवाहरुलाई सुरुमा चक्कु छुरी देखाएर चरम शारीरिक यातना दिइयो । यातना दिएपछि जर्वजस्ती फ्रेस हुन लगाउने अनि आफूहरु क्यानडा आइपुगेको र काममा लागेको बताउँदै पैसा पठाइदिन घर परिवारमा फोन गर्न लगाउने गरेका थिए । दलालले हासी हासी फोन गर्न भन्थे उनिहरु ज्यान बचाउन पनि नक्कली हाँसो हाँसेर परिवारलाई फोन गरेर पैसा हाल्दिन भन्थे । दलालकै नम्वरवाट आएको फोनमा ऋबmबमब आउने गरेको एक पीडित अभिभावले वताए ।
छोराहरु आफै वोलेर आफूहरु क्यानडा पुगेर काममा लागेको वताए पछि प्रति व्यक्ति १६ लाख रुपैया नेपाली पठाइदिएका थिए । दलालको निर्देशन वमोजिम उक्त रकम हुण्डी मार्फत पठाइएको अभिभावकले वताए । दलालले रकम पाए पनि पिडित युवाहरुलाई कव्जामै राखेर थप यातना दिइएको वताइएको छ। पोखराबाट थप युवाहरु त्यसतर्फ जाने तयारीमा रहेका कारण पनि ठगी धन्दा पर्दाफास हुने डरले पैसा पाएपनि नियन्त्रणमै राखिएको वताइएको छ पीडितले वताए ।
आफूहरु दलालको गिरोहमा फसिएको निश्चित भएपछि पैसा फसे पनि ज्यान जोगाउन दुई युवा राती नै भागेपछि अरु थप ३ युवा पनि भागेर घर फर्केका छन्। केटाहरु सेन्डो भेष्ट र कट्टु मात्र लगाएर मथुरा हुदै दिल्ली आएको वताएका छन् । दिल्ली आएपछि दिल्ली पोखरा वस सेवा संचालन गर्दै आएका नेपालीहरुले उनिहरुलाई कपडा, खान पान र टिकटको व्यवस्था गरिदिएका थिए। साथमा लगेको कागज पत्र, कपडा सहितको लगेज व्याग समेत दलालले गायव पारिदिएका छन् । क्यानडा जाने सपना वोकेर गएका युवाहरुले डेढ दुई लाख रुपैयाको सपिङ समेत गरेको उनिहरुका अभिभावकले वताएका छन् ।

ठग दलालको खोजी सुस्त

नेपाली युवाहरु छिमेकी राष्ट्रको राजधानी शहर दिल्ली मै ठगिएकाछन् ।चरम शारीरिक यातना पाएका छन् । ज्यान वचाएर फर्किएकाहरु मानसिक तनावमा छन् । नेपाली युवाको कमजोरी जे नुहुन त्यो भइसकेको छ । अव अपराधी दलाललाई खोजेर न्यायिक कठघरामा उभ्याउनु पर्छ । यसमा पहिलो दायित्व पीडितले निभाउनु पर्छ । नेपाल प्रहरीले इन्टरपोल मार्फत ति ठग गिरोह लाई पक्राउ गर्न सक्छ । दिल्ली प्रहरीले ठगि गिरोहको पर्दा च्यात्न सक्छ । उनिहरुको हुलिया र इन्टरनेट आ.पि.पि. मार्फत् पनि दलाललाई पक्राउ गरेर सजाय दिलाउन सकिन्छ । यस्त ागिरोहलाई उन्मुक्ती दिने हो भने अझै संयौ नेपाली युवाहरु ठगिन सक्छन् राज्यले त्यस तर्फ सजकता अपनाउन जरुरी छ ।

पोखरामा डरलाग्दो हुण्डी गिरोह सक्रिय

यो ठगि प्रकरणमा हुण्डी कारोवारीको पनि सेटिङ मिलेको वुझिन आएको छ । ठग दलालले हुण्डी मार्फत मात्र पैसा पठाउन भनेकोले पनि दलाल र हुण्डी कारोवारीको संलग्नतालाई संकेत गरेको छ । पीडितले पोखराको सिर्जनाचोकको एक व्यक्ति मार्फत रकम पठाएका थिए । १६ लाख हुण्डी गर्दा ५० हजार रुपैया कमिशन लिएर रकम पठाइएको पिडित अभिभावकले वताए ।
हुण्डी कारोवारलाई अवैध मानिन्छ । हुण्डी कारोवारी कै कारण अपहरण, फिरौती, हप्ता असुली, सुन तस्करी, लागू औषधी ओसार पसार जस्ता गंभिर प्रकृतिका पराध हुदै आएकाछन् यसलाई रोक्न प्रहरीले गोप्य अनुसन्धान गर्नु जरुरी छ । कास्की प्रहरी प्रमुख ओम बहादुर रानाले हुण्डी कारोवार चुनौतीको विषय रहेको स्वीकार गरे। उनले यसलाई गोप्य अनुसन्धान गरि कानूनी दायरामा ल्याउने वताए। पोखराको वजारमा हुण्डी कारोवार खुल्लम खुल्ला भइरहँदा पनि प्रहरीले पक्राउ गर्न नसक्दा राज्यले लाखौं राजस्व गुमाइरहेको छ भने हुण्डी मार्फत वैदेशिक रोजगारीमा ठगि वढेको छ । हुण्डी कारोवार रोक्न सके पनि वैदेशिक रोजगारको ठगि धन्दा न्यूनिकरण हुन सक्छ यस तर्फ कास्की प्रहरीले सकृय छानविन गर्नु जरुरी छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: