संघियता, सामाजिक कार्य र हिमालय क्लब

सराङकोट न्यूज
6 August, 2018 3:52 am
Advertisements
Advertisements


श्री जीवनारायण श्रेष्ठ (जीवन)

समाज विकास र रुपान्तरणमा सामाजिक संघसंस्थाले खेलेको भूमिका उल्लेखनिय छ । पछिल्लो समय विभिन्न क्षेत्रमा खुलेका संस्थाहरुको लक्षित कार्यक्रम हेर्नेहो भने ति सवै समाज केन्द्रित छन, यसै परिवेशमा जन्म भएको एउटा ऐतिहासिक संस्था हो हिमालय क्लब ।
प्रदेश नं. ४ अन्र्तगत पोखरालेखनाथ महानगरपालिकाको वडा नं. १६, बाटुलेचौरमा २०५४ कार्तिक १२ गते कास्कीमा हिमालय युवा कल्बको नाममा दर्ताभई विभिन्न सामाजिक क्रियाकलाप सन्चालनगर्दै आईरहेकोमा २०६५ सालमा सम्पन्न साधारण सभाले अलि पाकापुराना व्यक्तिहरुकोपनि कार्य समितिमा उपस्थिती देखिनुपर्छ भन्ने अभिप्राय र निर्णयका साथ संस्थाको नामबाट युवा भन्ने शव्द हटाई हिमालय कल्बमात्र नामाकरण गरियो तत् पश्चात सातौँ अधिवेशनले पदमवहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयनगरी संस्थाले आफ्ना क्रियाकलाप निरन्तर सञ्चालन गर्दै आईरहेकोमा त्यसको दुई वर्ष पछी २०६७ सालमा आठौं अधिवेशनले ताराप्रसाद तिम्सिनाको अध्यक्षतामा संस्थाले पूनः नयाँ कार्यसमिति प्राप्त गरेको हो । संस्थाले आफ्नो उचाई वढाउँदै लगेको अनुभूति हामीलाई भएकोछ । २०६९ कार्तिक १८ गते सम्पन्न नवौं अधिवेशले जीवनारायण श्रेष्ठ (जीवनलाईं) संस्थाको अध्यक्ष चयन गरेकोहो (यसै अधिवेशनले समितिको कार्यकाल पनि ३ वर्षको रहने निर्णय गर्यो) पुराना कार्यक्रमलाईपनि निरन्तरता दिदै थपनयाँ सामाजिक कार्यक्रमका साथ निरन्तर लागिरह्यो । यसक्रममा हिमालय क्लव बाटुलेचौरमा मात्र सिमित रहने अवस्था थिएन, यसले तात्कालिन सभासद कुमार खड्काको सांसद विकासकोष मार्फत अर्मलाकोटमा अव्यवस्थित अवस्थामा रहेको शिद्धमन्दिरलाई करीव चौधलाख रुपैयाँको लगानीमा फलामको रेलि·राखि छपनी ढु·ा विच्छ्याई अर्मलाको मूलवाटोदेखि मन्दिरसम्म सहजरुपमा पुग्नसक्ने गरी पैदलबाटो निर्माण, मन्दिर नजिकरहेको पाटीलाई फराकिलो पार्नेकाम र खानेपानीको अभाव देखिएकोले सिमेन्टेड पानीटंकीको निर्माण समेत सम्पन्न गरियो, वहाँकै सहयोगमा संरक्षण आमासमुहको भवनमा पहिलो तलाथप गर्ने, मैदान आमा समुहको नयाँभवन निर्माण गर्ने, क्लबको माथितलामा ट्रस्ट निर्माणगरी पुस्तकालकोलागि हल निर्माण, कालिका वहुउद्धेश्यीय भवनको माथितला थप्नेकाम लगायत विभिन्न स्थानीय संघसंस्थाको पाटी तथा भवन निर्माणकोलागि रकम उपलव्ध गराउने कामसमेत हामीबाट सहजरुपमा हुनगयो । कल्ब स्थापना भएसंगसंगै यसका अन्य चुनौतिहरु त छँदैथिए परापूर्व कालदेखि चल्दैआएको ऐतिहासिक बाटुलेचौर तीजमेला सफलतापूर्वक सम्पन्न गर्नुपनि सम्पूर्ण बाटुलेचौर वासीहरुकोलागी चुनातिकै विषय थियो । स्वतस्फुर्तरुपमा चल्दैआएको तीजमेलालाई अलि व्यवस्थित गर्नकालागि कहिले स्थानीय वासिन्दा, कहिले विन्ध्यवासिनी मा.वि, कहिले वडा कार्यालय–१६ हुँदै पछिल्लो समयमा विगत २÷३ वर्षदेखि यस मेलालाई बाटुलेचौरस्थित वातावरणसंरक्षण क्लवले सन्चालन गर्दै आईरहेको थियो, सोहि समयमा आएर सो क्लबलेपनि २०५५ सालको तीजमेला सन्चालन गर्ननसक्ने जनाएपछी त्यो जिम्मेवारीपनि हिमालय क्लबले लिएकोथियो । तीजमेला सन्चालन गर्नुपर्ने चौरको अवस्थापनि साह्रै नाजुकथियो, एकातीर मैदानदेखी महेन्द्रगुफासम्मको बाटो पिचमर्मत गर्नेकार्य धमाधम चलिरहेको र अर्कोतीर बाटुलेचौर आउने नगरवस सोहिचौरमा पार्कि· गरेर वसपार्क जस्तै सन्चालन गर्नुपर्ने अवस्थाका कारण हिलाम्य भएको अवस्थामा परिणत भएको थियो , यस्तै प्रतिकुलताका कारणपनि सोवर्षको तीजमेला सम्पन्न गरेको जगजाहेरछ । सिमित स्रोत र साधनका कारण जटिल लाग्ने सो कार्यक्रम सम्पन्न गर्नकानिमित्त हिमालय क्लव र वातावरण क्लवका विचमा ३÷३ वर्षको पालोलगाएर तीजमेला सम्पन्न गर्ने सहमति भयो, एवं रितले ८÷१० वर्ष चल्दैपनि गयो । सिमित जनशक्ति, सिमिति स्रोत र साधनहरुका विच मेला सन्चालन गर्नु कुनै सहज विषय त थिएन, यस क्षेत्रका विभिन्न संघसंस्थाहरुसंग वसेर छलफल र अन्तरक्रिया गर्ने हिमालय क्लबको पुरानो त्चभलम हो । यसै शिलशिलामा २०७० को तीजमेला सन्चलनार्थ छलफलमा वोलाईएका संस्था प्रतिनिधीहरुमध्ये चण्डिकाटोलका एकजना प्रवुद्ध व्यक्तिले अलि कडै मिजासले के यो तीजमेला हिमालय क्लव र वातावरण क्लवले मात्र चलाउने भन्नेछ ? अव हामी चलाउँछौँ र निरन्तरता दिन्छौ भन्नुभयो प्रस्तुती जस्तोसुकै भएपनि हामीलाई खुशि लाग्यो अव सँधैकोलागि तीज सन्चालन गर्ने अर्को संस्था आयो भनेर, २०७० र २०७१ को तीज सदाकाझैं राम्रो तरिकाले सञ्चालनपनि भयो विगतका तिजमेलाहरुमा दर्शककारुपमा उपस्थित भएर स्थानीय वासिन्दाको हैसियतले कुनैपनि सहयोग नगर्ने १÷२ जना महानुभावहरुले तीज यस्तोपो हुनुपर्छ भन्नुभयो, हामीले भन्यौ हो सँधै यस्तै र यो भन्दापनि राम्रो हुनुपर्छ तर केगर्ने बिडम्वना वहाँहरुले २०७२ सालको तीजमेला गर्न नसक्ने र नगर्नेपो हुनुभएछ तीज आउन एक महिना वाकी रह्यो आफुले नसक्ने र नगर्ने भएपछी त २०७०÷०७१ मा तीज हाँक्नेहरुले एउटा संस्थालाई जसरीपनि जिम्मा लगाउनु पर्नेथियो तर त्योपनि हुनसकेनछ, आखिरमा मैदानटोल विकाससंस्था मार्फत सवैलाई पत्राचार गरी छलफलमा वोलाएपछी उपस्थित सवैले अव जसलेजति कुर्लेपनि अरुकसैले सँधैकालागी तीजमेला गर्न नसक्ने देखियो, बाटुलेचौरको अभिभावक तथा माउ संस्था भनेकै हिमालय क्लब हो यसलेनै ऐतिहासिक बाटुलेचौर तीजमेलाको विरासतलाई सँधैकालागि धान्नु पर्छ र अवआयन्दा कसैलेपनि हिमालय क्लबको पूर्व स्वीकृति विना बाटुलेचौरको तीजमेला सन्चालन गर्नपाउने छैन भनी हिमालय क्लबलाईनै पूर्णरुपमा जिम्मेवारी सुम्पियो, जतिवेला मनै क्लवको अध्यक्ष थिएँ, त्यसपछी निरन्तररुपमा भव्यताकासाथ ऐतिहासिक बाटुलेचौर तीजमेला सवैको साथ र सहयोगमा सम्पन्न भईरहेका छन् र यस्तोपो हुनुपर्छ तीजमेला भन्ने १÷२ जना महानुभावहरुपनि च्यापुमा हातराखि दाँतले ओठ टोक्दै घर, रुख र टेण्ट आदिको छेलपर्दै तीजको रमाईलो हेरीरहेको देख्छु, त्यसरी छेलपरेर हेर्नु पर्दैन खुलेर हेर्नुस र सक्नुहुन्छ भने आर्थिक संकलनमा सहयोग गर्नुस त्योपनि सक्नुहुन्न भने कम्तीमा व्यानर टाँस्न सहयोग गर्नुस र त्योपनि सक्नुहुन्न भने मेला तपाईहामी सवैको हो छेल परेर होईन मन्च अगाडी राखिएका कुर्चीमा वसेर अवलोकन, निरिक्षण गर्नुस गल्ती कमजोरी भए सुझावको रुपमा आयोजक संस्थालाई जानकारी गराउनोस् ।
यस भेकमा सामाजिक कामलगाएत खेलकुद, कृषि, संस्कृति संरक्षण कार्यमा क्लब निरन्तररुपमा अगाडी वढ्दैगयो, २०६९कार्तिक १८ गतेको नवौँ अधिवेशनले सुम्पेको ३ (तीन) वर्षे कार्यकाल सम्पन्न भएपछी २०७२ श्रावण ३० गते सम्पन्न १० औं अधिवेशनले पूनः मलाईनै दोस्रो कार्यकालकालागि अध्यक्षको जिम्मेवारी सुम्पियो सवैको साथ, सहयोगबाट मेरो दोस्रो कार्यकालपनि सफलतै सफलताका विच सम्पन्नभएको अनुभुति लिएकोछु, तरपनि यसविचमा तात्कालिन संविधानसभा सदस्य कुमार खड्काको अझवढी यस संस्थाप्रति योगदान रहेको मैलै महशुस गरेकोछु,।
शुभकामना, वधाई र आवश्यकता अनुसार सम्मान्का कार्यक्रम गर्नुपनि कल्बको संस्कार हो, क्लबको स्थापना कालदेखि हालसम्म शुभकामना, वधाइ र सम्मानका केहि कार्यक्रमहरुपनि भए पछील्लो समयमा स्थानीय निकायको निर्वाचनमा वडा नं. १६ बाट निर्वाचित प्रतिनिधीहरुलाई २०७४ जेष्ठ १३ गते हामीले क्लव परिवारकैतर्फबाट शुभकामना वधाई कार्यक्रम राख्यौँ कार्यक्रम सम्पन्न भयो तर १÷२ जना फेसवुकका खेलाडीहरुलाई कार्यक्रमबाट पिडा भएछकि क्यारे अनर्गल टिकाटिप्पणी गर्नुभयो, मैले त्यसको कुनै प्रत्युत्तर दिईन किनभने म आम्ने साम्ने भएर आफ्ना कुराराख्ने व्यक्ति हुँ अगाडी पर्न र भन्न डराएर फेसवुकको सहारा लिएर अर्काको अनर्गल प्रचारप्रसार गर्नेहरुलाई मेरो केहि भन्नुछैन, पूनः २०७४ मार्गमा प्रदेश र प्रतिनिधी सभाको निर्वाचन सम्पन्न भयो प्रत्यक्ष र समानुपातिक तर्फबाट विजय हासिल गर्ने उमेदवारहरुलाई क्लब परिवारकै तर्फबाट शुभकामना र वधाई कार्यक्रमको आयोजना गरियो, हामीलेत वधाई र शुभकामना कार्यक्रमलाई निरन्तरता दियौ, हामीले हाम्रो सँस्कार भुलेनौ खैत सवैलाई देखाएर कार्यक्रम गर्ने र गर्नुपर्छ भन्नेहरुले शुभकामना र वधाई कार्यक्रमलाई निरन्तरता दिएको, कहाँ गएत यतिवेला ति फेसवुकका खेलाडीहरु, यस्तै अविवेकी लेखाई र व्यवहारले होला फेसवुकका जन्मदाता ःबचप श्गअपभचदभचन लेपनि कहिलेकाँही किन मैले फेसवुकको आविस्कार गरेँहुँलासम्म भन्न परेको । हामीले यो दलको, त्यो दलको कहिल्यै भनेनौ सवैलाई समान व्यवहार गर्यौं हाम्रो संस्था राजनितीबाट सँधै तटस्थ छ भन्ने कुराको पुस्ट्याई क्लबका कार्यक्रमहरुबाटनै पनि थाहा लाग्छ,, राजनितीबाट तटस्थ रहि काम गर्दैजाँदा संस्थाको उचाई र साख वढ्दै गयो ६०÷७० जनामात्र आजीवन सदस्यहरु भएको ठाउँमा अहिले २९२ जना आजीवन सदस्य र तीनजना मानार्थ सदस्य रहनुभएकोछ, कहिकतैबाट हाम्रा मान्छेलाई मानार्थ सदस्य दिनपर्छकी भन्ने कुरापनि हामीथिम नआएका होइनन्, यस संस्थाको हितकालागि निस्थार्वरुपले काम गरेर देखाए संस्था आफैले खोजीखोजी मानार्थ सदस्य दिलाउँछ, कलबको यस्तै निस्वार्थ कार्यक्रमहरुबाट प्रभावित भएरहोला यादवराज देवकोटा र प्रदेशसभा सदस्य पुष्पा के.सी.ले क्लबको जिम्मेवारीमा सन्चालन गर्नेगरी आफ्ना वावुआमाको नाममा अक्षयकोषको स्थापना गर्नुभएको ।
यस्ता विविध गतिविधीहरुलाई निरन्तरतादिदै पोखराको सामाजिक अगुवा मध्येको एक हिमालय क्लब अगाडी वढिरहेकोछ । अहिले नयाँ कार्यसमिति आई सकेपछीपनि यसले क्लबको विरासतलाई जोगाउँदै थप सेवामुखी कार्यक्रम सन्चालन गर्ने योजनावनाई रहेकोछ, यो आफैमा सुखद हो । हिमालय क्लबमात्र नभई पोखराका अन्य अग्रणी संघसंस्थाले साँच्चिकै पोखराको सुन्दर पाटोलाई थप मनमोहक वनाएकोछ । पोखराको यो सुन्दरता भित्र हिमालय क्लबको सामाजिक र साँस्कृतिक सुन्दरताको विशेषता आफ्नै ठाउँमाछ । समाजको प्रयाय वनेका संघसंस्थाहरुको जिम्मेवारी संघियता पछी झनै वढेको महशुस हुनथालेकोछ । सवै संघसंस्थाहरु संघियताको मर्म अनुसार अगाडी वढुन शुभ–कामना ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: