भदौ १ वाट जुवाडे ठेगान लाग्दै

सराङकोट न्यूज
14 August, 2018 3:18 am
Advertisements
Advertisements

कास्की प्रहरीले जुवाडे पक्राउ अभियानलाई तिव्र वनाएको छ मुलुकी ऐनले जुवा खेल्ने खेलाउनेलाई फौजदारी अभियोगमा दर्जा गरेको छ । सामाजिक अपराधको रुपमा हेरिने जुवा मुद्दालाई अति नै कम सजायको व्यवस्था मुलुुकी ऐनले गरेको छ । जुवा ऐन जिल्ला अदालतमा चल्छ यसमा दुई सय रुपैया जरिवाना तिराउने कानूनी व्यवस्था छ ।
पछिल्लो समयमा कास्की प्रहरीले जुवाडे पक्राउ अभियानलाई तिव्र पारेको छ । शुक्रवार र शनिवारका दिनमा जुवाका खाल वढी चल्ने गरेको पाइएको छ। यस्ता खालहरुमा सामाजिक कार्यकर्ता, सरकारी कर्मचारी, राजनीतिक दलका कार्यकर्ताहरु समेत पक्राउ पर्ने गरेका छन् ।
ठूला वडाहरु पक्राउ परेपछि पक्राउ गर्ने प्रहरीहरुलाई नै समस्या पर्ने गरेको छ । प्रहरीलाई स्वतन्त्र ंढंगवाट काम गर्न नदिएपछि उनिहरुको मनोवल खस्कन थालेको छ । समातिएका हरु लाई मुद्दा दर्ता गर्न र उनिहरुका नाम सार्वजनिक गर्नवाट रोक्न विभिन्न दवाव र प्रभाव खेप्न पर्ने अवस्थाका कारण सामाजिक अपराध नियन्त्रणमा समस्या पर्ने देखिएको छ । अवका दिनमा प्रहरीले जुवाका खालहरुमा छापा जगत थापा सहित १२ जना रहेका छन् ।
साउन मसान्त भित्रै पक्राउ परि मुद्दा दायर गरिएका यि जुवाडेहरु केहि दिनको हिरासत वसाईपछि न्यून रकम जरिवाना तिरेर छुट्ने छन् । पक्राउ परेका मध्य कर्मचारी (इञ्जिनियर) समेत रहेकाले छिट्टै मुद्दा वुझाएर छुटाउने उत्तिकै वलियो संभावना रहेको प्रहरी स्रोतले दावी गरेको छ ।
पुरानो मुलकी ऐन वमोजिम जुवा मुद्दावाट संक्षिप्त दण्ड जरिवाना वाट उम्कने सौभाग्य यि १७ जनाले पाएका छन्। अवका ४ दिन पछि अर्थात् भाद्र १ गते देखि जुवा खेल्ने, खेलाउने, च्यांखे थाप्ने सवैले पहिलो पटक पक्राउ पर्दा नै कम्तीमा ३ महिना कैद र जरिवना तिर्नुपर्ने भएको छ । नयाँ मुलुकी फौज्दारी संहिता २०७४ र सो वमोजिम निर्मित कार्यविधि अनुसार अन्य कानूनमा कडाइ गरिए झै जुवा ऐनलाई पनि कडाई तुल्याइएको छ । जुवाडेलाई पटकेको आधारमा पहिलो पटकलाई ३ महिना कैद, दोस्रो पटकलाई ६ महिना र तेस्रो पटकलाई १ वर्ष कैद गर्ने कानुन वनेको छ । जुन २०७५ भाद्र १ गते वाट लागू हुनेछ।
मुलुकी ऐनलाई विस्थापित गर्न वनेको ऐनको कार्यान्वयनमा आएपछि जुवाडे मात्र हैन चिठ्ठा एने पनि कडा वनेको छ । सामाजिक अपराधमा न्यूनिकरण आउने अपेक्षा गरिएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: