दुर्गन्धित पोखरा बनाउनेहरुलाई खोजी खोजी कारवाही

सराङकोट न्यूज
21 August, 2018 3:32 am
Advertisements

जथाभावी फोहोर फाल्ने १८ पक्राउ

सुन्दरी नगरी पोखरालाई कुरुप वनाउनेहरुलाई महानगरपालिकाले खोजी खोजी कारवाही गर्न थालेको छ । सार्वजनिक स्थल, सडक र चोकहरुमा फोहोर फाल्नेहरुलाई पत्ता लगाएर कारवाही गरिएको फेहरिस्त सराङकोटलाई प्राप्त भएको छ ।
फोहोर फाल्नेहरु सुकिला मुकिला व्यक्ति, समाजसेवी, व्यापारी देखि सहकारी संस्थाहरु रहेका । समाजमा आदर्शका कुरा गरेर नथाक्ने, महानगरलाई सहर सफा राख्नुपर्छ भनेर अर्ति दिनेहरु समेत सुन्दर पोखरालाई डुङडुङ्ती गन्हाने पोखरा बनाउनेको सूचिमा परेका छन् ।
लेकसाइडमा डान्सरवार चलाउने रंगिला डान्स वार देखि हिमालयन दोर्जे रेष्टुरेन्ट न्यूरोड समतले आफ्नो व्यवसायवाट निस्केको फोहोर मैला सडकमा ल्याएर फाल्ने गरेको फेला पारेर महानगरले नगद दण्ड जरिवाना तिराएको छ । महानगर पालिकाले फोहोर मैला संकलन र व्यवस्थापन कार्यलाई सार्वजनिक निजि साझेदारी कार्यक्रम वमोजिम विभिन्न साझेदारी संस्थालाई जिम्मा दिएको छ । हाल २५ वटा वडामा यस्तो कार्यक्रम लागु गरिएको पोखरा महानगरपालिकाका सरसफाई शाखा प्रमुख कल्पना वरालले वताइन ।
हाल सार्वजनिक ठाउँमा फोहोर फालेको आरोपमा दण्डित भएकाहरु नियमित फोहोर उठाउने वडाका परेका छन् । यो हेपाहा प्रवृत्ति हो जसरी भएपनि पोखरा विगोर्नलाई कारवाही गरेरै छाड्ने कल्पना वरालले वताइन् । ज

नप्रतिनिधिहरुले दण्डित गर्न निर्देशन दिएपछि आफूहरुले त्यसलाई गंभिरतापूर्वक छानविन गरेर फोहोर फाल्नेलाई कारवाही गर्ने अभियाननै चलाएको वताएकी छिन् ।
हामीलाई प्राप्त कारवाही सूचि संक्षिप्त सूचि हो । अझै पनि पोखराका वजार क्षेत्र पृथ्वीचोक, जिरो किमी, नयाँ बजार वगर क्षेत्रमा राती राती फोहोर फाल्ने क्रम रोकिएको छैन । कुखुराका भुत्ला आन्द्रा मात्रै हैन मेडिकल जन्य फोहोरहरु पनि सामान्य फोहोरमै मिसाएर गाडीमा फाल्ने गरेको गुनासाहरु महानगर सम्म पुगेको छ तर कारवाहीको दायरामा ल्याउन सकेको छैन ।
पछिल्लो समय महानगर पालिका फोहोर मैला जथाभावी फाल्ने उपर कडा रुपमा प्रस्तुत भएपनि आवश्यकता अनुसार गाडी पुग्न नसकेका कारण फोहोर मैलाको समयमै व्यवस्थापनमा समस्या आइपरेको छ । महानगरले कारवाहीलाई भन्दा जनचेतना फैल्याउने गरि कार्यक्रम ल्याउनु पर्छ।
त्यसो त पोखरा महानगरपालिका ले फोहोरमैला व्यवस्थापन गर्ने कार्यलाई टेण्डरमा दिने निर्णय गरेको पनि वर्ष दिन हुन लाग्दा पनि निर्णय कार्यान्वयनमा ल्याउन सकेको छैन । अन्य साना तिना योजनाहरु कार्यान्वयनमा आए पनि फोहोरमैला र होर्डिङ वोर्ड टेण्डर प्रकृयावाट दिने र राजस्व वृद्धि गर्ने कार्य अगाडि वढ्न सकेको छैन । यस विषयको ढिलाईमा महानगर कार्यपालिकाका सचेतक शोभामोहन पौडेलले पनि असन्तुष्टि व्यक्त गरे । टेण्डरमा ढिलाई हुँदा महानगरले ठूलो घाटा व्यहोररहेको ले तत्काल टेण्डरमा गएर महानगर सभा र कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन गर्न ढिला भइसकेको वताए । प्रवक्ता धनवहादुर नेपालीसँग भइरहेको प्रगति वारे वुझ्दा टेण्डर प्रकृयाको लागि पेपर वर्क भएको वताए । कहिले हुन्छ टेण्डर भन्ने वारेमा खुलाउन चाहेनन् । उनले भने अव छिट्टै हुन्छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: