पोखरा उद्योग वाणिज्य संघको चुनाव

सराङकोट न्यूज
4 September, 2018 3:34 am
Advertisements
Advertisements

व्यापारीको कि राजनीतिक पार्टीको ?

असोजको पहिलो हप्ता पोखरा उद्योग वाणिज्य संघको ३२ औं अधिवेशन हुदैछ । व्यापारी, उद्योगीहरु राजनीतिको रङमा देखिन चाहान्न् । दलको चुनावमा पनि घरमै वोलाएर चन्दा दिन्छन्, सल्लाह दिन्छन् तर दलगत राजनीतिमा देखिन्न थिए तर पछिल्ला वर्षहरु उद्योग वाणिज्य संघको चुनाव राजनीतिक दलको चुनाव झै देखिन थालिएको छ । पार्टीको सदस्यको कित्तामा उभिएर प्यानललै घोषणा गरेर चुनावी मैदानमा उत्रिएका छन्।
पोखरा उद्योग वाणिज्य संघको निर्वाचनको माहोल तातेको छ। उम्मेद्वारी घोषणा भइसकेको छ । उम्मेद्वारी दलगत कित्तामा विभाजित भएको छ । नेकपा प्यानलको नेतृत्व दामु अधिकारीले गरेका छन् । उनको प्यानलमा उद्योग तर्फ उपाध्यक्षमा गिता तिवारी, वाणिज्य उपाध्यक्षमा देवकृष्ण काफ्ले, महासचिवमा किसान सुनार, कोषाध्याक्षमा प्रेम भुजेलको दावेदारी प्रस्तुत गरेका छन् ।
यता नेपाली कांग्रेसका तर्फबाट रविन्द्र व. प्रजुले प्यानल नेतृत्व गरेका छन् । उक्त प्यानलमा उद्योग तर्फको उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, वाणिज्य तर्फ उपाध्यक्षमा पवन प्रजापति, महासचिवमा अर्जुन पोखरेल रहेका छन् भने कोषाध्यक्षमा सुरेन्द्रमान विजुक्छेले उम्मेद्वारी दिएका छन् । यस्तै उप महासचिवमा कांग्रेसबाट चिनु गुरुङ र नेकपाबाट सिता वराल वीच प्रतिस्पर्धा हुने भएको छ । वरिष्ठ उपाध्यक्षमा नेकपा वाट यदुनाथ अधिकारी र नेकावाट नारायण कोइरालाको उम्मेद्वारी छ ।
२९ सदस्यीय रहने पोखरा उद्योग वाणिज्य संघमा १ जना निवर्तमान अध्यक्ष र ७ जना पदाधिकारी वाहेक अरु सदस्यहरु रहनेछन् । यो वर्ष अधिकांसले पार्टी प्यानलबाट चुनाव लड्ने तयारीमा छन् । अघिल्ला वर्षहरुमा उद्योग वाणिज्य स.घको चुनावमा देखिने व्यवसायीहरुको एकता खुइलिएको छ । प्रचार प्रसार तडक भडक हेर्दा लाग्छ यो चुनाव राजनीतिक दलको मिनी सांसदको चुनाव झै लाग्छ ।
वडा नम्वर ३ का वडा अध्यक्ष समेत रहेका रविन्द्र वहादुर प्रजु र अटो मोवाइल व्यवसायी दामु अधिकारी वीच तिव्र प्रतिस्पर्धा हुने देखिएको छ । वर्तमान वरिष्ठ उपाध्यक्ष रविन्सन र महासचिव दामु अधिकारी आफ्नो क्षेत्रमा लोकप्रिय छन् । व्यापारी, व्यवसायीको चुनाव व्यवसायिक हित भन्दा राजनीतिक गोटी वन्ने अवस्था देखिएको छ । यता उद्योग वाणिज्य संघमा दलगत राजजनीीत प्रवेश गरेकामा केहि अग्रज व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । उद्योगी, व्यापारी व्यवसायीहरुको पवित्र संस्था पोखरा उद्योग वाणिज्यको उम्मेद्वार छनोटमा दलगत राजनीतिले प्रत्यक्ष प्रवेश गरेको तर्फ संकेत गर्दै उद्योग वाणिज्य संघको निर्वाचन वहिस्कार गर्नु पर्ने लविङ सुरु भएको कुरा विभिन्न सामाजिक संचाजलहरुमा छरपस्ट भएका छन् ।
पोखरा उद्योग वाणिज्य संघका भूतपूर्व कोषाध्यक्ष दिलिप राज श्रेष्ठ उद्योग वाणिज्य संघमा दलगत राजनीति प्रवेश पाएकोमा वढि नै चिन्तित छन् । उनले सामाजिक सञ्जाल मार्फत् चिन्ता व्यक्त गर्दै निर्वाचनमा भाग लिन नसक्ने संकेत गरेका छन् । श्रेष्ठको विचारमा पुराना कतिपय अग्रज उद्योगी व्यवसायीहरुले साथ दिने वताएका छन् ।
त्यसो त नेपालमा पछिल्लो वर्षहरुमा हरेक सामाजिक संघ संस्थाहरु दलगत राजनीतिको दुस्चक्रवाट पीडित भएका छन् । स्वतन्त्र रहेर राष्ट्रसेवा गर्नुपर्ने सरकारी निकाय कर्मचारी संगठन, शिक्षक संगठन, पत्रकारका पेशागत संगठनहरु दलगत चंगुलमा मुछिएका छन् । राजनीतिक रुपमा प्रहरी र अदालत समेत अछुतो रहन नसकेको अवस्था छ । न्यायाधिश नियुक्त गर्दा समेत दलगत राजनीतिको संगठनमा काम गरेर सांसद भएका व्यक्तिहरु न्यायधिश वनेको तितो यथार्थ सवै सामु छर्लगै छ । यसवाट पनि वुझ्न सकिन्छ नेपालका सामाजिक संघ संस्थामा दलगत दवदवा कस्तो छ भन्ने तथ्य ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: