पद्म नर्सिङ होमको विवाद चुलियो

सराङकोट न्यूज
5 September, 2018 8:52 am
Advertisements
Advertisements

पोखराको न्यूरोडमा रहेको पद्म नर्सिङ होमको शेयर विवाद सतहमा उत्रिएको छ । पद्म नर्सिङ होमका प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलालाई उक्त पद्मबाट मुक्त गराइए पछि चुलिएको विवाद प्रशासन सम्म पुगेको छ ।
पोखरा उद्योग वाणिज्य संघको अधिवेशनमा कर्पोरेट सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेका वास्तोलाले आफ्नो उम्मेद्वारी तुहाउने कुनियतले षडयन्त्र गरेको आरोप लगाउँदै आफूले उम्मेद्वारी नदिने निस्कर्षमा पुगेको बताएका छन् । आफ्नो विरुद्धमा पद्म नर्सिङ होमका अल्पमत शेयर सदस्यहरु उजुर वाजुरामा उत्रिएपछि प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् । वास्तोला द्धारा हस्ताक्षरित विज्ञप्तीमा जनाइए अनुसार पद्म नर्सिङ होम र वुद्ध हस्पिटल मर्ज गरिए पछि उठेको लगानी विवाद र सञ्चालक समितिको हैसियतले उव्जाएको विषयमा स्पष्टिकरण दिएका छन् । कम्पनीको प्रबन्ध पत्र, नियमावली र कम्पनी रजिष्टारको कार्यालयमा कानून वमोजिम कायम रहेको शेयर अभिलेख वमोजिम आफूले दावी गरेको र त्यसमा आफ्नो दायित्व ६८.३३ प्रतिशत रहेको खुलाएका छन् ।
यता बाँकी शेयर सदस्यहरुले पद्म नर्सिङ होम प्रकरण छानविन गर्न कास्की प्रशासनमा उजुरी हालेका छन् । उनिहरुले नरेन्द्र वास्तोलाले प्राप्त अधिकारको दुरुपयोग गरेर कम्पनी हड्प्ने खेल खेलेको आरोप लगाएका छन् । यस प्रकरणमा कर विवाद समेत जोडिएको छ । केहि महिना अघि राजस्व कार्यालयले छापा मारेर खाता पाता तानेर छानविन गरि जरिवाना तिराउने निर्णय गरेको थियो ।
कास्की प्रशासनले पद्म नर्सिङ होमका संचालकहरुको निवेदन आएको र दुवै पक्षलाई राखेर विवाद छानविन गर्ने जनाएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: