पोखराका डोजर अध्यक्ष कानुन मान्दैनन्

सराङकोट न्यूज
11 September, 2018 10:36 am
Advertisements

कस्तो कारवाही गर्ला महानगरपालिकाले ?

पोखरा महानगरपालिका वार्ड नं. २१ को नाउडीबाट अवैध रुपमा प्रयोग भइरहेका डोजर (जेसीवी) वडा नं. २१ का वडा अध्यक्ष खगराज आचार्यले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । भाद्र २३ गते शनिबार कुस्तीवाट झर्दै गर्दा वडा अध्यक्ष आचार्यले स्थानिय टिकाराम सुवेदीले वाटो खन्दै गर्दा फेला पारेका थिए । डोजर चलाउने अनुमती छ भनेर सोध्दा वडा अध्यक्ष आचार्यले खप्की खाएका थिए । आफू वडा नं. १७ का वडा अध्यक्षको ज्वाई वताउने व्यक्तिले तुच्छ शव्द प्रयोग गरी धम्क्याएको घटनामा पुगेका प्रत्यक्षदर्शीले वताए ।
कुनै पनि ठाउँमा डोजर चलाउनु पूर्व महानगरपालिकाबाट अनुमती लिनु पर्छ । अनुमती लिदां डोजर लगाउने ठाउँको प्राविधिक जाँच गरी उचित भए प्रति रोपनी ५ हजार रुपैयाँका दरले राजस्व वुझाएर अनुमती पत्र लिएर मात्र डोजर ऐस्काभेटर जस्ता हेभी इक्वीपमेन्ट चलाउन पाइन्छ । अनुमती नै नलिई डोजर लगायतका हेभी इक्वीपमेन्ट चलाएमा पहिलो पटकलाई ५० हजार रुपैया जरिवाना तिराउने कानूनी व्यवस्था रहेको छ ।
तर यस प्रकरणमा कारवाही गर्ने महानगरपालिकाका वोर्ड सदस्यहरु स्वयम् कानून अवज्ञा गर्नेमा दर्ज भएकाछन् । पोखरा महानगर वार्ड नं. १७ का वडा अध्यक्षको ग १ क ३१६० नम्वरको जेसीवी डोजर महानगरपालिकाको अनुमती नै नलिई वार्ड नं. २१ को नाउडीमा व्यक्तिगत जग्गामा वाटो जोड्न र जग्गा सम्म्याउन पठाइएको छ । डोजर प्रयोग अनुमतीको लागि सिफारिस दिने सम्बन्धीत वडा अध्यक्ष समेतलाई जानकारी नदिई गैह्रकानुनी कार्य भएको छ। आफूलाई थाहै नदिई डोजर चलाएको वारे वुझ्न खोज्दा उल्टै धम्की खाएकाछन् वडा अध्यक्ष खगराज आचार्यले ।
अरुको वडामा अवैध उत्खनन् गर्न डोजर पठाउने वडा नं. १७ का अध्यक्ष तिर्थराज अधिकारीले आफ्नै वडाभित्र कति अनियमित गरे होलान् भन्ने खोजीको विषय वन्न पुगेको छ । वडा अध्यक्ष जसले कानून वनाउँछ, कार्यान्वयनमा सहभागी हुन्छ आज उहि व्यक्ति कानूनको खिलाफमा काम गर्न आफ्ना नातागोतालाई प्रयोग गर्छन् भने हामी कस्तो जनप्रतिनिधि खेपिरहेका छौ भन्ने प्रश्न उठाउनुपर्ने भएको छ ।
भाद्र २३ गते वडा अध्यक्षले चावी खोसेर काम रोकेको ग १ क ३१६० नम्वरको जेसीवी डोजर सोमवार छोरेपाटन चौकी ल्याइएको छ । वार्ड नं. २१ का वडा अध्यक्षले सोमवार गैह्रकानूनी ढंगले स्वीकृतिनै नलिई भू उत्खनन् गरिएको दावी गर्दै आवश्यक कारवाहीको माग गर्दै महानगरमा उजुरी दर्ता गराएका छन् । उजुरी राजस्व प्रशासन शाखामा पुगेको छ । अव जनता जान्न चाहान्छन् कारवाही कस्तो हुन्छ ? वडा नं. १७ र २१ का नागरिक मात्र हैन यो घटना थाहा पाउने आम नागरिक र सार्वजनिक सरोकारका विषयमा चासो राख्ने व्यक्ति हरु महानगरले गर्ने कारवाहीको नतिजा सुन्न चाहन्छन् ।
सर्वसाधारण नागरिकले यहि प्रकृतिको गल्ती गर्दा हुने सजाय र जनप्रतिनिधि सँग जोडिएको गल्तीमा हुने सजायको समिक्षा हुने वेला आएको छ । पोखरा महानगरपालिकाका प्रवक्ता डि.वि. नेपाली आम नागरिकलाई हुने कारवाही र ठूला वडालाई हुने कारवाही एउटै कानून वमोजिम हुने हुँदा दोषी पाइएमा जो कोही कारवाहीको भागिदार हुने वताउँछन्।
वडा नं. २१ को यो प्रकरण एउटा नमूना घटना हो । अधिकार प्राप्त व्यक्तिहरु वाट कहाँ कहाँ के के गल्ती भएका छन् सवै वडाको एक एक अनुसन्धान हुनु जरुरी छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: