सानिमा वैंकद्वारा विपन्न विद्यार्थी छात्रवृत्ति वितरण

सराङकोट न्यूज
11 September, 2018 10:51 am
Advertisements
Advertisements

सानिमा वैंक लिमिटेड वगर शाखाले दुई जना विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । सामुदायिक विद्यालयवाट एस.इ.इ. परीक्षा उत्तिर्ण गरि सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरु मध्य छात्रवृत्ति लाभग्राही छनोट गरिएको थियो । सोमवार सानिमा वैंकको वगर शाखामा वसेको छात्रवृत्ति छनोट समितिले लिएको अनतरवार्ता र स्थलगत अध्ययन अवलोकनको आधारमा ११ कक्षामा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति लाभग्राहीको रुपमा छनोट गरिएको छ ।
वैंकले अति विपन्न परिवारका छात्रछात्रा मध्य ११ कक्षामा दुई जना र १२ कक्षामा दुई जना गरि प्रत्येक शाखा मातहत ४ जना स्थानिय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । यहि निति वमोजिम २०७४ माघवाट स्थापित सानिमा वैंक वगर शाखाले कक्षा ११ छात्रवृत्ति योजना कार्यान्वयनमा ल्याएको सानिमा वैंकका क्षेत्रीय प्रवन्धक भावुक तण्डुकारले वताए। सामाजिक उत्तरदायित्वको भूमिका मध्य एउटा पाटोको रुपमा वैंकले नितिगत रुपमै देशभर यो योजना लागू गरेको वैंक स्रोतले वताएको छ । प्रति विद्यार्थी वार्षिक ५० हजार रुपैया वरावरको छात्रवृत्ति प्रदान गरिने छ । सामुदायिक विद्यालयवाट निरन्तर तीन वर्ष पढेका र सामुदायिक विद्यालयमै ११–१२ कक्षा पढ्नेहरुका लागि मात्र यो छात्रवृत्ति प्रदान गरिने सानिमा वैंक वगर शाखा प्रवन्धक वलराम केसीले वताए ।
छात्रवृत्ति लाभ ग्राही छनोटका लागि वैंकले सामाजिक जीवनका स्वतन्त्र व्यक्तिहरु सम्मिलित छनोट समिति वनाएको थियो । समितिमा जनप्रतिनिधि, प्राध्यापक, पत्रकार, सामाजिक, अगुवाहरु चयन गरिएको थियो । यस वर्षका लागि वगर शाखा मातहतवाट छात्रवृत्ति छनोट हुनेमा शान्ती मा.वि. जुम्लेटीका विशाल पौडेल र महेन्द्र मा.वि. लाहाचोक कि अम्मिका घर्ती क्षेत्री रहेका छन् । उनिहरुले भर्ना, मासिक शुल्क, किताव कपि स्टेशनरी र मासिक दुई हजार नगद वृत्ति सहित पचास हजार वार्षिक छात्रवृत्ति पाउनेछन्। सानिमा वैंक १४ वर्ष अघि विकास वैंकको रुपमा स्थापित भएको थियो । हाल क वर्गको वाणिज्य वैंकको रुपमा संचालित सानिमा वैंक गैह्र आवासिय नेपालीहरुद्धारा प्रवद्र्धित वैंक हो ।
हाल पोखरामा वगर, विरौटा, न्यूरोड र विरौटा गरि ४ शाखा संचालनमा रहेको क्षेत्रीय प्रवन्धक भावुक तण्डुकारले वताए ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: