हेम्जाका उद्योगी व्यवसायीले वचन दिएपछि प्रजू प्यानल थप उत्साहित

सराङकोट न्यूज
13 September, 2018 1:44 pm
Advertisements

पोखरा, २८ भदौ ।
आसन्न पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा उमेद्वारी दिएको रवीन्द्रबहादुर प्रजूको प्यानल मतदाता उद्योगी व्यवसायीसँग भेटघाटको लागि विहीबार हेम्जा पुग्यो । हेम्जाका मतदाताले यस प्यानललाई स्वागत गर्दै यसपालीको निर्वाचनमा हेम्जाको पूर्ण सहयोग र समर्थन हुने वचन दिएका वरिष्ठ उपाध्यक्ष पदका उमेद्वार नारायण कोइरालाले बताएका छन् ।
महानगरीय संरचनामा गैसकेको र अन्तरराष्ट्रियस्तरको शहर उन्मुख बन्दै गएको पोखराको प्रवद्र्धनको लागि पनि पोखरा उद्योग वाणिज्यस संघको महत्वपूर्ण भूमिका रहेको हुँदा यस संघको नेतृत्वमा अनुभवी र सक्षम व्यक्ति आउनुपर्ने माग हेम्जाका उद्योगी व्यवसायीको रहेको छ ।
पछिल्लो समयमा पोखरा उद्योग वाणिज्य संघको छवि माथि नै आँच आउनेखालका हल्ला आउन थालेकोले त्यसलाई जोगाउन पनि सक्षम नेतृत्व खाँचो रहेको मतदाताहरुले बताएबा छन् । भेटघाटको क्रममा मतदाताहरुले प्रजू प्यानलको तर्फबाट उमेद्वारी दिएका अध्यक्ष रवीन्द्रबहादुर प्रजू सहित पदाधिकारी र सदस्यहरुलाई पोखरा उद्योग वाणिज्य संघको ऐतिहाँसिक गरिमा कायम राख्दै आगामी दिनमा समग्र पोखराको आर्थिक विकासमा लाग्न सक्ने की नसक्ने भन्दै प्रश्न गरेका थिए । यस समूहले सामूहिक रुपमा नै पोखराको उद्योग व्यवसायको विकासको साथै उद्योगी व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाएको उद्योग तर्फबाट उपाध्यक्ष पदकी उमेद्वार विन्दु कोइरालाले जानकारी दिइन् ।
पोखरा उद्योग वाणिज्य संघलाई व्यवसायी मैत्री र समावेशी बनाउन पनि व्यवसायीहरुले माग गरेका छन् । कुनै समूह तथा वर्गको मात्रै बाहुल्य हुनेगरी संघको नेतृत्व लिने प्र्रयत्न भएको मतदाता उद्योगी व्यवसायीहरुले गुनासो गरेका छन् । भेटघाटको अवसरमा आफ्नो सम्ूह पूर्ण समावेशी भएको र आगामी दिनमा पनि पोखरा उद्योग वाणिज्य संघलाई व्यवसायी मैत्री र समावेशी बनाउने प्रतिवद्धता व्यक्त गरिएको कोषाध्यक्ष पदका उमेद्वार सुरेन्द्रमान बिजुक्छेले बताएका छन् ।
प्रजू समूहले आजै पोखराको जिरो किलोमिटर, पस्र्याङ, विन्ध्यवासिनी लगायतका क्षेत्रमा घरदैलो गरी मतदातासँग भेटघाट गरेको छ । विहीबारको भेटघाटमा मतदाता साथीहरुबाट पाएको मायाँ र दिनुभएको सुझाबाट आफू र आफ्नो टिम थप उत्साहित भएको अध्यक्ष पदका उमेद्वार रवीन्द्रबहादुर प्रजूले बताए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: