पोखरा उद्योग वाणिज्य संघको निर्वाचन, उद्योगी व्यापारी भन्दा राजनिति हावी

सराङकोट न्यूज
19 September, 2018 3:23 am

पोखरा उद्योग वाणिज्य संघ यस क्षेत्रकै निजी क्षेत्रको जेठो संस्थाको रुपमा स्थापित छ । उद्योगी व्यावसायीहरुले खडा गरेर यँहा सम्म ल्याई पुु¥याएको यो संस्थामा पछिल्ला वर्षहरु उद्योगी व्यापारीहरुको भेषमा दलगत स्वार्थ पूर्ति गर्नेहरुको फूति फार्ति वढि देख्न सकिन्छ ।
विगत वर्षहरुमा उद्योग वाणिज्य संघको चुुनाव व्यापारीको नियन्त्रण र निर्देशनमा चल्ने गरेको थिए तर अव त्यो अवस्था रहेन भन्छन् पोखरा उद्योग वाणिज्य संघका पूर्व कोषाध्यक्ष दिलिपराज श्रेष्ठ। उद्योगी व्यावसायीहरु दलगत राजनितिवाट मुक्त रहनुपर्ने विषयमा वहस चलाउदै आएका श्रेष्ठ उद्योगी व्यापारीहरुको चुनावमा राजनितिक पाटीले उम्मेदवार चयन गरेर पठाउन थालेपछि स्वतन्त्र छाता संस्थाको अस्तित्व संकटमा पर्ने वताउँछन्।
पछिल्ला वर्षहरु पोखरा उद्योग वाणिज्य संघको अधिवेशन पार्टीको चुुनाव जस्तै वन्न पुगेको छ । उम्मेवाद्वार वन्न पार्टीले टिकट दिनुुपर्छ व्यवसायीले हैन ।
अधिवेशनको नेतृत्व देखि पुरै प्यानलका उम्मेदवार राजनितिक दल सम्वद्ध आस्थाका आधारमा हुने गरेका छन् । आफ्नोे पक्षको चुुनाव जिताउन पार्टीले प्रत्तक्ष अप्रतक्ष्य रुपमा रिमोट चलाउदै आएको पाइन्छ । पोखरा उद्योग वाणिज्य संघको आगामी असोज ५ र ६ गते हुन गइरहेको ३२ औ अधिवेशन पनि यहि तथ्यलाई उजागर गर्छ ।
नेपालको राजनीतिक परिदृश्य प्रतिविम्बित हुने गरी पोखरा उद्योग वाणिज्य संघको अधिवेशन हुदैछ । अध्यक्ष देखि सदस्य सम्मका पदमा नेकपा र नेका सम्वद्ध आास्थावान व्यक्तिहरुको प्यानल खडा गरिएको छ । जसमा प्रगतीशिलको तर्फवाट दामु अधिकारी र प्रजातान्त्रिकको तर्फवाट रविन्द्र वहादुर प्रजुको प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।
कतिपय व्यवसायीहरु उद्योग व्यापारीको सस्थाको नेतृत्व चयनमा दलगत दवदवा मन पराएका छैनन् । झण्डै साढे तीनहजार मतदाता रहेको संघमा डेढ दुई सय वढीले मत वहिस्कार गर्ने संकेत देखाएका छन् पूर्व कोषाध्यक्ष जस्तै धेरैलाई यो हस्तक्षेप मन परेको छैन । जानकी एग्रो प्रोडक्टका अध्यक्ष दिपक तिमल्सिना भन्छन् –“उद्योग वाणिज्य संघको नाम अनुुसार काम नै भएन ।” अति राजनीतिले संघलाई धरासायी वनाउन सक्ने खतरा रहेको तिमल्सिनाले औल्याए ।
पार्टीले नै व्यापारीहरुलाई संगठन वनाएर सदस्यता अभियान चलाएपछि पोखरा उधोग वाणिज्य संघ दलगत राजनितिवाट अछुतो रहन सकेन । निति थिति भन्दापनि कार्यकर्ता मुखि राजनीतिवाट पिल्सिदै गएको उद्योग वाणिज्य संघ अव काग्रेस, कम्यूनिस्ट संघ मध्य कसको पोल्टामा जाने भन्ने जोड घटाउ सुरु भएकोछ । दुुवै तिव्र प्रतिस्पर्धा आंकलन गरिएको यो चुनावमा लोकतान्त्रिक खेमा तर्फ केहि सय मत वढी रहेका दावंी प्रजु प्यानलले गरेको छ.भने सत्ताधारी दल पक्षका दामृु प्यानल जसरी पनि चुनाव जितेर नाक जोगाउने तर्फ सघर्षरत देखिन्छन् ।
केहि दिन अगाडी सम्पन्न निर्माण व्यावसायी संघको चुनावमा १३ पदमा लोकतान्त्रिक खेमाले अध्यक्ष सहित सात पद वहुुमत ल्याएपछि हच्किएका वामपन्थी समूह उद्योग वाणिज्य संघको ३२ औ अधिवेशन आफ्नो पोल्टामा पारेर साटो फेर्ने पक्षमा देखिन्छन् ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: