प्रि–लञ्चिङ भएको वि.एण्ड वि. अपार्टमेन्ट अलपत्र

सराङकोट न्यूज
5 October, 2018 4:14 am

विवाद आएपछि पैसा फिर्ता दिँए – विमल वस्याल

विवादित भौतिक संरचना निर्माणमा पटक पटक चर्चामा रहने पोखरा फेरी अर्को चर्चामा आएको छ । कहिले फेवातालको मापदण्ड मिचेर घर वनाएर चर्चामा आएको छ त कहिले आकासको मापदण्ड हडपेर र कहिले सडकको मापदण्ड मिचेर कानून माथि गंभिर प्रहार गर्दै आएको मा विवादित वनेको छ पोखरा ।
जनप्रतिनिधि नभएका वेला धेरैले आरोप लगाएर कर्मचारी तन्त्रको स्वेच्छाचारीता भन्दै उछितो काटेको थिए । जनप्रतिनिधि आए पछि अनियमितता रोकिने धेरै अपेक्षा गरिएको थियो तर भैदियो ठिक उल्टो । जनप्रतिनिधिमा झन् वढि अराजकता देखियो दुरगामी प्रभाव पार्ने खालका अनियमित कार्यले खुल्लम् खुल्ला प्रश्रय पाइरहे । सिंह दरवारको अधिकार वडा वडामा भनेर प्रचार गर्दै चुनाव गरेर निर्वाचित भएपनि व्यवहारमा सिंहदरवार र वालुवाटारको भ्रष्टाचार चाही वडा वडामा भित्रिएको अनुभू ित गर्न जनता वाध्य पारिएका छन् ।
विधि र प्रकृया नै मिचेर मनोमानी गर्न ठूला वढाहरुले स्थानिय तथा प्रदेश सरकारको शक्ति दुरुपयोग गर्दै आएका फेहरिस्त तयार भइरहेका छन् । यस्तै नयाँ प्रकरण पोखराका फेवाताल सेदीमा सुरु भएको छ । वि.एण्ड वि. ग्रुपले वृहत अर्पाटमेन्ट योजना निर्माण कार्य अगाडि वढाएको छ। अति महत्वाकांक्षी मानिएको १८ तले अपार्टमेन्ट निर्माणको लागि जग्गा सभ्याउने कार्य सुरु गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङलाई रिझाएर फ्रि लञ्चिङ कार्य सम्पन्न गरिसकेको कम्पनीले निर्माण कार्य सुरु गरिरहेपनि स्थानिय सरकार पोखरा महानगर पालिकाले यस वारेमा कुनै स्वीकृति प्रदान नगरेको जनाएको छ ।
महानगरका मेयर मान वहादुर जि.सी. वि.एण्ड वि.ले निर्माण गर्न खोजेको अपार्टमेन्टको वारेमा महानगरलाई औपचारिक जानकारी नरहेको वताउँछन् । मेयर जि.सी भन्छन् –“कानूनमै व्यवस्था नभएको कुरा हामीले स्वीकृति दिन्नौं” यता अपार्टमेन्ट कम्पनीका मालिक विमल वस्याल मुख्यमन्त्रीले टाउको हल्लाएर हरियो वत्ती देखाएपछि स्थानिय सरकारलाई वेवास्ता गर्दै अगाडि वढेका छन् ।
घर नक्सा स्वीकृति दिने निकाय हो महानगर पालिका । महानगर पालिकालाई वाइपास गर्न कम्पनी मालिकले मुख्य मन्त्री र केही पत्रकारलाई ककटेल पार्टी दिएर अघि वढेका छन् । विधि र प्रकृयालाई पछ्याउने हरु नै पर्यटनको औचित्य पुष्टि गर्न वकालत गरिरहेको दृश्यले व्यंग मात्र गरेको हैन अराजकतालाई जोड वल पु¥याइरहेको अनुभूति दिलाएको छ ।
नीति नै फेरियो
भिमकाय अपार्टमेन्ट निर्माणको लागि सहज हुने गरि पोखरा महानगरले नीतिगत परिवर्तन गरिदिएको छ । वि.एण्ड वि. अपार्टमेन्ट जस्ता ठूला र गगन चुम्वी अपार्टमेन्ट बनाउन कानूनी सहजता दिन जग्गाको क्षेत्रफल वमोजिम उचाई तल वढाउने अनुमती दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कमजोर भू वनोट रहेको पोखरामा १८ तला भवन निर्माण गर्न महानगरको पछिल्लो प्रयासले टेवा दिए पनि त्यसको नतिजा र सम्भाव्य खतरा वारे मौनता व्यक्त गरिनु उत्तिकै चिन्ताजनक विषय रहेका जानकारहरु वताउँछन् ।
फेवातालको जलाधार क्षेत्रमा निर्माण हुने सामुदायिक आवास भवनको जग्गा र भवनको वारेमा स्थानिय हरुले संगठित रुपमै विरोध जनाएका छन् । दिर्घकालिन सुरक्षा र सम्भावित दुर्घटना तर्फ सचेत रहन उनिहरुले आवाज उठाइरहेका छन् तर पनि दवाव र प्रभाव लादेर स्थानियको आवाज दवाउने प्रयास गरिएको गुनासो कतिपयले गरेका छन् । कानून निर्माण भएको छैन, स्थानियको माग सम्वोधन हुन सकेको छैन, तर पनि वि.एण्ड वि. अपार्टमेन्ट कम्पनीले अपार्टमेन्ट निर्माणको योजना सार्वजनिक गरिसकेको छ ।
के भन्छन् योजनाकार वस्याल?
वि.एण्ड वि. अपार्टमेन्ट कम्पनीका डिजाइनर विमल वस्याल आफूले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकीय केन्द्रको हव वनाउने योजना अनुसार कम्युन स्टायल सेभेन स्टार अपार्टमेन्ट वनाउन खोज्दा चौतर्फी घेरावन्दीमा परेको गुनासो गरे । स्थानिय वासिन्दाको नाममा विभिन्न व्यक्तिहरुले १० प्रतिशत सम्म शेयर कमिशन माग गरेको देखि पत्रकारहरुले समेत वार्गेनिङ गरेर हैरानी र निरुत्साही वनाएको खुलासा गरेका छन् । सहकारी अवधारणमा १० हजार देखि शेयर राख्ने सुविधा दिएर गरिव र धनी सवैको साझा घर वनाउने मेरो योजनावाट अन्तर्राष्ट्रिय क्षेत्रका व्यक्ति व्यक्तित्व प्रभावित भएको पनि उनले वताए । आफूले योजना सुरु गरि नसकेको तर आयोजनाको रेखाचित्र र कन्सेप्ट सार्वजनिक मात्र गरेर जनमानसको नारी छामेको वताएकाछन् । आफूले सकारात्मक योजना ल्याएपनि सर्वत्र विरोध र नकारात्मक आलोचना आएपछि लगानीकर्ताको रकम फिर्ता दिएको विमलले वताए । राज्यको निति र निर्णयको प्रतिक्षामा रहेका विमले भने “जस्तो निर्णय आउँछ त्यस्ते गर्छु ।”

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: