अफिस बाहिरै बसेर बनाइयो फर्जि रमाना

सराङकोट न्यूज
9 October, 2018 8:36 am

फर्जी रमाना प्रकरणमा संलग्नलाई कारवाही होला ?

महिला तथा वालवालिका कार्यालय लमजुङमा कार्यरत महिला विकास निरिक्षक देवी शर्मा सामान्य प्रशासन मन्त्रालयको मिति २०७४/११/३ गतेको पत्रले सामाजिक विकास मन्त्रालयमा काज खटाइन् । साविक कार्यालयवाट तलव भत्ता खाने गरी काज सरुवा भएकी देवी शर्मालाई हाल कार्यरत अड्डा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशवाटै तलव भत्ता खान मिल्ने गरी व्यक्तिगत विवरण सहित रमाना लिन मन लाग्यो ।
म.वि.नि. देवी शर्मा ले रमाना लिन पाउनु उनको अधिकारको विषय थियो तर उनले लिएको रमाना कति प्रकृया संगत छ भन्ने कुरालाई सराङकोटले चिरफार गर्ने जमर्को गरेको छ ।
रमना लिन चाहाने कर्मचारी स्वयम् सम्वन्धित कार्यालयमा उपस्थित भई तत् कार्यालयको हर हसिाव वरबुझारथ गर्नु पर्ने हुन्छ । तर साविक महिला तथा वालवालिका कार्यालय लम्जुङमा कार्यरत म.वि.नि. देवी शर्माको रमाना कार्यालय भन्दा वाहिर तयार पारिएको खुल्न आएको छ। देवी शर्माले लिएको रमानाको मिति र चलानी नम्वर पूर्णतया फर्जि रहेको छ । रमाना दिने कार्यालयको वास्तविक अभिलेखमा उलने लिएको रमानाको मिति र चलानी नम्वर दुवै किर्ते रहेको खुल्न आएको छ । कर्मचारी संकेत नम्वर १९९१४६ रहेकी देवी शर्मालाई दिइएको रमाना २०७५ साल वैशाख १ गते राष्ट्रिय स्तरको सार्वजनिक विदाको दिनको मिति उल्लेख गरिएको छ । त्यति मात्र हैन उक्त रमानामा चढाइएको च.न. ३८२ पनि फर्जिरहेको पुष्टि भएको छ ।
सार्वजनिक विदाको दिनको मिति राखेर फर्जि च.नं. राखिएको पत्रमा हस्ताक्षर गर्ने व्यक्ति समेत अनाधिकृत रहेको हामीलाई प्राप्त कागज पत्रवाट स्पष्ट खुल्न आएको छ । कानूनत कार्यालय प्रमुखले रमाना पत्रमा हस्ताक्षर गर्नुपर्ने स्पष्ट हुँदा हुदै पनि त्यो प्रकृयालाई पनि ठाडो चुनौती दिदै अधिकारप्राप्त नभएका कर्मचारीवाट हस्ताक्षर गरी रमाना पत्र बनाइएको छ । पत्रमा कार्यालयको छाप समेत छैन ।
कार्यालयकी निमित्त प्रमुख सितादेवी गैह्रे उक्त अवधिमा आफू कार्यालयमै वहाल रहेको वताउँछिन् । आफू नि. प्रमुखको रुपमा वहाल रहेको अवधिमा देवी शर्माको रमाना पत्र वनेर गएको वारे आफूले सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराले भाद्रमा पत्राचार गरेर सोधे पछि मात्र थाहा पाएको वताइन् ।
मन्त्रालयले म.वि.नि. देवी शर्माको रमाना सम्बन्धमा लेखिएको च.नं. ३८२ मिति २०७५÷१÷१ मा कुन पत्र चलानी भएको छ , सो पत्रमा दस्तखत गर्ने कर्मचारी सो दिनको अधिकार प्राप्त व्यक्ति हो होइन ? २०७५ सालको नयाँ वर्षको सार्वजनिक विदाको दिन छाप समेत नलगाई पत्र पठाउनु पर्ने अवस्था समेत खुलाई पठइदिन भन्दै तत्कालिन महिला तथा वालवालिका कार्याल्य लमजुङका नाममा पत्राचार गरेको थियो ।
देवी शर्मा कार्यरत सामाजिक विकास मन्त्रालय पोखरा वाटै पत्राचार भएपछि महिला तथा वालवालिका कार्याल लमजुङकी तत्कालिन निमित्त प्रमुख सिता देवी गैह्रेले उक्त कार्याल्यमा चलानी नम्वर ३ सय वढी नभएको वैशाख १ गते कुनै पत्र चालनी नभएको र उक्त मितिमा सो कार्याल्यको अख्तियार प्राप्त व्यक्तिको रुपमा निमित्त प्रमुख आफू रहेको र अन्य कुनै कर्मचारी लाई निमित्त नदिएको व्यहोरा खुलाई जिल्ला समन्वय समितिलाई लिखित जानकारी गराएीक छिन् । जिल्ला समन्वय समिति लमजुङले पनि च.न.ं. १३४ मिति २०७५ असोज ७ गते सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशलाई खुलाई पठाएको छ।
कस कसले गरे फर्जि काम ?
सिता देवी गैह्र निमित्त प्रमुख वहाल रहेकै अवस्थामा सोही कार्यालयकी स.ले.पा शारदा न्यौपानेले देवी शर्माको रमाना पत्रमा निमित्त महिला विकास अधिकृतको रुपमा दस्तखत गरेको पाइएको छ। वैशाख ४ गते सम्म हाजिर रहेकी मा.वि. अ. सिता देवी गैह्र वहाल हुँदा हुदै शारदा न्यौपाने कसरी निमित्त वन्न सकिन। एउटै कार्यालयमा दुई जना प्रमुख रहने व्यवस्था नेपालको कानूनमा देखिदैन यद्दपि शारदा न्यौपानेले नपाएको पगरी पाएको भन्दै सरकारी कागज पत्र तयार पारेर दस्तखत गर्ने घृष्ठता गरेकी छिन् ।
यस फर्जि रमाना प्रकरणमा म.वि.नि. देवी शर्मा र स.ले.पा. शारदा न्यौपानेको मिलेमतो स्पष्ट हुन आएको छ । कार्यालयको सरकारी छाप नलगाइएको चलानी नम्वर र मिति समेत मनगढन्ते राखी स.ले.पा.शारदा न्यौपानेले दस्तखत गरेको रमाना पत्र वेजिल्लामा वसेर तयार गरिएको आशंखा उव्जिएको छ। अनाधिकृत व्यक्तिले आफूलाई स्वघोषित निमित्त प्रमुख वनाउने कर्मचारी शारदा न्यौपाने र देवी शर्माको यस कार्यशैली उपर छानविन गरिनुपर्ने आवाज आम जनमानसमा उठेको छ ।
रिथि, थिति र प्रकृया समेत पुरा नगरी आएको रमाना पत्र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले आँखा चिम्लेर दर्ता गराएको रहेछ । मन्त्रालयका उपसचिव तेज प्रसाद काफ्ले १–२५ गते क.प्र.शाखालाई रमाना दर्ता गर्ने निर्देशन दिएका छन्। फर्जि रमाना पत्र किन आँखा चिम्लेर दर्ता गर्नुभएको भन्ने हाम्रो जिज्ञाशामा काफ्लेले भने कर्मचारीको विश्वासमा परेर दर्ता गरियो । यस वारेमा छानविन गरिने पनि उप सचिव काफ्ले वताए ।
आख्तियारले पनि यो प्रकरणलाई छानविन गरिरहेको वुझिएको छ । कार्यालयमा उक्त फर्जि रमाना प्रकरण छानविनका लागि उजुरी परेको र छानविनका प्रकृया अगाडि वढाइएको अख्तियार स्रोतले वतायो ।
देवी शर्मा र शारदा न्यौपानेले किन फर्जि काम गरे ? के थियो मक्सद ? कहाँ गएर गरियो सरकारी फर्जि काम ? जननिर्वाचित सरकारका मन्त्री नरदेवी पुनले समेत अनियमित गर्ने कर्मचारीलाई संरक्षण गरेको बुझिन् आएको छ आखिर किन ? यि र यस्ता प्रश्नहरुको जवाफको वारेमा हामी निरन्तर फलो–अपमा छौं ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: