किस्टका कमल ज्ञवाली प्रहरी फन्दामा, कैलाशका खनाल कहिले पक्राउ पर्लान् ?

सराङकोट न्यूज
9 October, 2018 8:42 am
Advertisements

किस्ट वैंकका कार्यकारी अधिकृत कमल ज्ञवाली पक्राउ परेका छन् । ज्ञवालीले किस्ट वैंकका सिइओ हुँदा वैंक घोटाला प्रकरणमा सजाय पाएका थिए । फरार रहेका उनलाई पश्चिम नेपालवाट पक्राउ गरेर जेल हालेको छ ।
यस्तै पोखराको कैलाश विकास वैंक लामाचौर शाखा प्रवन्धक रविचन्द्र खनाल करोडौ रुपैया अपचलन (ठगि) गरेर फरार भएको डेढ वर्ष वितिसक्दा पनि नेपाल प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । २०७३ चैत्र मसान्त पछि फरार भएका तत्कालिन शाखा प्रवन्धक खनाल अमेरिकामा वस्दै आएको वुझिएको छ ।
यस अघि नेपालमा रहँदा लायन्स क्लप मार्फत् सन् २०१५ मा अमेरिका जाने मल्टीपल भिषा लगाएका खनाल अमेरिका पुगेर फर्केका थिए । सन् २०१५ मा अमेरिका गएर फर्केका खनालले नेपाल फर्के पछि योजना वद्ध ढंगवाट सेटिङ मिलाएर वैंक ठग्ने योजना वनाएको वुझिन् आएको छ । आफन्तहरु अमेरिकामा रहेका रविचन्द्र खनालले कैलाज विकाश वैंकवाट झण्डै ३० करोड वढी रकम ठगि गरेको वताइएको छ जसमध्य वैंक सिस्टम भित्र रहेको रकम ठगि गरेको ४ करोड वढि रकम खनालको श्रीमती र परिवारले तिरेका थिए । त्यसवाहेक वैंकमा जम्मा गर्न भन्दै लिएको रकम र मिटर व्याज चलाउन लिएको गरी २५ करोड वढि रकम ठगि गरी फरार रहेका खनालले अमेरिका पुगेपछि खुल्ला पत्र लेखेर आफूल्े पैसा लिएको र दिएको रकम वारे खुलासा गरेका थिए ।
जनता मारेर विदेश भासिएका ठंगलाई पासपोर्ट रद्द गरी नेपाल झिकाउन सिआइवीका तत्कालिन इञ्चार्ज पुस्कर कार्कीले घोषणा गरेका थिए तर पनि डेढ वर्ष सम्म प्रहरीले खनाललाई पक्राउ गर्न सकेका छैन । सि.आइ.वी को अनुसन्धान टोली पोखरा आएर थालेको अनुसन्धान अन्नत कास्की प्रहरीलाई सुम्पिएर काठमाडौं फर्केको थियो ।
सेलाएको अनुसन्धान वारे कास्की प्रहरीको ध्यानाकर्षण गराउँदा एस.पि. ओम वहादुर राना अनुसन्धान व्यूंउताउन सकिने तर्क गर्छन् । उनले भने पीडित पक्षले ताकेता नगरेका कारण ढिलाई हुन गए पनि अपराधी कानूनी दायरामा ल्याउन इन्टरपोल मार्फत् सफल हुने एस.पि. रानाले दावी गरे ।
कास्की प्रहरी प्रमुखले कैलाश विकास वैंक ठगि प्रकरण छानविन गर्ने तदारुक्ता देखाएका छन् । नेपाल प्रहरीले चाहेको खण्डमा संगठित अपराध गरेर विदेश भासिएका लाई केही हप्तामै नेपाल झिकाउन सक्छन् । हेरौं करोडौं रकम ठगि गर्ने रविचन्दै खनाल कहिले पक्राउ पर्छन् ?

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: