रक्सीमय पोखरा रंगशाला

सराङकोट न्यूज
30 October, 2018 1:56 pm
Advertisements
Advertisements

धुम्रपान मद्यपान स्वास्थ्यको सत्रु हुन् यसको सेवन गर्नु स्वास्थ्यको लागि हानिकारक छ । खेलकूद स्वास्थ्य जीवनको पर्याय मानिन्छ । स्कूल, कलेज, खेल मैदान आसपासमा धुम्रपान मद्यपानको विक्री वितरण, सेवन, प्रचार प्रसार गर्न निषेध गरिएको छ तर विडम्वना पोखराको रंगशालामा भइरहेको पोखरा प्रिमियर लिगका आयोजकले रक्सी र वियरको विज्ञापन वोर्डको व्यापक प्रचार प्रसार गरिएको छ ।
खेल क्षेत्रमा मद्यपान, धुम्रपान जस्ता स्वास्थ्यका प्रतिकूल वस्तुको विज्ञापन गर्नुलाई किमार्थ राम्रो मान्न सकिन्न । यतिखेर पोखरा रंगशालामा मादकजन्य पद्धार्थको विज्ञापन गरिएको विषयले सर्वत्र आलोचना पाइरहेको छ । तर नियमनकारी नियकाले मौनता साँधेर वसेको देखिन्छ । प्रायोजन गर्दैमा मानव जीवनका अहितकारी वस्तुको प्रचार प्रसार गर्दा त्यसले दिने सन्देश नकारात्मक रहन्छ । पोखरामा प्रिमियर लिग हुनु गर्वको विषय हो त्यसो भन्दैमा जस्तोसुकै वस्तुको विज्ञापन गर्ने छुट दिनु राम्रो नहुने जानकारहरु वताउँछन् । यसमा खेल आयोजक देखि खेलाडी, नागरिक अगुवा सवैले खवरदारी गर्नु जरुरी रहेको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: