प्रहरी महानिरिक्षक खनालद्वारा जिल्ला प्रहरी कार्यालय मुस्ताङको भवन उद्घाटन

सराङकोट न्यूज
6 November, 2018 4:48 am
Advertisements
Advertisements

हिमा पारीको जिल्ला मुस्ताङको जिल्ला प्रहरी कार्यालय भवनको नेपाल प्रहरीका आइ.जि.पि. सवेन्द्र खनालले गरेका छन् । सोमवार आइ.जि.पी. खनालले एक भव्य समारोहका वीच भवनको उद्घाटन गरेका हुन् । २२ कोठे उक्त भवन २०७२ साल चैत्र २२ गते तत्कालिन डि.एस.पि. हरिहर नाथ योगीले शिलान्यास गरेका थिए ।
२ करोड ८६ लाख ७४ हजार ५ सय ६१ रुपैयाको लागतमा निर्मित २२ कोठे प्रहरी कार्यालय भवनमा प्रहरी व्यारेक बाहेक सवै सुविधा रहेको छ । महिला, पुरुष, जेष्ठ नागरिक र वालवालिका राख्न सहितको ४ वटा हिरासत कक्ष नवनिर्मित भवनमा रहेको छ । थुनुवाहरुलाई शौचालय र स्नानकक्ष समेत हिरासत भित्रै रहेको छ । डि.एस.पि. को कमाण्डमा २८८ जना प्रहरी दरवन्दी रहेको मुस्ताङ भौगोलिक रुपमा विकट रहे पनि प्राकृतिक रुपमा आकर्ष गन्तव्य मानिन्छ ।
भवन उद्घाटनको क्रममा बोल्दै प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले जनमुखी सेवा प्रवाहका लागि स्थानिय तह सँग सहकार्य अनविार्य रहेको औल्याए । भवन उद्घाटनका क्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह वोहरा, मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री, जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्याम्हो गुरुङ, स्थानिय गाउँपालिका प्रमुखहरु लगायतको उपस्थिति रहेका जिप्रका मुस्ताङका सूचना अधिकारी प्र.नि. राजेन्द्र रेग्मीले वताए ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: