मुस्ताङ जाने बस २६ सिट कि ३६ सिट ?

सराङकोट न्यूज
30 November, 2018 3:06 am
Advertisements

हिमाल पारीको जिल्ला मुस्ताङ जाने वस कस्तो हुने भन्ने बारेमा राज्यका निकाय एकिन छैनन् । सडक निर्माणको चरणमा छ । कालिगण्डकीको तिरै तिर, भिरै भिर उकालो अनि मोड, कच्ची धुलो सडक वेनीवाट मुस्ताङको सदरमुकाम जोमसोम जाने सडकको वास्तविक हुलिया ।
यहि संवेदनसिल सडकमा चल्ने सवारी साधन कस्तो हुने भन्ने बारेमा राज्यका निकायले एकिन गर्नु पर्ने हो तर विपत्ति नआइकन वुद्धिको विर्को खोल्न नचाहानेहरुका कारण देश र जनताले ठूलो क्षति वेहोर्नु परेको तितो घटनाहरु घटिरहेका छन् । यस्तै प्रसंग वेनी मुस्ताङ सडक खण्डमा देखिएको छ । सडक सुरक्षाका पुष्टिले संवेदनसिल मानिएको वेनी जोमसोम सडक खण्डमा राज्यले तोकेको मापदण्ड भन्दा लामो र वढी यात्रु कोचेर जोमसोम वेनी आउ जाउ गर्ने गरेका छन् ।
जोमसोम सडकमा २६ सिट भन्दा वढी सिट भएका यात्रु वस चल्न नपाउने गरी मुस्ताङ, म्याग्दी र पर्वतका सिडियोको वैठकले निर्णय ग¥यो । तर उक्त निर्णयको उल्लंघन गर्दै ३६ सिट सम्मका यात्रुवसहरु जोखिम मोलेर जोमसोम आउने जाने गरेका छन् ।
खासगरी विभिन्न जिल्लावाट रिजर्भ आएको वसहरुले नियम उल्लंघन गर्ने गरेको पाइएको छ। तयस्ता वसहरुलाई यातायात कार्यालयबाट अस्थायी पटके दिने गरेका छन् । वढी पैसा पाए पछि पटके काट्ने कर्मचारीले अनियमित पटके परमिट प्रदान गर्ने गरेका छन् । यातायात व्यवस्था कार्यालय पोखराले पटके परमिट नदिए धौलागिरी यातायात कार्यालय वाग्लुृङबाट घुस खुवाएर पटके परमिट तिर्न गरेको फेला परेको छ । ग १ ख ६०६५ नं. म्वरको ३६ सिट अंकित वसले पोखराबाट पटके परमिट नपाएपछि वागलुङ यातायात कार्यालयबाट वेनी जोमसोमको पटके परमिट लिएर जोमसोम गएको छ ।
२६ सिट भन्दा वढी यात्रु वाहक वसजान नमिल्ने ठाउँमा १० सिट वढी यात्रु कोचेर जोमसोम सडकमा पटके परमिट दिने वागलुङ यातायात कार्यालयको कर्मचारीको गलत नियतले जोखिम बढाएको छ । चेकिङ र दर्ताको लागि ठाउँमा ठाउँमा वसेका प्रहरीले पनि अनियमिततालाई रोक्न नखोज्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नियम विपरित सवारी पहिचान गरेर कारवाही गर्न नसक्ने हो भने राज्यले राजमार्गमा किन प्रहरी पोष्ट राख्नु प¥यो ?

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: