करोडमा बेचियो हिन्दूको स्वभिमान

सराङकोट न्यूज
4 December, 2018 7:10 am

नेपालले एशिया प्यासिफिक समिट आयोजना गर्न सहयोग पु¥याए बापत प्रधानमन्त्री केपि शर्मा ओलीले १ लाख डलर सहितको विशेष सम्मान पाएका छन् । दक्षिण कोरियामा रहेको युनिभर्सल पिस फाउण्डेशन नामक एक क्रिश्चियन अर्गनाइजेसनको सञ्चालिका हक जा हानले आइतवार नेपालका प्रधानमन्त्री के.पी शर्मा ओलीलाई लिडर सिप अवार्ड प्रदान गरेकी थिइन् ।
पिस फाउण्डेशनको खोलमा गरीको एशिया प्यासिफिक समिट आफैमा विवादित कार्यक्रम हो । अन्य देशहरुमा यो समिट आयोजना गर्न आयोजकले प्रस्ताव गर्दा सर्वत्र अस्वीकृत भएपछि नेपाल सरकारको चित्त बुझाएर उक्त समिट नेपालको काठमाण्डौमा गरिएको हो । विश्वका ४५ देशका प्रतिनिधि समिलित उक्त सम्मेलनमा आएका कतिपय उच्च उधिकारीहरु समेत भ्रममा रहेको र सम्मेलनको वास्तविकता बुझेपछि उनिहरु कार्यक्रम नसकिदै स्वदेश फर्केका थिए ।
आइतवार आशिर्वाद समारोह गर्ने भनिएपछि कम्बोडिया हुन सेन, म्यानमारकी आङसङ सुकि, लगायतका राज्य प्रंमुखहरु विचमै कार्यक्रम छाडेर बाटो लागेका थिए। सहभागीहरुले कार्यक्रमको औचित्य र उपलब्धि धर्म प्रसार गर्ने देखिएको भन्दै विना प्रतिकृया हिडेका थिए ।
तर नेपालले भने अस्वभाविक ढंगले एसिया प्रशान्त सम्मेलनलाई महत्व दिएका थिए । एउटा क्रिश्चियन धर्मालम्वीको संस्थाले आयोजना गरेको कार्यक्रमलाई रास्ट्रिय गौरवको विषय वनाउने नेपाल सरकारको यो कार्यसैलीले नेपाल र नेपालीको हैसियतलाई ध्वस्त बनाएको छ । यो सम्मेलन अन्तराष्ट्रिय हैसियत राख्ने थियो भने नेपालमा भएको समिटमा दुई ठूला छिमेकी राष्ट्र चीन र भारतबाट किन सहभागिता जनाइएन भन्ने प्रश्न सर्वत्र उठेको छ ।
विश्वभर क्रिश्चियन धर्म प्रचारमा लागेर चरम विवादमा फसेको संस्था युनिभर्सल पिस फाउण्डेशनले नेपालका प्रधानमन्त्री के.पी ओलीलाई प्रदान गरेको एक लाख अमेरिकी डलर सहितको“लिडरसिप एण्ड गुड गभर्नेँस” पुरस्कारको कारण विवादको पारो Þह्वात्तै चढेको छ । भ्रस्टचारको श्रृंखलाबद्ध दलदलमा फसेको सरकारलाई दिएको यो पुरस्कार नभएर ३ करोड नेपालीहरुको आत्म सम्मानमा चोट पुर्याएको महशुस गरिएको छ ।
नेपाल जस्तो हिन्दुवहुल राज्यमा आएर विश्व क्रिश्चियन सम्मेलन गर्न पाउनु आयोजक युनिभर्सल पिस फाउण्डेशनको लागी ठूलो सफलताको विषय हो । नेपालमा यो अवसर प्राप्त भएको खुसियालीमा फाउण्डेशनले सरकारलाई टोकन मनीको रुपमा एक लाख डलर दिएका भन्दै आम नेपालिहरुले रुष्टता प्रकट गरेका छन् । समाजिक सञ्जालहरुका भित्ताहरु सरकारको कार्यसैली विरुद्ध खनिएको छ । स्वभिमानी सञ्चार मिडियाहरुले ओली सरकारको यो शैली र व्यवहार प्रति खरो विरोध गरेका छन् ।
नेपालको जनता ८० प्रतिशत वढि हिन्दु रहेका छन् तर पनि नेताहरु नेपाललाई हिन्दु राज्य घोषणा गर्न सक्दैनन् । यस्तै फाउण्डेशनका कथित पादरीहरुका जुठो पुरो खाएर चुकेकाहरुबाट कृश्चियनहरुका गुन तिर्न नेपाललाई धर्म निरपेक्ष रास्ट्र लेखाउन जोर जुलुमले लागेको बुझन सकिन्छ ।
सरकारले एउटा गैह्रसरकारी संस्थालाई राजकीय सम्मान दिएका कुरा स्वयम् सत्तारुढ दलका नेताहरुलाई चित्त बुझेको छैन उनिहरु स्वयम् आÇनै दलको सरकार विरुद्ध विरोधमा उत्रिएका छन् । कोरियामा स्थापित हक जा हानले घुमाउरो पारामा नेपाल सरकार सहित विश्वका ४५ रास्ट्रका प्रतिनिधि समेतलाई थाङनामा सुताएको छ । सहभागी मध्य अधिकासं क्रिश्चियन मुलुककै भए पनि उनिहरुले समेत समिटको आलोचना गरेको थिए ।
यो सम्मेलन नेपालमा आयोजना हुनुको सवैभन्दा बढी चोट नेपालीहरुले महसुुस गरेको छन् । विश्व इतिहासमा विशेष पहिचान राख्न सफल नेपालमा नेपालका प्रधानमन्त्रीको नग्नताको परेड खेलेको विषयमा स्वयम नेकपाका नेता धनश्याम भुषालले प्रधानमन्त्री ओलीका सांस्कृतिक अपचलन र राष्ट्रिय परेड प्रदर्शन भन्दै खरो टिप्पणी गरेका छन् ।
काठमाण्डौका हायात रिजेन्सी होटलमा आयोजित सम्मेलनमा युनिभर्सल पिस फेडरेशन अन्तर्गत नेपाल सरकार र संसदलाई सहआयोजक बनाएर लोगो समेत राखेर पाहुनाहरुलाई निम्तो पठाइएको थियो । धार्मिक संस्थाको कार्यक्रममा नेपाल सह–आयोजक बनेको विषयलाई प्रमुख प्रतिपक्षले घोर आपत्ती जनाएपछि नेपालको लोगो हटाइएको थियो । नेपालको लोगो हटाइएपनि सरकारले झण्डै एक करोड वढि खर्च गरेको छ । यो कार्यक्रम कुटनितिका मर्यादा र पञ्चासिलको सिद्धान्त विपरित छ । नेकपाका वरिष्ठ नेता भिमरावलले ३ दिन सम्म होटलमै वसेर विश्वबाट लखेटिएको कार्यक्रमलाई संरक्ष दिएर प्रम ओलीले गल्ती गरेको प्रतिक्रिया दिएका छन् ।
अनावश्यक महत्व किन दिइयो ?
एउटा स्वतन्त्र रास्ट्रको सरकार प्रमुखले धेरै कुरामा सोचेर मात्र निर्णय गर्नुपर्छ । आफुले समय दिन कार्यक्रम कति प्रभावकारी छ कति जनहित र रास्ट्रहितमा छ भन्ने कुरा बुझेर मात्र आघि बढ्नु जरुरी हुन्छ तर नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले युनिभर्सल पिस फिडरेशन । एउटा धार्मिक गैह्रसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा ३ दिन ३ रात खेर फालेको छ । वास नै सोल्टी होटलमा सारेर कार्यक्रमको काम समेत छोडेर क्रिश्चीयन मेसिनरी वरिपरि घुमेर प्रधानमन्त्री ओली समयको महत्व र जिम्मेवारि गहनता वुझन नसकेका पुष्टि भएका छन । तीन दिन सम्म क्रिश्चीयन धर्मको प्रसारका लागी सोल्टी होटलमा भुल्न कसरी मोहित भए प्रधानमन्त्री केपी ओली ?
प्रधानमन्त्री स्वयम अध्यक्ष हुने पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानको सिनेट वैठकमा प्रधानमन्त्रीले समय नदिदा वैठक वस्न तथा प्रतिस्ठानले गति लिन सकेको छैन । यो मात्र होइन राष्ट्रिय स्तरका कतिपय कार्यक्रमहरुमा समेत कार्यव्यवस्था देखाएर नजाने प्रधानमन्त्री क्रिश्चीयन धर्म प्रचार संस्था मा लगातार ३ दिन सम्म समय दिएर अनावश्यक महत्व दिएका छन ।

जनप्रतिनिधिलाई फसाउने दाउ
यूनिभर्सल पिस फिडरेशनले नेपालमा आÇना कार्यक्रम मात्र ल्याएनकि उसले यहाका अधिकांस जनप्रतिनिधिलाई समेत प्रभावमा लिन खोजेको छ । आर्शिवाद दिन भनेर नेपालका सांसद देखि स्थानिय तहका प्रमुख उप–प्रमुखका जोडीलाई समेत निम्ता पठाइएको थियो । स्थानिय तहका प्रमुख, उप–प्रमुखलाई निम्ता गरी प्रधानमन्त्री उप प्रधानमन्त्री, मन्त्रीहरुको उपस्थितिमा जोडिलाई आशिर्वाद दिने उल्लेख गरिएको थियो । यसरी निम्ता पठाएपछि पनि जनप्रतिनिधि नआउने भएपछि फोनबाट तारान्तर ताकेदा गरी बोलाइएको थियो । क्रिश्चियन मिशन बुझेका जनप्रतिनिधिहरु आर्शिवाद लिन गएनन् ।
यूनिभर्सल पिस फिडरेशनले नेपालमा आÇनो क्रिश्चियन सञ्जाल फैल्लाउन चाहन्छ । उसले नेपालका उच्च सरकारी अधिकारी, ठूला दलका नेता, सांसद, मन्त्रीहरुलाई पिस फिडेरेशनका नाममा कोरिया लगायत विभिन्न देशमा घुमफिर गराउने विभिन्न वहानामा वक्सिस दिने गर्दै आएको छ । यस अघि प्रधानमन्त्री हुदां माधव कुमार नेपाललाई घुमाएर विश्वासी बनाइसकेको छ । यसपाली प्रधानमन्त्री के.पी. ओली लगायत मन्त्री, सांसद र स्थानिय तहका प्रमुख, उपप्रमुखहरुलाई फसाउन फेडरेशन सफल देखिएको छ ।
कोरियामा यूनिफिकेशन चर्चको संस्थापक सन म्युक. मुनकी श्रीमती हक जा हानले आफुुलाई यशुकी छोरी बताउदै संसारलाई दुःख बाट मुक्ति दिन आÇनो, जन्म भएको दावी गर्दै पाहुुनालाई आशिर्वाद समारोहमा सम्वोधन गरेकि थिईन्। एसिया प्यासिफिकको नेपालमा भएको सम्मेलन घुमाउरा पारामा धर्म प्रचार नै रहेको प्रस्ट भएको छ । धनको खोलो बगाएर धर्ममा प्रभाव पार्न अभिस्टता देखिएको छ । हक जा हानले पैसाको वलमा धार्मिक साम्राज्य विस्तार गर्न खोजिएको विषय क्रिश्चियन समाजका अगुवाहरुले नै वतएका छन् ।

Advertisements

धार्मिक शान्ती खलवल्याउने प्रयास– ख्रिस्टियन महासंघ
ख्रिस्टियनहरुको संस्था ख्रिस्टियन महासंघले हक जा हानको कार्यक्रमलाई पागलपनको संज्ञा दिएको छ । मंसिर १५ र १६ गते काठमाण्डौमा सम्पन्न सम्मेलनलाई पैसाको उन्मादको वलमा शान्ती र सद्भाव खलवल्याउने दुस्साहस गरेको वताएका छन् । ख्रिस्टियन महासंघ नेपालका अध्यक्ष सि.वि.गहतराजले भने “नेपालका प्रधानमन्त्री, नेता र सिंगो सरकारलाई प्रभावमा पारेर एसियामै भ्रम छर्न सफल हक जा हानले वाइवलिय मान्यता विपरित काम गरिन” गहतराजले युनिभर्सल पिस फेडरेसनले ख्रिस्टिएन धर्म नाममा चरम विकृति फैल्याएको बताए ।
नेपाल सरकार यो सम्मेलनमा चुकेको बुृझ्न सकिन्छ । संसारवाट लखेटिएकालाई मौका दिएर नेपाली धर्म संस्कृतिमाथी प्रहार गरेको ठहर गर्दै सर्वत्र आलोचना जारी छ । कस्ता कार्यक्रमलाई कति महत्व दिने भन्ने विषयमा पनि सोच्न नसक्ने सरकारले धार्मीक द्धन्द्ध निम्त्याएको जानकारहरु वताउछन् । धर्मका आडमा कार्यक्रम गर्ने प्रवृति अन्त्य गर्न राज्य स्वयंम सचेत रहनुपर्ने हो तर प्रधानमन्त्री ओलीको हठ र अहंकारले मुलुकलाई कहा पु¥याउने हो भने चिन्ताको विषय बनेको छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: