दश वर्ष यता टेण्डर नगरी नर्सिङ क्याम्पसको सटर भाडामा

सराङकोट न्यूज
18 December, 2018 12:24 pm
Advertisements
Advertisements

पोखरा १० अस्पताल चोकमा रहेका १२ वटा व्यापारिक सटरहरु विगत १० वर्ष देखि टेण्डर नै नगरी भाडामा लगाइएको पाइएको छ । चिकित्सा साश्त्र अध्ययन संस्थान नर्सिङ क्याम्पस पोखरा मातहतमा रहेको ति व्यापारिक सटरहरु २०६३ सालमा निर्माण भई सञ्चालनमा आएको थियो ।
अस्पताल चोकको पुर्व उत्तर दिशामा निर्मित व्यापारिक सटरहरु सञ्चालनको सुरुआती समयका टेण्डर गरि भाडा संझौता गरिएको थियो । भाडा संझौता गरेको एक दशक वढि समय विति सक्दा पनि टेण्डर नगरी पुरानै व्यापारीहरुलाई म्याद थपिदिदा क्याम्पसले समय सापेक्ष पाउनुु पर्ने भाडा नपाउदा वार्षिक लाखौं घाट वेहोर्न परेको छ ।
क्याम्पस प्रसाशनले व्यापरिहरु संग मिलेमतो गरि मनोमानी ढ·वाट भाडा करार संझौता गर्दै आएका थिए टेण्डरको पहिलो पाँच वर्षे म्याद २०७० सालमै सकिएको थियो संझौता वमोजिक पाँच वर्ष पछि टेण्डर गर्नु पर्नेमा क्याम्पस प्रसाशनले व्यापारीको स्वार्थ वमोजीम करार संझौता थप गर्दै आएका थिए। क्याम्पसले संझौता थप गर्दा साविक भाडामा १० प्रतिशत मात्र थप गरेको छ। अस्पताल चोकमा रहेको सटरहरु ३० हजार वढि भाडामा लाग्ने गरेको छन् तर नर्सिङ क्याम्पसले लगाएको भाडा न्युनतम दुइ हजार पाँच सय देखि अधिकतम १५ हजार ७ सय ३६ रुपैया सम्मका रहेका छन् । गोप्य टेण्डर गर्ने हो भने क्याम्पसले हाल पाइरहेको भन्दा दोब्बर भाडा पाउने अपेक्षा गरिएको छ।
हाल सटर नं. ३ को भाडा रु. १५७३६, २ नम्वरको १०४८३, १ नम्वरको १३५००, ४ नम्वरको २५००, ५ नम्वरको १०४५०, ६ नम्वरको १२१००, ७ नम्वरको ११५५०, ८ नम्वरको १००००, ९ नम्वरको २७५०, १० नम्वरको ९५००, ११ नम्वरको ९९०० र १२ नम्वरको ९३५० रुपैयाँ भाडा तिर्दै आएको क्याम्पस प्रशासनले जानकारी दिएको छ । क्याम्पसका आर्थिक सह नियन्त्रक चिरञ्जिवी प्रसाद थपलियाले हालको भाडा न्यून रहेको वताए । उनले भने –“अव माघ महिनामा सवै सटरको टेण्डर गरिन्छ ।”
क्याम्पस प्रमुख निता ताम्राकारले विगतका कमीकमजोरी सच्चाएर अवका दिनमा सटरको नियमानुसार टेण्डर गर्ने प्रतिवद्धता व्यक्त गरेकिछिन् । मैले माघ भित्र टेण्डर निकाल्न आर्थिक प्रशासन शाखालाई निर्देशन दिइसकेको छु नियमानुसार टेण्डर खुल्छ ढुक्क हुनुहोस् उनले भनिन् ।

नोवेल सेकेन्डरी स्कुलको सम्झौता तोडेर हस्पिटल बनाइने
२७ वर्षको सम्झौता गरेर खुलेको साविक नोवेल इन्टरनेशनल स्कुल हाल नोवेल सेकेन्डरी स्कुलको सम्झौता तोड्न प्रकृया अगाडि बढ्ने भएको छ । उक्त स्कुल सँगको सम्झौता तोडेर १०० वेडको जनरल हस्पिटल बनाउन गृह कार्य सुरु भएको पोखरा नर्सिङ क्याम्पस स्रोतले दावी गरेको छ ।
नर्सिङ क्याम्पस पोखराले आफ्नो स्वामित्वमा रहेको स्वास्थ्य कार्यालय रानीपौवासँग जोडिएको जग्गा पोखरा–६ वैदाम निवासी सुन्दर कुमार श्रेष्ठ सँग सम्झौता भएको थियो । श्रेष्ठले स्कूल संचालनको लागि जग्गा प्रयोग गरेका छन् । सम्झौताका सर्त पालना नगरेको कारण कलेजले विद्यालयको सम्झौता रद्द गर्न लागेको क्याम्पस प्रमुख निता ताम्राकारले वताइन् । सम्झौता वमोजिम उक्त जग्गाको अग्रभागमा दुई तले पक्की भवन र विजनेस कम्प्लेक्स वनाउन पर्ने भवनको नक्सा डिजाइन र मापदण्ड कलेजले दिए अनुसार हुनुपर्ने थियो तर यि लगायतका सर्तहरु अवज्ञा गरेपछि सम्झौता रद्द गर्ने प्रकृयामा पुगेको बताइएको छ ।
रानीपौवाको मुख्य सडक सँग जोडिएको ३५ रोपनी जग्गा र घरहरु समेत गरी हाल जम्मा ९३,७६८ रुपैया मात्र मासिक भाडा नोवेल सेकेन्डेरी स्कुलले नर्सिङ क्याम्पस पोखरालाई बुझाउदै आएको छ । तत्कालीन क्याम्पस प्रमुख भगवती केसीको कार्यकालमा भएको करार सम्झौताका प्रमुख सर्तहरु अटेर गरी विद्यालय संचालन गरीएका कारण महालेखा परिक्षक ले समेत सम्झौता अनुसार काम गराउन निर्देशन दिएको क्याम्पसका लेखा नियन्त्रक यम सिंह वोहोराले बताए । तर स्कुल संचालकले करार सम्झौताका सर्तहरु कार्यान्वयनमा आज सम्म तदारुकता नदेखाएका कारण सम्झौता रद्धको प्रकृया अगाडि वढाउन लेखापढी भै रहको बोहोराले बताए । यस बारेमा जग्गा करार सम्झौता दोस्रो पक्ष अर्थात् सुन्दर कुमार श्रेष्ठ सँग प्रतिकृया लिन खोज्दा उनको मोवाइल उठेन ।
कलेजले आफ्नै एक सय शैयाको जनरल हस्पिटल वनाउन तयारी अगाडि वढाएको छ । नोवल इन्टरनेशनल वोर्डिङ स्कुल भएको ठाउँमा हस्पिटल वनाउने याजना चिकित्सा शास्त्र अध्ययन संस्थानले अध्ययन गरेको आर्थिक सह नियन्त्रक चिरञ्जिवी प्रसाद थपिलियाले वताए । नर्सिङ क्याम्पसले आफ्नै अस्पताल वनाउन पर्ने स्वास्थ्य मन्त्रालयले २०७० मा जारी गरेको स्वास्थ्य संस्था संचालन तथा स्तरोन्तरी मापदण्ड जारी गरेको थियो । नर्सिङ कलेज, एच.ए. कलेज चलाउन आफ्नै सय वेडको अस्पताल खोल्नु पर्ने तोकिएको छ । तर पनि अधिकांस स्वास्थ्य शिक्षा पढाउने कलेज तथा इन्स्च्यिुटहरुले अस्पताल वनाएका छैनन् । यस्ता कलेजहरुले अरु अस्पताल सँग सम्झौता गरी फिल्ड अभ्यास गराउदै आएका छन् ।

वर्षौ देखि भाडा कर समेत गुमनाम
नर्सिङ क्याम्पस पोखराले २०६५ साल देखि व्यापारिक कम्प्लेक्स वनाएर भाडा खादै आएको छ तर भाडा आम्दानी वापत वहाल कर अझ सम्म नवुझाएको खवर सराङकोटलाई प्राप्त भएको छ । टेण्डर समेत नगरी मनोमानी ढंगवाट व्यापारीलाई भाडामा सटर जिम्मा लगाएर सार्वजनिक खरिद नियमावली विरुद्ध काम गरेको क्याम्पसले राज्यलाई तिर्नुपर्ने वहाल कर समेत छलेर अर्को गल्ती गरेको पाइएको छ।
पोखरा नर्सिङ क्याम्पसले हस्पिटल चोकमा साना दुईवटा सहित १२ वटा सटर भाडामा लगाएर वार्षिक १४ लाख वढी रकम आम्दानी गर्दै आएको छ तर पनि विगत १० वर्ष देखि राज्यलाई भाडाकर वुझाएको छैन । त्रिभुवन विश्वविद्यालयले भाडा कर तिर्न निर्देशन नदिएकोले कर नवुझाएको लेखा नियन्त्रक यमन सिंह वोहोराले वताए । त्रिभुवन विश्व विद्यालय मातहतकै पृथ्वी नारायण क्याम्पस पोखराले हरेक वर्ष आन्तरिक राजस्व कार्यालयमा भाडा कर वुझाउदै आएको लेखाका कर्मचारी केदारनाथ अधिकारीले वताए । यस विषयमा आन्तरिक राजस्व कार्यालयका प्रमुख केशवकुमार उप्रेती सँग प्रतिकृया लिंदा छानविन गरी नियमानुसार कर असुल उपर गरिने वताए । एकेडिमिक क्षेत्रमा हुने अनियमितता र कर चुहावटले नैतिक संकट निम्त्याएको महसुस गरिएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: