खेलकूद मन्त्री ज्यूको यो गाइजात्रा कि पुलजात्रा (भिडियो सहित)

सराङकोट न्यूज
25 December, 2018 3:48 am
Advertisements
Advertisements

उख्खानै छ–‘लंका जित्ने हनुमान जस पाउने ढेढु’ यो उख्खान नेपालका नेताहरुलाई ठ्याक्कै मेल खान्छ । विकास जसले गरोस्, योजना जसले पारोस् तर सिलान्यास र उद्घाटन चाही नेताले नै गर्न पाउनु पर्छ। पछिल्लो यस्तै एउटा प्रकरण कास्कीको माछापुच्छ«े गाउँपालिका वार्ड नंं ८ र ९ जोड्ने मोटरेवल पुलको शिलान्यास सम्बन्धी रहेको छ ।
माछापुच्छ«े गा.पा. वार्ड नं. ८ को लुम्रे र ९ को कुइवाङ जोड्ने मर्दी खोलामाथि पक्की पुलको योजना परे वमोजिम टेण्डर भयो । गत असारमै टेण्डर भएको पुलको काम खोला वढेको कारण सुरु हुन सकेन खोला घटे लगत्तै योजना पार्न अग्रणी भूमिका खेलेका समाजसेवी तथा ने.क.पा.का स्थानिय नेता रामहरी गुरुङले २०७५ साल मंसिर २ गते पुलको शिलान्यास गरे । वैदिक रिति अनुसार जो जे गर्नु पर्ने थियो सोही वमोजिम सिलान्यास सम्पन्न भयो त्यसको लगत्तै ठेक्का पार्ने कम्पनी मृत संजिवनी जेभीले निर्माण कार्य अगाडि वढायो ।
तर अचानक गाउँमा अर्को हल्ला फैलियो । मन्त्रीले पुलको पुन शिलान्यास गर्ने रे ∕ जनताहरु रनभूल्लमा परे । सामान्यतया सवैलाई थाहा छ कुनै पनि योजनाको सिलान्यास र उद्घाटन एक एक पटक मात्र हुने गर्छ तर मर्दी खोलाका आपको पुलले भने दुई पटक सिलान्यास हुने किर्तिमानी हासिल गरेको छ ।
पहिलो सिलान्यास मंसिर २ गते स्थानिय नेता रामहरि गुरुङ जसले आफ्नो गाउँ वस्तीलाई माया गरेर योजना पारे उनैले गरे । ३५ दिन पछि पुष ७ गते केन्द्रिय नेता अर्थात् युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले गरे । मन्त्री जगत विश्वकर्मा सिलान्यासमा आउने कुराको निम्तो रामहरी गुरुङलाई जानकारी समेत गराइएन तर पनि उनि आए ।
माछापुच्छ«े गा.पा. र वार्ड नं. ९ को सकृयतामा आयोजित सिलान्यास कार्यक्रममा सोही क्षेत्रका प्रदेश सांसद रामजी वराल, गा.पा. अध्यक्ष , उपाध्यक्ष, वडा अध्यक्षहरु सहित वाक्लै उपस्थिति र तामझाम थियो । सिलान्यासको लागि ढुंगा ल्याइयो, सारदम तयार भयो तर पहिलो सिलान्यास गरेका रामहरी गुरुङले आफैले पुजा गरेको ढुंगा ल्याउन लगाए नरिवल आफैले फुटाए, धुप आफैले सल्काए । सिलान्यासका लागि तामझामका साथ आएका मन्त्री मौन रहदै सरिक भए । रामहरिले सिलान्यास गरिसकेपछि मन्त्री जगत वि.क. र प्रदेश सांसद रामजी वराल जीवनले सिलान्यासका लागि ल्याइएको ढुंगामा पुजा गरेका थिए । दोस्रो पटक आयोजित सिलान्यास कार्यमा सुरक्षा दलवल सहित पुगेका मन्त्री जगत वि.क. र सांसद रामजी वराल किकर्तव्यविमूढ वनेका थिएब ।
चार वर्ष अगाडि रामहरी गुरुङ सहित स्थानियको पहलमा परेको योजना (पुल) अहिले सिलान्यास गर्न मन्त्रीलाई हतारो भएको छ । यो हतारो मन्त्रीको मात्र नभएर स्थानिय तत्कालिन एमालेकाका नेता तथा कार्यकर्ताहरुको रहेको पाइएको छ । सरकारमा रहेका मन्त्रीले दोहोरो सिलान्यास गर्नुभन्दा नयाँ योजना पारेर सिलान्यास गर्नु राम्रो हुने वक्ताहरुले सुझाव दिएका थिए ।
पहिलो सिलान्यासकर्ता रामहरी गुरुङले आफ्नै गाउँ आसपासका मर्दिवाङ झोपु, सिदिङ झो.पु., आंपखोला झो.पु, कोलिली घलेल झो.पु, इदी खोला पक्की पुल निर्माण सम्पन्न भएर पनि उद्घाटन नगरिएका योजनाहरुको उद्घाटन गर्न मन्त्रीलाई सुझाव दिएको वताए ।
मर्दीमा सिलान्यास गरिएको पुल ४ करोड ७० लाखमा निर्माण हुने छ जसको लम्बाइ २५ मिटर र चौडाई ११ मिटर रहेको छ । डेढ वर्षमा निर्माण सम्पन्न गर्नु पर्ने उक्त पुलको गुणस्तर र समयमै सम्पन्न हुन सक्छ सक्दैन? त्यसतर्फ मन्त्रीको ध्यान जान्छ कि जान्न त्यसवारेमा निरन्तर निगरानीको आवश्यक छ ।
चार वर्ष अघिवाट गरिएको प्रयास सार्थक भएको छ । राज्यको स्रोत खर्चेर गरिने तामझाम पूर्ण सिलान्यास र स्थानिय उपभोक्ता वाट गरिने सामान्य सिलान्यास तुलनाको औचित्य शक्तिको पुजारी कि सत्यको पुजारी भन्नेमा गएर टु·िन्छ जुन भविष्यको गर्भमा छोडौं । यो प्रकरणले मन्त्रीले गर्ने कामको पूर्व तयारी र अध्ययनको आवश्यकता महसुस गराएको छ । हनुमान वन्ने कि ढेडु स्वमुल्यांकन उत्तिकै जरुरी छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: