पर्वतीय संग्राहलय भित्र हुुने कुकृत्यको श्रृंखला

सराङकोट न्यूज
2 January, 2019 8:57 am
Advertisements

पोखरा महानगरपालिका वार्ड नं. १७ मा रहेको अन्तराष्ट्रिय पर्वतीय संग्राहलय एउटा पर्यटकीय गन्तव्य हो । स्वच्छ रुपमा स्थापित संग्राहलय यतिखेर विभिन्न कुकृत्य आत्मा भएका खेलाडीहरुको क्रिडास्थल वन्न थालेको छ ।
आठ हजार मिटर भन्दा होचा हिमाल शिखरहरुको सलामी दस्तुर बाट संकलित कोषमा नेपाल पर्वताराहण संघले पैतृक वपौती सम्झेर होली खेल्दै आएको कुरा नौलो होइन । करोडौको रासमा भुतेली खेल्न पाउने भएपछि पर्वतारोहण संघको चुनाव उतिकै किमतिलो वन्ने गरको छ । दशौ लाख खचेर चुनाव जित्ने र चुनाव जितेपछि लगानी उठाउने क्रम जारी रहेको छ ।
नेपाल पर्वताराहण संघ मातहत सञ्चालित अन्तराष्ट्रिय पर्वतीय संग्राहलय पोखराको वेथिति अतिकै टिठ् लाग्दो र घिन लाग्दो छ । सार्वजनिक र सामाजिक हितको उद्देश्यले स्थापित संग्राहलय जँहा राज्यको गौरव र गरिमा जोडिएको हिमालको सलामी दस्तुर अंकित छ। तर विडम्वना संग्राहलय जस्तो पवित्र संस्थालाई व्यक्तिगत स्वार्थ जोडेर भर्तिकेन्द्र बताइएको छ ।
पछिल्लो विवरण अनुसार पर्यटक मन्त्री रविन्द्र अधिकारीले आफ्नौ नाता गोतालाई सिधै भर्ति गरेर जागिर खुवाएका छन् पर्यटन मन्त्री रविन्द्र अधिकारीको आफन्त अप्सरा पौडेललाई टिकट चेकर र पर्यटन मन्त्रालयका सचिव कृस्ण प्रसाद देवकोटाका वहिनी विस्णुुमाया देवकोटालाई टिकट सेलरमा नियुक्त गरिएको छ ।
यस अघि कार्यरत रचना कुवँरलाई कर्मचारी आवश्यकता नभएको भन्दै ६ महिना पछि जागिर वाट निस्कासन गरिएको थियो । कार्यरत एक जनालाई आवश्यक नभएको भन्दै निस्कासन गरेको ठाँउमा मन्त्री र सचिवका मान्छे नियुक्त गरिएको छ । विना कुनै मान्छेलाई जागिर लगाएको विषय प्रति यतिखेर तिखो आलोचना वार्षिएको छ ।
सरकारका उच्च पदस्थ मन्त्री र कर्मचारीहरुबाट नियम कानुनको खिलाफमा काम गर्दा आउने खराव परिपाटिका संस्थागत विकास प्रति कति पति ध्यान नदिनुलाई विडम्वना मानिएको छ । देश र जनताको लागि समान व्यवहार देखाउनु पर्ने जिम्मेवार मन्त्री सचिवले नसक्नुले गलत सन्देश प्रवाह गरेको छ ।
वाइड वडी खरिदको भ्रस्टाचार काण्डमा मुछिएका रविन्द्र अधिकारी, एनसेल कर छुट प्रकारण तारागाउ रिजेन्सी होटल शेयर प्रकारण लगायत ठूला विवादमा मुछिएका विवादित मन्त्री रविन्द्र अधिकारी कर्मचारी नियूक्ती जस्ता सानोतिनो काण्डमा समेत लिप्त देखिएका छन् । कस्केली नागरिक रविन्द्र अधिकारी जसलाई तीन पटक जिताएर पठाइएको छ त्यसको गुण तिर्न असक्षम पाइएका छन् । आशा गरेका नेता रविन्द्र अधिकारीका पछिल्ला कार्यसैलीले उनि निकटका कार्यकर्ताहरु समेत सस्ट देखिएका छन् । विगतमा ओत ढाकेका, काखी च्यापेका पत्रकारहरुले समेत मन्त्री रविन्द्रका कार्यसैलीको खुलेर विरोध गर्न थालेका छन् । यो उनको कर्म फल वापतको ठूलो चुनौती मानिएको छ । त्यसो त पर्वतीय संग्राहलय पोखरा यस अघि पनि विवादमा मुछिएका संस्था हो यसैगरी कम काम गर्ने वढि विल वनाएर खाने विषयमा विगत वर्ष देखि नै वदनामी कमाएको अड्डा हो पर्वतीय संग्राहलयलाई व्यक्तिगत रुपमा प्रयोग गरेर लाखौ रुपैया अनियमित आर्जन गरेका छन् । कफि खेति देखि क्यान्टिन र क्लाईम्विङ वालमा लामाले महासचिव हुँदा देखिनै आयश्रोत वनाउदै आएका थिए ।
एमाले वनेर अध्यक्ष चुनाव लडेका सन्तविर लामाले चुनाव जितेका हुन् । उनलाई एमाले वृतमा इमान्दार भन्दा चतुर र स्वार्थी व्यत्तिका रुपमा हेरिन्छ । मन्त्री रविन्द्र अधिकारीले सन्तावेर लामा मार्फत नै सेटिङ मिलाएर आफुर पर्यटन सचिवका मान्छेलाई कानुन विपरित कर्मचारी नियुक्त गरिएको छ । सार्वजनिक निकायमा कर्मचारी भर्ती गर्ने कानुन विधि छ । विज्ञापन गरेर परिक्षा लिनुपर्छ । तर यि कुनै प्रकृया पुरा नगरी पौडेल र विष्णुमाया देवकोटा लाई जागिर? अन्टराष्ट्रिय पर्वतीय संग्राहलय मन्त्रीका कठपूतली र निजि संख्या हो ? होइन भने सार्वजनिक संस्थामा सार्वजनिक कानुन वमोजिक कर्मचारी नियूक्ती गरिनुपर्ने सर्वत्र माग गरिएको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: