राजु पौडेललाई आक्रमण गर्ने गुण्डा प्रहरी संरक्षणमा

सराङकोट न्यूज
8 January, 2019 5:34 am
Advertisements

भरतपुर महानगरपालिका वार्ड नं. १६ शिवघाटका राजु पौडेल माथि सांघातिक हमला गर्ने गुण्डाहरुलाई चितवन प्रहरीले नियन्त्रणमा लिन असफल भएको छ । २०७५ साल पुष २० गते साँझ पौने सात वजे राजु पौडेल माथि आक्रमण भएको थियो। ना १ च ५६५३ नम्वरको गाडीमा भरतपुर वाट घर जाने क्रममा गाडी रोकेर पौडेललाई गाडीवाट तानेर रड, ढुंगा, लाठी मुड्कीले वेहोस् हुने गरी निर्घात कुटपिट गरिएको पारिवारिक स्रोतले वताएको छ ।
भरतपुर शिवघाट वस्ने ३७ वर्षिय इन्द्र बहादुर वस्नेत र सोही ठाउँका ३६ वर्षिय कुमार वानियाँ सहित नाम थर स्पष्ट थाहा नभएका ६ जना सहित आठ जनाले राजु पौडेल माथि आक्रमण गरेको दावी गर्दै पीडितकी श्रीमती उर्मिला वराल पौडेलले चितवन प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योग मुद्दामा किटानी जाहेरी दर्ता गराएकी छिन् ।
घटनास्थलमा तत्काल प्रहरी पुगेका थिए एक जना स्थानिय प्रत्यक्षदर्शिले नाम नवताउने सर्तमा बताए । प्रहरी आउँदा आक्रमणकारीहरु घटनास्थल आसपासका होटलमा थिए तर प्रहरीले उनिहरुलाई पक्रने तदारुकता देखाएन । पीडित पक्ष घाइतेको उपचार गर्न अस्पताल तर्फ लागेपछि आक्रमणकारीहरु भाग्न सफल भएको वताइएको छ ।
भरतपुर महानगरपालिकाको वार्ड नं. १६ र ४ को सिमानामा टोलै नियन्त्रणमा लिएर घटाइएको घटनाका आरोपीहरुलाई ४ दिन वितिसक्दा पनि प्रहरीले पक्राउ गर्न नसकेपछि चितवनमा सुरक्षा चिन्ता वढाएको छ । घटना स्थलमा ताततातै प्रहरी पुगेको भएपनि कसरी उम्किए ? यसको जवाफ दिन चितवन प्रहरी नाजवाफ छ । चितवनका प्रहरी प्रमुख एसपी सुशिल सिंह राठोर अदालतको आदेश विना कसैलाई पक्राउ गर्न नमिल्ने भएका कारण राजु पौडेललाई सांघातिक हमला गर्नेहरुलाई पक्राउ गर्न नसकिएको वताउँछन् ।
कानूनलाई दोष लगाएर प्रहरीले अपराधी नसमातेपछि उनिहरु यतिखेर फरार छन् । घाइते राजु पौडेल चितवन मेडिकल कलेजमा सघन उपचार कक्षमा मृत्युसँग सघर्ष गरिरहेका छन् । पीडितका परिवार गुण्डाराजको त्रासमा वाचिरहेका छन् यति हुँदा हुदै पनि राज्यकोष वाट तलव खाएर शान्ति सुरक्षा गर्ने कसम खाएका प्रहरीहरुको संवेदनसिलता गुमेको छ, उनिहरु अदालतको आदेश पर्खेर कुम्भकर्ण निन्द्रामा रहेका छन् । सांघातिक हमलाको घटनामा संलग्नलाई तत्काल पक्राउ गरेर सुरक्षा कायम गर्न प्रहरीले सक्छ, पक्राउ नगर्दा अपराधीले अरु ठूला घटना घटाएर भाग्न सक्ने संभावनालाई समेत चितवन प्रहरीले नजर अन्दाज गरेको छ ।
पीडितकी श्रीमती उर्मिला वराल पौडेलले सोमवार किटानी जाहेरी दिएपछि वल्ल चितवन प्रहरीले राम प्रसाद नाममा एक प्रहरी इन्सपेक्टर लाई घटनाको छानविन गर्न खटाएका छन् खटाएका प्रहरी अधिकृतले पीडित पक्षलाई मिल्ने सर्त राखेर आरोपितलाई पक्राउ गर्ने वताएको छ । वडा अध्यक्ष अर्पण पोखरेललाई हवाला दिएर प्रहरीका अनुसन्धान अधिकृतले आरोपीहरु लाई पक्राउ गर्नु भन्दा संरक्षणमा लागेको भन्दै पीडित कि श्रीमतीले सुरक्षा चिन्ता व्यक्त गरेकिछिन् ।
यता चितवन प्रहरी प्रमुख सुशिल सिंह राठोर सोमवार मुद्दा दर्ता भएकोले अव पक्राउ गरेर प्रहरीले कानूनी काठघरामा उभ्याउने वताउँछन् । प्रहरी प्रमुखले खटाएका अधिकृतको अभिव्यक्ति र कार्यसैली संकास्पद रहेको छ । योजनावद्ध संगिन घटनामा चितवन प्रहरी चुकेका कारण सरकारको नाक भाच्चिने अवस्थामा पुगेको छ । शान्ती सुरक्षाको जिम्मा लिएर वसेका प्रहरी प्रमुखले शान्ती सुरक्षा कायम गर्न नियन्त्रणमा लिएर पनि अनुसन्धान अगाडि अदालतको आदेश लिन मिल्ने अधिवक्ता जनकल्याण पराजुलीले वताए ।
घटना घटेको पूरा ४ दिन वितेको छ । अपराधी कहाँ पुगिसके थाहा छैन तर पीडित भने अस्पतालमा उपचाररत छन् । वोल्न नसक्ने अवस्थामा रहेका विरामी राजु पौडेलको स्वास्थ्य सुधार भएपछि थप जानकारी आउने पारिवारिक स्रोतले वताएको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: