एन आई सी एशिया बैंकको गुह्य रहस्य खुल्दै

सराङकोट न्यूज
8 January, 2019 11:44 am
Advertisements

ह्याकिङको कमजोरी लुकाउन करोडौको अनियमितता

नेपालको धेरै शाखा भएको वैक एन आई सी एशिया बंैक साईबर सुरक्षा कमजोर भएका कारण उच्च जोखिममा पर्ने सम्भावना बढेको छ । २७० बढि शाखा, २९० बढि एटिएम खुलेको एन आई सी एशिया बैंकको गुणात्मक क्षमतामा प्रश्न उठ्न थालेको छ।
२०७४ कार्तिक महिनामा बैंक साईवर सुरक्षा कमजोर भएको फाइदा उठाई सिस्टम ह्याक गरी करिव साढे ४६ करोड रुपैया ट्रान्सफर भएको घटनाले गम्भिर मोड लिन थालेको छ । जनताको सार्वजनिक सम्पती माथि वैंकका अध्यक्ष तुल्सीराम अग्रवालको समुहले मनोमानी गर्न थालेको भन्दै बंैक भित्रकै कतिपय शेयर सञ्चालकहरुले आरोप लगाउन थालेका छन् ।
Þयाकिङ प्रकरण मिलाउन वैकका अध्यक्ष अग्रवालको समुहले एक जना आफ्ना विश्वास पात्र सञ्चालकलाई जिम्मा दिएपछि सोहि सदस्यले अनुसन्धानका प्रमुख (सि.आइ.वी) र राष्ट्रवैकलाइ तारतम्य मिलाउन वैंकवाट करोड वढी रकम निकालिएको स्रोतले बताएको छ । वैंकको हालै सम्पन्न साधारण सभामा वैकबाट निकालिएको पैसा र Þयाकिङ प्रकरणवारे शेयर सञ्चालकहरुले चासो व्यक्त गरेपछि वैक व्यवस्थापन पक्ष थप समस्यामा परेको बताइएको छ ।
बैक व्यवस्थापन वैकका शाखाहरु विस्तार गरेर गुणात्मक सेवालाई भन्दा संख्यात्मक उपलब्धीलाई प्राथमिकता दिन थालेपछि वैकको सिस्टम नै धरासायी वन्न पुुगेको छ । बैंकको खातावाट निकालेको करोड बढी रुपैयाले वैक व्यवस्थापन तथा प्रसाशनले सहजै उन्मुक्ती पाएको वुुझिएको छ । धन भने पछि महादेवका पनि तीन नेत्र भने झैं सि.आइ.वि. उच्च अधिकारी र नियमन निकाय बंैक समेत छायाँमा पारेर सामान्य सोधपुछका भरमा उन्मुक्ती दिइएको खुल्न आएको छ ।
यता एन आई सी एशिया बंैकको आइ.टि. तथा प्राविधिक सुरक्षा कति कमजोर रहेछ भन्ने कुरा यहि घटनाले छर्ल· पार्दछ । Þयाकरले पूर्व जानकारी दिएर सिस्टममा प्रहार गरेको थियो सिस्टम Þयाक हुुृनु अघिल्लो हप्ता वैकको इमेल एकाउण्ट माथी हमला गरिएको थियो । त्यसको केहि दिन पछि सिस्टममा नै प्रहार गरी रकमान्तर गरी वंैकलाई क्षति पुुर्याइएको थियो।
यो प्रकरणमा वैकले गंभिर लापरवाहि गरेको छ । सिस्टमको सुरक्षा सतर्कता अपनाउन नसक्नु एउटा गंभिर लापरवाहि देखिएको छ भने कमजोरी केलाउन जनताको पैसामा होली खेलेर आफु चोखिने प्रपञ्च रचेर अर्काे गल्ती गरेका छन् । सि.वि.आई.वि.ले घटनालाई औपचारिकता मात्र दिएर सुनपानि छर्केर व्यवस्थापन र कर्मचारीलाई जोगाउने काम गरेको छ ।
वैंकको साईवर सुरक्षामा गम्भिर संकट आई करौडौं रकम ३१ वटा स्वीफ्ट म्यासेज मार्फत रकम ट्रान्सफर भएपछि भारतिय कम्पनी के.पि.एम.जी. प्रा.लि.ले समेत बैंकको साईवर सुरक्षा र चरम लापरवाही संकेत गरेको छ ।
केवल नाफामूखी निति
एन आइसी एसिया बैंकले कर्जाको व्याज मनोमानी ढंगबाट जढाउन मात्र जानेको छ घटाउन जानेको छैन । व्यवस्थापन पक्ष, उच्च अधिकारीहरुले आफुखुसी गर्न पाउने भएपछि बैंकको हजारौ ग्राहक पिडामा परेका छन् । सामन्ती शैलीबाट तमसुक कागजमा फसाएर ग्राहकलाई नै प्रहार गर्ने कार्य जनहितमा हुनै नसक्ने जानकारहरु वताउछन् । तीन पटक सम्म व्याज वढेपछि बैंकको व्याज ओरालो लाग्दा पनि वढेकै व्याज असुलेर ग्राहकको ढाड सेक्ने काम भएको भन्दै ऋणिले दुःख व्यक्त गरेका छन् । शाखा वढाउने तर ग्राहकको सन्तुस्टी र सुरक्षा घटाउने कार्यमा तल्लिन एन आइ.सि. एसिया बैंक व्यवस्थापनले गंभिर भएर सोच्ने वेला आएको छ ।
पोखरामा मात्र ११ वटा शाखा र ३ वटा एक्टेन्सन काउण्टर खोलेर एन.आइ.सि. एसिया बैंकले किर्तिमानी वन्न खोजेको छ र तर कास्कीका कुनै पनि गाउंपालिकामा शाखा तथा सेवा कार्यालय समेत खुल्न सकेको छैन । सहर केन्द्रति शाखा खोल्ने तर ग्रमिण भेगमा सेवा दिन नसक्नु बैंकको अर्काे कमजोरी पक्ष हो । पोखरा महानगरपालिका वाहिर एन.आइ.सी एसिया बैंकले आफ्नो जनकेन्द्रीत निति लागुगर्न छोडेर कमजोरी र लापररवाहि लुकाउन जनताकै नासोमा दाई गर्ने कार्यको निस्पक्ष जाच हुन जरुरी छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: