पोखरामा अनाथका नाममा चन्दा उठाउनेहरु सकृय, प्रहरी प्रसाशन मौन

सराङकोट न्यूज
8 January, 2019 12:01 pm
Advertisements

काठमाण्डौ कलंकी घर वताउने जयन्ती क्षेत्री र सुस्मिता भुजेल कागजको डोनेसन वक्स लिएर सडक पेटीमा चन्दा उठाउदै थिए । चिप्लेढुु·ा पोखरा ट्रेडमल गेट अगाडी वक्स थापेर चन्दा मागिरहेका ति यूवतीहरुले एक हप्ता सम्म चन्दा माग्ने हामी संग वताए । हामीले उनिहरुसंग कुरा गर्दा छैठौं दिन भइसकेको रहेछ ।
युनिभर्सल कलेज धुम्वाराही काठ्माण्डौमा स्नातक प्रथम वर्षमा पढ्दै गरेको वताउने उनिहरुले सर्भिस फर पिस नामक गैह्र सरकारी संस्थाको लागि चन्दा उठाएको वताए । उक्त संस्थाले उठाएको चन्दा सर्लाहीको एक अनाथलयमा रहेमा वच्चाहरुलाई सहयोग दिने वताएका थिए ।
काठ्माण्डौं देखि पोखरा आएका उनिहरु सहित ३ समुह पोखरामा चन्दा वाकस थापेर पैसा उठाउन व्यस्त छन् । एक समुुहमा २–२ जना रहने उनिहरु होटलमा वस्ने गरेका छन् । दैनिक कति रकम संकलन हून्छ भन्ने वारेमा उनिहरुले वताएनन् । सुस्मिता भुजेलले भनिनु पैसा लगेर होटलमा राखेका छौ । तर गनेका छैन”दिनभर सडक र पेटिमा उभिएर पैसा (चन्दा) उठाउने तर नगन्ने उनिहरुको भनाई विवादस्पद छ । हामीले सोधपुछ गर्दा हतासिएका उनिहरु संग पैसा उठाउने प्रयोजनका लागि कुनै पनि कागज–पत्र छैन। आफूलाई युनिभर्सल कलेजको विद्यार्थी बताउने ति विद्यार्थी सँग विद्यार्थी परिचयपत्र समेत छैन ।
सार्वजनिक सडक पेटीमा बसेर चन्दा सहयोग उठाउन सरकारी निकायको अनुमती पत्र चाहिन्छ । स्थानिय प्रहरी प्रसाशन, स्थानिय सरकार कसैले पनि सडक पेटीमा उठाइने गरेको चन्दा असुलीबारे मौनता साधेर वसेको छ । कुनै आधिकारीक कागजपत्र विना उठाएको रकम कहाँ खर्च हुन्छ । लक्षित वर्गलाई पुग्छ पुग्दैन भन्ने विषयमा छानविन गर्नूुृ आवश्यक रहेको छ । सर्भिस फर पिस नेपालका प्रतिनिधि सन्तोष श्रेस्ठले सर्लाही सुकेपोखरीमा रहेका अनाथलयलाई ५५ हजार रुपैया सहयोग हस्तानतरण गरिएको हामी संगको टेलिफोन संवादमा वताए । पोखरामा ३ समुहले एक हप्ता सम्म कति रकम उठायो भन्ने हाम्रो प्रश्नमा भने उनले जवाफ दिएनन् । आधिकायरिक पत्र र स्वीकृती विना चन्दा उठाउन पठाउने संस्था र विद्यार्थीको विषयमा राज्यले छानविन गर्न जरुरी छ । यस अघि पनि विद्यार्थी वताउनेहरुले विभिन्न चोकमा वसेर समान भिडाउमै पैसा उठाउदै आएका थिए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: