एउटै सिटमा दुईवटा टिकट काटेपछि…

सराङकोट न्यूज
16 January, 2019 4:40 am

टुरिष्ट वसमा पनि यात्रुहरुले सास्ती पाउन थालेका छन् । कालो प्लेटका जिर्ण वस चढ्दा हैरानी र सास्ती खाएका यात्रुहरु २–३ सय रुपैयाँ वढि तिरेरै भएपनि आरामदायी यात्रा र मिजासिलो स्वागतको अपेक्षामा टुरिष्ट वस चढ्नेहरुको संख्या ह्वात्तै वढेको छ । तर सोचे जस्तो छैन टुरिष्ट वसको सेवा । पछिल्ला समयमा टुरिष्ट वसले यात्रुलाई सास्ती दिने खालका व्यवहार गर्न थालेपछि यात्रुहरु टुरिष्ट वसको सेवाको खिलाफमा ट्राफिक प्रहरी समक्ष गुनासो र उजुरी दिन थालेका छन् ।
यस्तै एउटा उजुरी ट्राफिक प्रहरीमा आएपछि ट्राफिक प्रहरीले वस मालिकलाई वोलाएर १५ सय जरिवाना तिराएर गल्ती नदोहो¥याउने सर्त सहित माफी मगाएर छोडेको छ । न्यूरोड ट्रावल्स एण्ड टुर्सका संचालक प्रशान्त आचार्यले संचालन गरेको वा १ प १३४५ नम्वरको टुरिष्ट वसले पोखरावाट काठमाडौं गएका यात्रु सन्देश राईलाई टिकटमा काटेको सिट दुई जनालाई काटेका कारण राई टुलमा वसेर काठमाडौं पुग्न वाध्य भएका थिए । वसका सहचालकलाई आफूले काटेको वी को ६ नम्वर सिट मिलाइदिन पटक पटक आग्रह गर्दा पनि आफ्नो सिट पाउने त के अर्कै गाडीमा पठाइदिन भन्दै आफूलाई अपमानपूर्ण ढंगले अपमान गरेको यात्रु सन्देश राईले वताए । यात्रुका अभिभावक रविन राइले पनि टिकट काउण्टर र वस मालिक प्रशान्त आचार्यलाई फोन मार्फत् अनुरोध गर्दा समेत कुनै सुनुवाई नगरेका कारण यात्रु र उसका आफन्तले सास्ती मात्र मात्र होइन पिडा महसुस गरेको हामीलाई सुनाए । टुरिष्ट वस प्रतिको आस्था र विश्वास समेत गुमेको भन्दै अभिभावक रविन राइले तितो पोखे।
यता टुरिष्ट वस संचालक प्रशान्त आचार्यले ट्राफिक प्रहरीमा आएपछि गल्ती स्वीकार गरेका थिए । एउटै सिटको दोहोरो टिकट काटेकोमा आचार्यले कमजोरी स्वीकार गरेका थिए ।
टुरिष्ट वस नेपाली यात्रुलाई हेप्ने, दुव्र्यवहार गर्ने, विदेशी टुरिष्टलाई वढी पैसा लिएर नेपालीले काटेको सिटमा राख्ने जस्ता व्यवहार हुदै आएका गुनासाहरुका कारण टुरिष्ट नम्वर प्लेटका वसको यात्रा महंगो त छ नै अव लोकल वस जस्तै झन्झटिलो र सास्तीपूर्ण हुन पुगेको छ । न्यूरोड ट्राभल्स एण्ड टुर्सका वसको ठगि घटना एउटा नमूना मात्र हो । कास्की ट्राफिको पर्यटन वस सेवामा अनुगमनलाई निरन्तरता दिने वताएको छ ।
वसको वढि भाडा अनुगमन शुन्य
पोखरावाट चल्ने यात्रु वसहरुले मनोमानी भाडा उठाउँदै आएकाछन् । सुविधा नभएका वसहरुले पनि डिलक्स सुपर डिलक्सले भाडा असुल गर्दै आएका छन् । पर्यटन वस हरुले पनि नेपाली यात्रुसँग मनोमानी भाडा उठाउँदै आएका छन् । टुरिष्ट वसहरुले प्रति यात्रु सात सय देखि १ हजार सम्म भन्दा उठाउदै आएका छन् । यस्तै पोखराका केहि कम्पनीले सुपर डिलक्सका नाममा प्रती यात्रु दुई हजार भन्दा वढी भाडा उठाउदै आएका छन् । मनोरञ्जन सहित विभिन्न शिर्षकमा रकम उठाउदै २२ सय सम्म भाडा लिने गरेका छन् । तर यहाँको प्रहरी, प्रशासन, उपभोक्ता अधिकारकर्मी कोही वोलेका छ्रैनन् । किन हुदैन अनुगमन र कारवाही वारेमा हामी निरन्तर फलोअपमा छौं ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: