सचाअप प्राप्त गर्न सेवाग्राहीलाई सास्ती

शिवराज वस्ताकोटी (शिवदाई)
16 January, 2019 9:34 am

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति वितरण शाखा गण्डकीले पुरानो सिष्टम अनुसार जारी भएका सचाअप कुल संख्या २७६९४५ रहेकोमा २०७४/०३/०५ सम्ममा वितरण भैसकेको कार्यालयका सूचना अधिकारी भरत वरालले वताए ।
२०७५/३/६ देखि २०७५/८/२९ सम्म भने जारी भएका स्मार्ट लाइसेन्स नयाँ २९६५४ वितरण गरिएको र अन्य सवारी चालक अनुमती पत्र थप गरिएका ९४२४ साथै नविकरण ४२५३५ प्रति गरिएको छ भने हराएका झुत्रा भएका प्रतिलिपि ५३९५ प्रति साथै नविकरण र प्रतिलिपी एक साथ गरिएका ३१०१ प्रति भएको वरालले वताए।
यसो त उनका अनुसार स्मार्ट लाइसेन्स वितरण प्रकृया सुरु भए पछि गरिएका नविकरण प्रतिलिपि साथै सवारी चालक अनुमति पत्र थप र नयाँ सवारी चालक अनुमती पत्र भने सवै गरेर कुल संख्या ९०१०९ प्रतिको राजस्व लिएको वताएका छन् ।
हाल सम्म आइ पुग्दा यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखा गण्डकीमा विभाग वाट पठाइएका स्मार्ट लाइसेन्स १५१३५ प्रति सेवाग्राहीलाई वितरण गरिएको विभाग वाट अझै पठाउन वाँकी स्मार्ट लाइसेन्स भने ७४९७४ अझै उपलव्ध नभएका कारण सेवाग्राहीलाई वितरण गर्न नपाएको वरालले वताए ।
नेपाल सरकार यातायात मन्त्रालय अन्तर गत रहेको यातायात व्यवस्था विभागले देसै भर लाइसेन्स आवेदन फारम भर्न अनलाईन सिस्टम सुरु गरेपनि स्मार्ट लाइसेन्स वितरण प्रणाली लागु गरिएको भएपछि आम नागरिकले भने अझै सास्ती खेप्नु परेको वताएका छन् । हराएको लाइसेन्सको प्रतिलिपी लिन जाँदा अग्रिम राजस्व तिरी रसिद लिएपनि लामो समय लाइसेन्स उपलव्ध नभएकै कारण फेरि स्मार्टकार्ड प्राप्त नहुदै नविकरण गर्न जानुपरेको कारण आफू अनाहकको झन्झटमा परेको एक सेवाग्राहीले वताए । कतिपय सेवाग्राही भने आफूले समयमा लाइसेन्स नपाएको कारण ट्राफिक प्रहरीको टोकाइ खानु परेको पटक पटक चेकिङमा सास्ती पाएको वताएका छन् ।
कतिपय नागरिक भने स्मार्टकार्ड लाइसेन्स पाएपछि विदेस जाउँला भनेको यही वस्दा वस्दै करिव डेढ वर्ष वितिसक्यो अझै पनि उपलव्ध हुन नसकेको भन्दै आक्रोस् व्यक्त गरिरहेका छन् । सरकारे छिटो छरितो झमेला सास्ती रहित सेवा प्राणली लागु गर्दा पनि यसरी समयमा स्मार्ट लाइसेन्स नपाउनुले आम नागरिकलाई मात्र नभई राज्यलाई समेत आर्थिक हानि पुग्ने सरोकार सचेत नागरीक वताउँछन् । कतिपय सेवाग्राही भने आफूभन्दा पछि आउनेले पाएको आफूले नपाएको गुनासो पोखिरहेका छन् । यसवारे यातायात कार्यालयका सूचना अधिकारीसँग जानकारी लिदाँ उनी पनि यस्तो हुन गएको स्वीकार गर्छन् । किन यस्तो हुन्छ भन्ने हाम्रो प्रश्नमा उनी भन्छन् हामीले माथिवाट विभागले पढाए पछि वितरण गर्ने हो जस जसको आउँछ वढ्छौ तर पहिला पाउनु पर्नेले पाएका छैनन् पछि आउनले पाएका छन् यस्तो हामी वाट भएको होइन विभाग वाटै यस्तो हुन गएको हो उनि भन्छन् ।
कहिले अनलाइनको समस्या कहिले परिक्षा दिन झमेला कहिले ट्रायलका लागि पर्खाई अहिले पास भए पछि पनि लाइसेन्स पाएनौ भनेर सेवा ग्राहीले गुनासो गरी रहँदा नजिकै रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई भने कुनै चासो नभएको हो कि भन्ने प्रश्न उठिरहेको छ सम्वन्धित निकायको ध्यान जावस् सेवाग्राहीको सास्ती नपाओस् ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: