हेमजामा डाँडा कटान, सर्त बन्देज नै कर्मकाण्डी

सराङकोट न्यूज
23 January, 2019 3:55 am
Advertisements
Advertisements

पोखरा महानगरपालिका भित्र डाँडा कटानको रोग फेरि सल्किएको छ । जनप्रतिनिधि आएपछि यो रोग ठाउँ ठाउँमा सल्किदै आएको पाइएको छ । पोखरा–३३ भरतपोखरीमा भएको डाँडा कटान गरी क्रसर उद्योगमा मालवस्तु निकासी भइरहेको खवर स्थानियले सराङकोटलाई बताएपछि त्यसको स्थलगत अध्ययन गरी समाचार प्रकाशन गरेपछि प्रहरी प्रसाशनले डाँडा कटान र ओसार पसारका कार्य स्थगित भएको थियो।
यस्तै अर्को उत्खनन् पोखरा १४ मा वडा अध्यक्ष प्रेम बहादुर कार्कीकै संरक्षण एवम् संलग्नतामा भइरहेको खवर सार्वजनिक भएको छ । पोखरा क्षेत्रीय विमानास्थल निर्माणको लागि कच्चा पदार्थ आवश्यक परेको भन्दै खोला किनारमै क्रसर संचालनमा ल्याइएको थियो । महानगरका निति निर्माता कहलिएका वडा अध्यक्ष स्वयम् ठेकेदार र जग्गा कारोवारी वन्न थालेपछि प्राकृतिक स्रोत साधनको दोहनको श्रृखंला वढ्न थालेको पाइएको छ । निति नियम र प्रकृया पुरा नगरी खोला नाला, डाँडाकाँडाको स्वरुपनै विगार्दै प्रकृतिक स्रोत सामग्रीको निकासी पैठारी वढेको छ जसको सिकार स्थानिय सिमाना वस्तीका सर्वसाधारण नागरिक हुनु परेको छ । पीडितहरुले गरेको गुनासो सुनुवाइमा समेत प्रभावकारिता आउन सकेको छैन ।
यस्तै पछिल्लो प्रकरण पोखरा २५ हमजामा सुरु भएको छ । तिव्वतीयन शरणार्थी क्याम्प देखि तल्लो वेल्ट वागलुङ राजमार्ग वीचमा रहेको डाँडो सम्भाउने काम संचालनमा ल्याइएको छ । स्थानिय वासिन्दा र तिव्वतियन शरणार्थी क्याम्पमा रहेकाहरुले उक्त डाँडा कटान गर्दा आफ्नो वस्ती जोखिममा पर्न जाने खतरा रहेको भन्दै वडा कार्यालय २५ र महानगरपालिकामा समेत पुगेर डाँडो कटान रोक्न आग्रह गरेका थिए । तर स्थानिय संदियारहरुको गुनासो प्रवाह नगरी महानगरले डाँडा कटान अनुमती प्रदान गरेको छ ।
मिति २०७५ पुष १७ गते श्री इलाइट कन्स्ट्रक्सन प्रा.लि. र स्वच्छन्द इलाइट जेभी सुकेधारा काठमाडौंको नाममा पोखरा महानगरपालिकाले डाँडा कटान गर्न अनुमती प्रदान गरेको छ । हर्कमान श्रेष्ठ समेत ८ जनाको नाममा रहेको २२ रोपनी जग्गा सम्माउन र सो स्थानबाट निस्केको सामग्री मध्य पहाडी लोकमार्ग निर्माणको लागि प्रयोग गरिने उल्लेख गरिएको छ । उक्त डाँडा कटान वाट ७५६३६ घनमिटर ग्राभेल निस्कने आइइ.इ प्रतिवेदनमा किटान गरिएको छ। प्रति घनमिटर १४२ रुपैया रोयल्टी दस्तुर लिएर महानगरले डाँडा कटान अनुमती प्रदान गरेको छ ।
महानगरले ८ वटा सर्त वन्देज भित्र रहि अनुमती प्रदान गरेको छ । सर्तको १ नम्वर वुंदा नै विवादित रहेको छ । नदिखोला वस्ती र सांघ संदियार लाई सम्भावित जोखिम नपुग्ने गरी का गर्नु पर्ने भनिएपनि स्थानियको विरोध सम्वोधन गर्न कोही तयार छैनन् । यस्तै वुदा नं. ५ मा अस्वभाविक रुपमा उत्खनन् गरी खाल्डो पार्ने, भएको डाँडोलाई स्वरुपनै विगार्ने गरी कुनै पनि कार्य गर्न पाइने छैन भन्ने उल्लेख छ । पोखरा वाग्लुङ राजमार्ग सँग सटिएको करिव ५० मिटर अग्लो भित्तो डाँडो काटेर सडक सम्म डाउन गर्ने योजना इलाइट कन्सट्रक्सनको रहेको छ । प्राकृतिक डाँडाको स्वरुप समाप्त भइ समथर बनाउने अनुमती दिने महानगरले राखेको यो सर्त परस्पर विरोधी रहेको छ । स्वीकृत मापदण्डको आधारमा काम गर्नु पर्नेछ भनिए पनि मापदण्ड कतै स्पष्ट छैन ।

सामग्री वाहिर वेचिन्छ

डाँडा कटान माग गर्दा निस्किएको सामग्री मध्य पहाडी लोकमार्गमा प्रयोग गरिने उल्लेख भएपनि सामग्री अन्यत्र विक्री गर्ने गरिएको छ । चाउथे विक्री गर्न लगिएको ढुंगा वोकेको ट्रिपर वडा प्रहरी कार्यालय वगरले पक्राउ गरे पनि एक रात राखेर रहस्यमय ढंगले छोडेको छ । कम्पनीले डाँडा कटान वाट उत्पादित ढुंगा ग १ ख ७७११ नम्वरको टिपर वाट मनोज भुजेलका नाममा चाउथे पठाइएको थियो । जवकी उक्त ट्रिपर अनुमती पत्रमा उल्लेख गरिएको नम्वर भन्दा वाहिरको रहेको पाइएको छ । महानगर पालिकाको अनुमती पत्रमा हस्ताक्षर गर्ने प्रमुख प्रसाशकीय अधिकृत शेष नारायण पौडेलले डाँडा कटान वाट निस्केको सामग्री लोक मार्ग प्रयोग वाहेक अत्यत्र वेच विखन गर्न नपाउने वताए । तर कसले रोक्ने ? कसले अनुगमन गर्ने ? कसले नियमन गर्ने ? प्रहरीले समातेको टिपर समेत विना कारवाही छोडिएको छ यो घटना ठूलै प्रपञ्च रचेर ल्याइएको धेरैले ठम्याएका छन् । ठूलै चलखेल भएका कारण स्थानिय सधियारहरुको गुनासो सुनुवाई हुने सम्भावना विलाएको छ । जिल्ला समन्वय समिति, महानगर पालिका वडा कार्यालय वीचको माखे साङ्लो वुझ्न निकै कठिन छ । यसका वारेमा हाम्रो अध्ययन र खोजविन निरन्तर रहनेछ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: